शुक्रबार, वैशाख १४, २०८१

प्रधानन्यायधिशसँग ओलीपछि देउवाको सेटिङ : नियम कानुन र संविधानको औचित्य लेनदेनमा

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २३ गते १८:४५

चोलेन्द्र शम्शेर जबरा । नेपाली समाजमा केपी ओली, शेरबहादुर देउवा, माधव नेपाल र पुष्पकमल दाहाल पछी सबै भन्दा बढी सुनिएको नाम । यिनी सर्वोच्च अदालतमा प्रधानन्यायधिशको रुपमा रहँदै गर्दा अली अगाडिका प्रधान न्यायधिस खिलानाथ रेग्मीले खनेको बाटोमा नेपालको राजनीतिलाई डोर्‍याउने ढोकाको नजिकै उभिएका छन् । हुन त यिनी नेपालको सर्वोच्च न्यायलय हाँकीरहेका वहालवाला प्रधानन्यायधिश हुन् । तर बितेका डेढ वर्ष यता यिनको उपस्थिती देशका बिभिन्न क्षेत्रमा पर्दा भित्रैबाट खुलस्त देखिएको छ ।

त्यसो त, नेपालको राजनीति खिचातानीका कारण गैर राजनीतिक क्षेत्रका हरेकले खेल्ने मौका पाएका छन् । खेलेका छन् । कतिपय बेलाका अस्थिरता त्यस्तै ब्यक्तिहरुले उब्जाएका पनि छन् । तर पनि सबैको तुलनामा नेपालको सर्वोच्च न्यायलयले देशमा मनमौजी राजनीति गरेको छ । प्रधानन्यायधिशमा बहालवाला ब्यक्ति देशको प्रधानमन्त्री बनेको दुर्दान्त कथा नेपालसँग मात्र छ । देशका हरेक परिवर्तनका लागि अथक संघर्ष गरेका भनिएका नेताहरुले आफ्नो नालायकी उदाङ्ग हुन्जेल देशको कार्यपालिकामा न्यायपालिकाको वहालवाला न्यायधिशलाई विभुषित गराउनु गणतान्त्रिक नेपालको मुख्य समस्या थियो । चोलेन्द्र श्मशेरले त्यही बाटो बनाउन खोजेका थिए, केही कारणले रोकियो । तर न्याय क्षेत्रलाई राजनीतिमा मिसाउन सहयोग गरेपछी अब दुरगामी खेल शुरु भएको छ ।

केपी ओलीका पछील्ला एक वर्ष चोलेन्द्रले निकै भयानक राजनीति खेले जसका कारण उनले विभिन्न संवैधानिक निकायहरुमा एक दर्जन भन्दा बढी आफ्ना नजिकका मान्छेहरुलाई छिराउन सफल भए । केपी ओलीले बिगारेको बाटोमा चोलेन्द्र शम्शेरले पटक पटक हिंड्ने कोसिस
गरे र प्रधानमन्त्री बनिरहने ओली लालचको भरपुर फाईदा उठाएर संबैधानिक निकायहरुमा उनले आफ्ना मान्छेहरुलाई भर्ती गराइ छाडे ।

केपी ओलीले गत ७ जेठको मध्यरात प्रतिनिधि सभा विघटन गरेपछी भोलीपल्टै चोलेन्द्र शम्शेरले ओलीसँग मन्त्री परिषद् विस्तार गर्दा आफ्ना भिनाजु केशव प्रसाद उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर ओलीले केशव प्रसाद उप्रेतीलाई मन्त्री बनाउने राणाको प्रस्ताव अस्विकार गरेपछी ओलीले २१ जेठमा गरेको मन्त्री परिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको थियो । त्यसपछी राणा शेरबहादुर देउवासँग नजिकिएका थिए ।

पछील्ला दिनहरुमा यि प्रधान न्यायधिस फेरी चर्चामा छन् । यिनले प्रधानमन्त्त्री देउवा सँग मन्त्रीमण्डलमा हिस्सा खोजेका समाचार बाहिरिए लगत्तै देउवाले चोलेन्द्र शमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्रीमा नियुक्त गरेका छन् ।

हुन त गजेन्द्र हमाल नेपाली कांग्रेसमा लामो राजनीति गरेका बाँकेका नेता हुन । तर पनि सांसद नरहेका हमाललाई मन्त्रीमा नियुक्त गर्नुपर्ने कस्तो बाध्यता थियो देउवालाई ? यो बुझ्न अलिकती पछाडि फर्किनु पर्दछ ।

केपी ओलीले गत ७ जेठको मध्यरात प्रतिनिधि सभा विघटन गरेपछी भोलीपल्टै चोलेन्द्र शम्शेरले ओलीसँग मन्त्री परिषद् विस्तार गर्दा आफ्ना भिनाजु केशव प्रसाद उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर ओलीले केशव प्रसाद उप्रेतीलाई मन्त्री बनाउने राणाको प्रस्ताव अस्विकार गरेपछी ओलीले २१ जेठमा गरेको मन्त्री परिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको थियो । त्यसपछी राणा शेरबहादुर देउवासँग नजिकिएका थिए ।

प्रतिनिधि सभा बिघटन सम्बन्धी रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले २८ असारमा संसद पुनर्स्थापनाका साथै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसअघी नै उनले शेरबहादुर देउवासँग आफ्ना मान्छेलाई मन्त्री र राजदुत बनाउनुपर्ने शर्त राखेको नेपाली कांग्रेसका एक उच्च नेताले बताएका छन् । “त्यही सहमती अनुरु नै गजेन्द्र हमाल मन्त्री बनेका हुन” ति नेताले भने “हेर्दै गर्नुहोला राजदुतको भगवण्डामा पनि चोलेन्द्रजीका मान्छे पर्ने छन् ।”

कुनै बेला नेपाली कांग्रेसका नेता बीपी कोइरालाले काखमा राखेका देउवाले नेपाल र नेपालीको भविष्यमा यतिसारो खेलवाड गर्लान् भन्ने कल्पना सम्भवत: कमैले गरेका थिए । तथापी यिनका हरेक कदमले देशलाई दिर्घकालिन नजरवन्दमा राखेको छ । प्रधानन्यायधिशसँग गरेको सेटिङको यो जालो जहाँँसम्म पुगेपनि नियम कानुन र संविधानको अब औचित्य समाप्त भएको छ ।

शेरबहादुर देउवाको यो कदमलाई नेपाली कांग्रेसकै नेताहरुले विरोध गरेका छन् । कांग्रेसका अर्का एक नेता भन्छन- देउवाजीको यो सेटिङ्ले देश र पार्टी दुबैलाइ दिर्घकालिन रुपमा असर पार्ने छ ।

देउवाको ईतिहास सबैलाई थाहा छ । तर पद र शक्तीको लागि यो स्तरसम्मको ईतिहास लेख्ने तयारी गर्लान भनेर कसैले सोचेको थिएन । देउवा केपी ओली भन्दा चार कदम अगाडि पुगेका छन् । नेपालका राजनीतिक नेताहरुले किन संविधानका मसिना छिद्रहरुलाई मन पराउँछन भन्ने कुरा यि प्रधानमन्त्रीले पटक पटक पुष्टी गरेका छन् । तर प्रजातान्त्रीक मुल्य मान्यतामा विश्वास गर्ने पार्टीको नेताको रुपमा देउवाको उपस्थिती देशका लागि भयानक दुर्घटना हो ।

कुनै बेला नेपाली कांग्रेसका नेता बीपी कोइरालाले काखमा राखेका देउवाले नेपाल र नेपालीको भविष्यमा यतिसारो खेलवाड गर्लान् भन्ने कल्पना सम्भवत: कमैले गरेका थिए । तथापी यिनका हरेक कदमले देशलाई दिर्घकालिन नजरवन्दमा राखेको छ । प्रधानन्यायधिशसँग गरेको सेटिङको यो जालो जहाँँसम्म पुगेपनि नियम कानुन र संविधानको अब औचित्य समाप्त भएको छ । सबै कुरा सेटिङ र लेनदेनमा गर्ने हो भने किन चाहियो संविधान ?

देउवा नालायक छन् भनेर हरेक कांग्रेसीजनलाई थाहा छ । पद पैसा र शक्तीका लागि यिनले जे पनि गर्छन् भन्ने कुरा यो पार्टीका अधिकांश नेताले बुझेका छन् । तैपनि घुम्दै फिर्दै देउवाको ढोका अगाडि साँचो छोडिनुको सम्पूर्ण दोष कांग्रेसका अरु नेताले लिनु पर्दछ । देउवाले देशको धरातल जती कोपरेका छन् ति एक एक घाउको जिम्मा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदिप पौडेल र शेखर कोइरालाहरुले लिनु पर्दछ । बहुलाह साँढेलाई बाँधेर राख्न नसक्नु कांग्रेसका अरु नेताहरुको महाभुल हो । देउवा जस्ता साँढेहरुले जती धेरै देशका भित्ता भत्काउँछन त्यतिधेरै प्रश्न समयले गगन थापाहरुलाई गर्ने छ । गगन थापा जी देश धेरै भत्किसक्यो कम से कम आफ्नो साँढेलाई थुनेर राख्नुस् ।

तपाइँको प्रतिक्रिया