शुक्रबार, वैशाख ७, २०८१

भ्रष्टाचारको आरोप लागेपछि अस्ट्रियाका चान्सलरद्वारा राजीनामा दिने घोषणा

नेपालप्लस संवाददाता२०७८ असोज २३ गते २३:३६

Image-wikipedia.com

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले भ्रष्टाचारको आरोपमा राजीनामा दिने घोषणा गरेका छन् ।

चान्सलर कुर्जले भ्रष्टाचार अनुसन्धानको निशाना भएको अभियोजनकर्ताको घोषणाले उत्पन्न भएको सरकारी संकटलाई कम गर्ने प्रयासमा आफूले राजीनामा दिने योजना बनाएको शनिवार पत्रकारहरुका माझ घोषणा गरेका हुन् ।

फ्रंस १ ०तिभीका अनुसार ३५ वर्षीय कुर्जले विदेश मन्त्री अलेक्जेन्डर स्केलेनबर्गलाई उनको ठाउँमा प्रस्ताव राखेको उल्लेख गरेका छन् । तर कुर्जले पत्रकारहरुलाई भनेका छन् “म आफू अग्रपंक्तिको राजनीतिमा रहनेछु । अस्ट्रियन पीपुल्स पार्टीको संसदीय समूहको प्रमुख बन्न छु।”

बुधवार अभियोजन पक्षको घोषणा पछि गठबन्धन साझेदार ग्रीन पार्टीले शुक्रबार कुर्ज चान्सलरको रूपमा रहन नसक्ने भन्दै उनको ठाउँमा उपयुक्त ब्यक्तिलाइ मनोनयन गर्न माग गरेको थियो ।

विपक्षी नेताहरूले कुर्जलाई चान्सलरबाट हट्न माग गरेका थिए । उनीविरुद्ध संसदमा मंगलबार अविश्वासको प्रस्ताव ल्याउने योजना समेत बनाएका थिए ।

“हामीलाई अहिले स्थिर अवस्था चाहिएको छ” कुर्जले भियनामा पत्रकारहरुलाई भने “त्यसैले हालको गतिरोध समाधान गर्नको लागि म अराजकताको रोकथाम र स्थिरता सुनिश्चित गर्नको लागि उपयुक्त तरीका अपनाउन चाहन्छु ।”

अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले भ्रस्टार गरेर त्यसलाई ढाकछोप गरि सकारात्मक सन्देश फैलाउन अखवारमा सरकारी रकम दुरुपयोग गरेको आरोप लगाउँदै अनुसन्धान शुरु गरिएको meDiyaaharumaa saarwajanika bhaisakeko chha ।

सरकारी वकिलको एक बयानमा अनुसन्धानको क्रममा दुई सरकारी मन्त्रालयहरु सहित धेरै स्थानहरुमा छापा मारिएको थियो ।

अभियोजकहरुका अनुसार कुर्ज सँगै अन्य नौ अन्य व्यक्ति, तिसित संवन्धित तीन संगठनहरुपनि अनुसन्धानको दायरामा छन् ।

सन् २०१६ र २०१८ मा अर्थ मन्त्रालयबाट संसाधनहरु आंशिक हेरफेर गर्न तिकडम वा छालछामपूर्ण जनमत सर्वेक्षण गरिएको र त्यसकोलागि अर्थ मन्त्रालयको रकम प्रयोग गरेको आरोप लागेको छ । यो काम पूर्णत आफ्नो राजनितिक पार्टीको स्वार्थकालागि मात्रै गरिएको अभियोजकले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक