शनिबार, वैशाख १५, २०८१

एन्जेला मर्केलको पार्टी प्रतिपक्षमा बस्न तयार

नेपालप्लस संवाददाता / जर्मनी२०७८ असोज २२ गते १९:३३

सिडियु पार्टीका प्रमुख नेता आर्मेन लाशेट। फोटो-२४ आवर्स वर्ल्ड डट कम

एन्जेला मर्केलको सीडीयू पार्टीका प्रमुखले चुनावको पराजय पछि उनीहरु प्रतिपक्ष नेताको रूपमा बस्न तयार रहेको र चान्सलर पदमा दाबी नगरेको बताएका छन् । जनमतलेनै बिपक्षमा बस्न आदेश दिएकाले आफूहरु बिपक्षी भूमिकामा रहन तयार भएको प्रतिक्रिया आर्मिन लासेटले उल्लेख गरेका छन् ।

सिडियु पार्टीका प्रमुख ६० वर्षीय आर्मिन लाशेटले कन्सर्भेटिभहरुलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा नराम्रो चुनावी नतिजा दिएको बताए । केन्द्र तहमा सोशल डेमोक्रेट्स (एसपीडी) आएपछि पद छाड्न उनीहरुलाई कडा दबाब परेको छ ।

किंगमेकर ग्रिन पार्टी र उदार एफडीपीले एसपीडीका अर्थमन्त्री ओलाफ स्कोल्जलाई चान्सलरको एक कदम नजिक राखेर सामाजिक डेमोक्र्याटसँग गठबन्धन गर्ने निर्णय गरेको थियो । त्यसको एक दिनपछि लाशेटले आफ्नो रूढिवादी पार्टीको नेतृत्वलाई एक सुधारको आवश्यकता भएको उल्लेख गरे । उनले आफ्नो कामपनि पार्टी सुधारमा समाबेश भएको बताए ।

लाशेटले उनको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) र बवेरियन भगिनी पार्टी (सीएसयू) को नेतृत्वमा गठबन्धन अझै पनि ब्य्वहारिक विकल्प हुन सक्नेमा जोड दिएका छन् । यदि प्रतिद्वन्द्वी एसपीडीको नेतृत्वमा चलिरहेको वार्ता असफल भएमा मात्रै ।

बिहीवार गठबन्धनकालागि उपाय र विषयको खोजि गर्न पहिलो वार्ता भएको थियो । एसपीडी, ग्रीन र एफडिपी पार्टीबिच सोमबार देखि अर्को चरणको वार्ता हुने छ ।

एसपीडीका महासचिव लार्स क्लिंगबेलले भनेका छन् “मलाई वार्ताबाट थाहा भयो कि हामी सँगै केहि हासिल गर्न सक्छौं ।”

लाशेटको बभेरियन सहयोगी सीएसयूका प्रमुख मार्कस सोडरका लागि यो रूढ़िवादीहरु सरकारमा संलग्न भएर अगाडि बढ्ने समय हो ।

सीडीयू – सीएसयू गठबन्धनले मर्केलको नेतृत्वमा १६ वर्ष सत्तामा रहेपछि अब विपक्षमा रहन तयार हुनुपर्ने भनाई मार्कस सोडरको छ ।

“यसले हाम्रो देश बदल्नेछ” सोडरले बुधवार भनेका थिए ।

मर्केल आफैं गठबन्धन सम्झौता प्रक्रियाको दौरानमा कार्यवाहक कुलपतिको रूपमा रहेकि छन् । उनले पार्टीहरुबिच चलिरहेको वार्ताले छिटो सरकार बनाउने र आफ्नो रुढीवादी पार्टीलाई छिटो सरकारबाट बाहिर निस्कन सहज बनाइदिने बताएकि छन् ।

“यो प्रक्रिया पक्कै पनि पछिल्लो सरकार गठनको समयमा भन्दा छिटो हुनेछ । म पक्का छु” ईटालीको रोममा एक यात्राका दौरानमा मर्केलले भनेकि छन्।

जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र नर्थ राइन-वेस्टफेलियाको राज्य प्रमुख लास्चेट जनवरीमा सीडीयूको प्रमुखमा निर्वाचित भएका थिए ।

उनी सोडर भन्दा कम लोकप्रिय हुँदाहुँदैपनि बवेरियन नेतालाई हराउन सफल भए । आफ्नो पार्टीको तर्फबाट चान्सलरको उम्मेदवार बन्न पाउने गरि अगाडि देखिए ।

केहि समयको लागि लाशेटलाई मर्केल पछि चान्सलर बन्ने सफल नेताको रुपमापनि हेरिएको थियो । तर उनले बाढीपिडितहरुलाई श्रद्दान्जली दिन गएका बेला सयौं मानिस दुखिद बनेको पृष्ठभूमिमा हाँस्दै क्यामेरामा बलेका थिए । उनको यो प्रस्तुतिले धेरैलाई दुखि, आक्रोशित पारेको थियो । यो घटनापछि उनको पार्टीको लोकप्रियता खस्किँदै गएको थियो ।

चान्सलर एन्जेला मर्केलले चुनाव प्रचारको अन्तिम हप्तामा देशभर लास्चेटलाई समर्थन गर्दै उनको चुनावी अभियानमा सरिक भएकि थिईन । तरपनि मतदानमा उनको जित देखिएन ।

निर्वाचनको आधिकारिक नतिजाले पूर्व सिडियु मतदाताहरु आफ्नो पार्टी छोडेर धेरैजसो एसपिडी र ग्रिनको पक्षमा लागेको देखायो । उनको पार्टी पहिलेको पूर्वी जर्मनी क्षेत्रमा अति दक्षिणपन्थी पार्टी भन्दापनि कमजोर देखियो ।

एएफडीबाट आफ्ना मतदाताहरुलाई फिर्ता ल्याउन लाशेटले पूर्व क्षेत्रमा एक बैठक आयोना गरेर योजना बनाउने बताएका छन् ।

तपाइँको प्रतिक्रिया