शनिबार, वैशाख १५, २०८१

साइबर हमला र फिरौतीको अत्यधिक मागले स्विस कम्पनी हैरान

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असोज २२ गते ११:०९

साईबर हमला गरिसकेपछि त्यसलाई सहज पारिदिन चर्को फिरौति माग्ने क्रमले सयौं स्विस कम्पनीहरु हैरानीमा परेका छन् ।

स्विजरल्याण्डको बेओबख्तेर पत्रीकाका अनुसार गत वर्षमा साईबर हमला र फिरौति मागबाट २,७०० कम्पनी पिडित बनेका थिए । पछिल्लो समयमा ह्याकरहरुद्वारा साईबर आक्रमणहरु तिब्र बृद्धि भैरहेछ । स्विस फर्महरु पछिल्लो वर्ष ह्याकरहरुको शिकार बन्ने क्रम बढिरहेको छ ।

अमेरिकी साइबर सेक्युरिटी फर्म रेकर्ड फ्यूचरले अगस्ट २०२० देखि अगस्ट २०२१ सम्मको अवधिमा भएका साईबर हमला र फिरौति मागको सूची सार्वजनिक गरेको थियो । त्यसमा २,७०० स्विस कम्पनीहरु साईबर हमला वा फिरौति मागको मारमा परेको उल्लेख छ ।

अमेरिकी तथ्यांकका अनुसार बिगत पाँच वर्षमा ४,८०० ठूला कम्पनीहरु साईबर हमलाको शिकार बनेका छन् । कोरोना भाईरस महामारीका बेला साईबर हमला झन बढेको उल्लेख छ ।

बेओबख्तेयरका अनुसार वास्तबिक संख्या अझ धेरै हुनसक्छ । किनकि धेरै कम्पनीले फिरौति माग गर्नेहरुलाई चुपचाप रकम दिएका छन् । ह्याकरको चंगुलमा फसेको सार्वजनिक गर्दा कम्पनीको प्रतिष्ठामा आँच आउन सक्ने, समाजिक क्षती पुग्ने बिश्वासले सार्वजनिक नगर्ने परिपाटी छ ।

साइबर सुरक्षा विशेषज्ञ अब्देलकादर कर्नेलियसले पत्रिकालाई भनेका छन् “लक्षित फर्महरुको लगभग ४० प्रतिशतले फिरौती तिर्छन् । ति हरेकले औशतरुपमा एक लाख ८० हजार अमेरिकी डलर तिर्ने गरेका छन् ।

“रान्समवेयर ह्याकरहरुले हाल कम्पनीको वार्षिक कारोबारको ३ प्रतिशत देखि ५ प्रतिशतको बीचमा माग गर्ने गरेका छन्” कर्नेलियसले भने ।

स्विट्जरल्याण्डमा उच्च प्रोफाईल डाटा भंगको विभिन्न घटनाहरु प्रकाशमा आईरहेको छ । विशेष गरी प्राइस वाच वेबसाइट कम्पारिसलाई आक्रमणकारीहरुले गत जुलाईमा बन्द गराउन सफल भएका थिए । किनकि यो कम्पनीलाई फेरि अनलाईनमा सक्रिय पारिदिनकोलागि कम्पनीसित चार लाख डलर मागिएको थियो । त्यस बेला कम्पनीले फिरौति तिर्न अस्विकार गर्‍यो ह्याकरहरुलाई । त्यसपछि कम्पनी बन्द भएको थियो ।

आक्रमणको एक हप्ता पछि जुरिच क्यान्टोनल प्रहरीले वेबसाइट प्रयोगकर्ताहरुको केहि डाटा चोरी भएको अनुमान गरे ।

स्टाड्लर रेल कम्पनीका रक्षा ठेकेदार रुग र रोल्लेको भो प्रान्तस्थित कम्पनीमाथिपनि विगत एक वर्षमा साइबर हमला लक्षित गरिएको छ ।

सेप्टेम्बरमा स्विस सरकारले साइबर हमलाहरु बिरुद्ध सुरक्षा बलियो बनाउने योजना बनाएको बताएको थियो । त्यसकोलागि एक कमाण्ड केन्द्र स्थापना गर्ने, सशस्त्र सेनाका ५७५ सदस्यहरुलाई आगामि वर्षहरुमा तालिम दिइने उल्लेख छ । केन्द्रले राज्यको डाटाको सुरक्षामा मात्र ध्यान केन्द्रित नगरेर महत्वपूर्ण पूर्वाधार र दूरसंचार वा यातायात जस्ता क्षेत्रहरुमा सक्रिय निजी कम्पनीहरुलाई पनि ध्यान दिने उल्लेख गरेको थियो ।

तपाइँको प्रतिक्रिया