शनिबार, वैशाख ८, २०८१

नयाँ अफगान शासनलाई अस्थिर नगर्न तालिबानद्वारा अमेरिकालाई चेतावनी

नेपालप्लस संवाददाता२०७८ असोज २३ गते २३:०६

File Photo by WAKIL KOHSAR / AFP

तालिबानले अमेरिकालाई नयाँ तालिबान शासनलाई अस्थिर नगर्न चेतावनी दिएको छ ।

अफगानिस्तानबाट अमेरिका फिर्ता भएपछि शनिबार अमेरिकासित भएको पहिलो आमनेसामने वार्तामा आफ्नो शासनलाई अस्थिर नगर्न तालिबानले चेतावनी दिएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

घातक सांप्रदायिक बम विष्फोटले सत्तामा आफ्नो पकडमाथि थप प्रश्न र कठिनाई उत्पन्न गराएको तालिबानहरुको भनाई छ ।

उत्तरी अफगानिस्तानस्थित एक शिया मस्जिदमा भएको आक्रमणमा ६२ जनाको मृत्यु भएको थियो । तिनको पछि शोक मनाउने तालिबान प्रतिनिधिमण्डलले दोहामा अमेरिकी अधिकारीहरुलाई आफ्नो सरकार कमजोर भएमा जनतालाई समस्या हुन सक्ने बताएका छन् ।

कुन्दुजमा शुक्रबार भएको विष्फोटमा दर्जनभन्दा बढी घाइते भएका छन् । त्यसको दाबी इस्लामिक स्टेट समूहले गरेको छ र तिनले तालिबानको कब्जापछि अफगानिस्तानलाई अझ हल्लाउने प्रयास गरिरहेका छन् ।

कतारको राजधानीमा शनिवार भएको वार्तापछि मुताकीले अफगानिस्तानको सरकारी समाचार एजेन्सी बख्तरलाई भने “हामीले उनीहरुलाई स्पष्ट रुपमा भनेका थियौं कि अफगानिस्तानमा सरकारलाई अस्थिर पार्ने कोसिस कसैको लागिपनि राम्रो हुने छैन।”

“अफगानिस्तानसँग राम्रो सम्बन्ध बनाउनु सबैको लागि राम्रो हुन्छ । अफगानिस्तानको वर्तमान सरकारलाई कमजोर बनाउन कसैलेपनि केहि गर्नु हुँदैन जसले जनताको लागि समस्या पैदा गर्न सक्छ” उनले एएफपी द्वारा अनुवादित एक रेकर्ड बयानमा भने ।

तालिबानले अन्तर्राष्ट्रिय मान्यता खोज्नुका साथै मानवीय प्रकोपबाट बच्न र अफगानिस्तानको आर्थिक संकट कम गर्न सहयोग खोजिरहेको छ ।

अमेरिकाको परराष्ट्र विभागका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलले तालिबानलाई आतंकवादीहरुले देशमा हमलाको आधार नबनाऊन् भनेर दबाब दिने बताएका छन् ।

अफगानी अधिकारीका अनुसार अफगानिस्तानका नयाँ शासकहरुलाई समावेशी सरकार गठन गर्न र महिला तथा बालिकाहरुको अधिकारको सम्मान गर्न पनि अमेरिकाले दबाब दिनेछ । ति अधिकारीका अनुसार बैठकमा वासिंटनले तालिबान शासकलाई मान्यता दिएको संकेत गरेको छैन ।

“हामी स्पष्ट छौं कि कुनैपनि वैधता तालिबानले आफ्नै कार्यहरुबाट कमाउनु पर्छ” अमेरिकी अधिकारीले भने।

तपाइँको प्रतिक्रिया

फेसबुक