शुक्रबार, वैशाख १४, २०८१

लिबियाको हिरासतमा थुप्रै आप्रवासीको गोली हानी हत्या

नेपालप्लस संवाददाता / एजेन्सी२०७८ असोज २३ गते २२:२७

फोटो- हुसाम अहमेद / एएफपी

लिबियाको त्रिपोलीस्थित हिरासतमा रहेका आप्रवाशीहरुलाई गार्डले गोली हानेर हत्या गरेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले जनाएको छ ।

गार्डले शुक्रबार ६ जना आप्रवासीको गोली हानी हत्या गरेको र अन्य २० जना घाईते भएको आईओएमले उल्लेख गरेको छ ।

“गोली चल्यो र कुल ६ आप्रवासी मारिए । उनीहरुलाई गार्डले गोली हानेको हो” संयुक्त राष्ट्र संघको लिबियाका प्रमुख फेडेरिको सोडाले बताएका छन् ।

“हामीलाई आजको घटना के कारणले भयो भन्ने थाह छैन । तर त्यहाँ भीडभाड र वातावरण भयानक थियो । धेरै तनावपूर्ण स्थितिसंग सम्बन्धित छ घटना” राजधानीस्थित हिरासतको स्थिति उल्लेख गर्दै उनले एएफपीलैइ भने।

उनले उक्त घटनामा अन्य २० जना आप्रवासी घाईते भएको जनाएका छन् ।

लिबियामा संयुक्त राष्ट्रसंघीय सहायता मिशनका अनुसार त्रिपोलीमा व्यापक छापा मारिएको एक हप्ता पछि यो घटना भएको छ । मुलत अनियमित आप्रवासीहरुलाई लक्षित गरी छापा मार्दा कम्तीमा एक व्यक्तिको मृत्यु र १५ घाइते भएका थिए । त्यस्तै अन्य ४,००० लाई थुनामा राखिएको थियो ।

लिबियाका अधिकारीहरुले गत शुक्रवार र शनिबार त्रिपोलीको गरीब उपनगर भनेर चिनिएको गारगेरेशमा घर र अस्थायी आश्रयहरुमा लागुऔषध विरोधी छापा हानेको थियो । त्यहाँबाट मानिसहरुलाई लागु औषध खरिबबिक्रिमा लागेको आरोपमा पक्रेर थुनामा राखिएको थियो।

सोडाका अनुसार १,००० जना क्षमता भएको उच्च सुरक्षासहितको अल-मबानी हिरासत केन्द्रमा हाल ३,००० आप्रवासीहरु राखिएको छ । ति मध्ये अधिकांश सब-सहारा अफ्रिकाका छन् । ती मध्ये एक तिहाईलाई भवन बाहिर मैदानमा राखिएको छ ।

गार्डले अघिल्ला घटनाहरुलाई नियन्त्रण गर्नको लागी हवाइ फायर गरेको र धेरै मानिसहरु अत्तालिएर, आरजकताबाट बच्न भागेको सोडाले बताएका छन् ।

“उनीहरुको हिरासत मनपरि र अन्धाधुन्ध हो” उनले भने “त्यहाँ यस्ता मानिसहरु पनि छन् जससँग कानूनी कागजात छ । तर उनीहरु लिबियाको हिरासतमा फसेका छन्।”

सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा जुन एउटा कारबाट खिचिएको थियो त्यसमा सयौं मानिसहरु फलामको बारमा चढेर सडक पार गरीरहेको देखिएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी यूएनएचसीआरले शुक्रबार यसअघि लिबियामा शरणार्थी र शरणार्थीहरुको मानवीय अवस्थाबारे चिन्ता व्यक्त गरेको थियो।

विशेष गरी सन् २०११ को क्रान्ति पछि लिबिया हिंसामा पतन भएको छ । यो हजारौं आप्रवासीहरुको लागी एक प्रमुख प्रस्थान बिन्दु (ट्रान्जिट पोइन्ट) बनेको छ । मुख्य रूपमा अफ्रिकाका बिभिन्न मुलुकबाट भागेर युरोप छिर्नकालागि लिबिया प्रमुख स्थल बनेको छ ।

संयुक्त राष्ट्रसंघ र मानव अधिकार समूहहरुका अनुसार युद्धग्रस्त लिबियामा पक्राउ परेका आप्रवासीहरु राख्ने आधिकारिक केन्द्रहरुमा भ्रष्टाचार र यौन हिंसा हुने गरेका छन्।

मानव तस्करहरुले त्यसको फाईदा उठाउँदै आकर्षक व्यापार गरिरहेका छन् । देशको अराजकताबाट हरेक वर्ष तिनले लाभ उठाएका छन् ।

तपाइँको प्रतिक्रिया