मंगलबार, वैशाख ११, २०८१

आइतवार भारतसित नेपालको भिडन्त, साफ च्याम्पियनसिप जित्ने नेपाली टिमको सपना

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २४ गते ०:०८

फोटो- द राईजिङ नेपाल

नेपालको राष्ट्रिय फुटवल टोली माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३ औं संस्करण खेलिरहेको छ । सार्क राष्ट्रका पाँच देश सहभागी भएको यो संस्करणमा तेस्रो खेल अन्तर्गत आइतवार नेपालले चिरपरिचित भारत सँग प्रतिस्पर्धा गर्दैछ । यस अघिको पहिलो खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंका विरुद्द ३-२ को जित निकालेको थियो ।

सुरुवाती दुई खेलमा उत्कृष्ठ प्रदर्शन सहित जित हासिल गरेको नेपाल ६ अंक सहित शिर्ष स्थानमा छ । दुई खेलको नतिजा पछी नेपालको फाइनलमा पुग्ने बाटो सजिलो बन्दै गैरहेको छ । लिग चरणको खेलमा नेपालले अब दुई खेल खेल्न बाँकी छ ।

आइतवार भारतसँगको खेल पछी चौथो र लिग चराणको अन्तिमा खेल बंगलादेशसँग खेल्ने छ । यसपछी शिर्ष दुई टिम फाइनलमा भिड्ने छन् । दुई जित पछी नेपाललाई साफ च्याम्पियनको दावेदारका रुपमा हेरिएको छ । तर अबका दुबै खेलहरु नेपालका लागि त्यति सजिला भने छैनन् ।

नेपाली टिमाका कप्तान किरण कुमार लिम्बुले बलियो भारतीय टिमविरुद्ध आफूहरू अन्तिम क्षणसम्म लड्न तयार रहेको बताए । “हामीले साफ च्याम्पियनसिप जित्ने सपना देखेका छौँ । यो सपना पूरा गर्न हामी एक एक पाइला गर्दै अघि बढिरहेका छौँ । भारतविरुद्ध हामी लड्न तयार छौँ । हामी अन्तिम मिनेटसम्म पनि प्रतिस्पर्धामा रहनेछौँ । उनीहरुसँग डराएका छैनौँ । हामी यो प्रतियोगिताको अन्डरडग हौँ ।”

तथापी भारत सँगको खेलहरु त्यती सुखद भने छैनन्। दोस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा नेपाल र भारतबीच पहिलो पटक सन् १९८५ डिसेम्बर २१ मा प्रतिस्पर्धा भएको थियो । बङ्गलादेशको ढाकास्थित बंगबन्धु रङ्गशालामा भएको उक्त खेलमा भारतले नेपाललाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यसयता नेपाल र भारतबीच फुटबलमा २१ पटक भिडन्त भएको छ । भारत १४ पटक विजयी भएको छ भने नेपालले दुई चोटी मात्र जित निकाल्न सकेको छ । ४ खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । समग्रमा नेपाली टोली भारतसामु निकै कमजोर देखिएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) बरियताअनुसार पनि नेपालभन्दा भारत फुटबलमा निकै अब्बल देखिन्छ । फिफा बरियताअनुसार भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ । कुवेती मुलका नेपाली प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको प्रशिक्षणमा खेलीरहेको नेपालले भारत विरुद्दको खेलमा सुखद नतिजा निकालेर लामो आलोचनाको अन्त्य गर्ने दाउमा छ । अन्तर्राष्ट्रिय प्रस्तिस्पर्धाहरुमा गोल गर्न नसकेको आरोप झेल्दै आइरहेको टोलिका लागि सुरुवाती सफलताले ठुलो राहत मिलेको छ ।

तपाइँको प्रतिक्रिया