बिहीबार, वैशाख १३, २०८१

एनआरएनए मस्यौदाकार सूर्य सुवेदी पाँच वर्षदेखि सदस्य बिहिन

नेपालप्लस संवाददाता२०७८ असोज २४ गते १२:३८

 

प्राध्यापक डा. सुर्य सुबेदीलाई चिनाईरहनु पर्दैन । झन गैर आवाशिय नेपाली संघ (एनआरएनए) को अभियानमा लागेका, बुझेकालाई त राम्रोसित थाह छ, सुवेदी एनआरएनए जन्माउने एक हस्ती हुन् । खासमा गैर आवाशिय नेपाली संघ कस्तो बनाउने भनेर प्ररम्भिक खाकानै सुर्य सुवेदीले कोरेका थिए । एनआरएनएको बिधिबिधान, उद्देश्य, ढाँचा र खाका कोर्नेमा सुबेदी थिए । तर अहिले तिनै सूर्य सुवेदी एनआरएनएको सामान्य सदस्यसमेत छैनन् ।

सूर्य सुवेदी एनआरएनएको सदस्य समेत नबनेको पाँच वर्ष भयो । सन् २०१५ देखिनै उनी एनआरएनए सदस्य छैनन् ।

एनआरएनएको जन्मभूमीनै बेलायत हो । र यसको प्रमुख जिम्मेवारी र लगननै सुर्य सुवेदीलाई जान्छ । बेलायतमा जन्मिएको एनआरएनए सन् २०१३ मा आउँदा दुई वटा भए । योगेन्द्र क्षेत्री र कुल आचार्यको झगडाले उग्ररुप लियो ।

यो लडाईले गर्दा एनआरएनए बेलायत टुक्रिएर दुई वटा बने । योगेन्द्र छेत्रीले नन रेसिडेन्ट नेपाली एसोसिएसन युके लिमिटेड भन्ने दर्ता गराए । उता कुल आचार्यले आफ्नो नाममा अर्को एनआरएनए दर्ता गराए, एनआरएनए युके लिमिटेडका नाममा ।

सन् २०१३ देखि सन् २०१५ सम्म एनआरएनए बेलायत दुई चिरामा बिभाजित थियो । नेपाली दुतावास बेलायतमा लगेर दुई चिरामा बिभाजित एनआरएनए बेलायतलाई एकता गराउने काम यिनै सूर्य सुवेदीले गरेका थिए । तैपनि हुन्छ कि भनेर उनले एनआरएनएलाई एक बनाए । किनभने अवधारणपत्र बनाउने, पहिलो विधान बनाउने कामपनि सुबेदीलेनै गरेका थिए । यिनलाई यो संस्थाप्रति ठूलो माया, लगन र आशा थियो ।

तर एनआरएनए उनले सोचे र शुरुमा बनाउन खोजिएजस्तो भएन । झन झन राजनिति बढ्दै गयो । झन पछि जह्न बिग्रिँदै गयो । राजनिति धेरै हाबी हुन थाल्यो । खराब नियतका मानिसहरु एनआरएनएमा छिरे । त्यसपछि यो एनआरएनएमा लाग्न हुन्न, हाम्रालागि काम छैन भन्ने लाग्यो र सुर्य सुबेदी यो अभियानबाट अलग बसे ।

जब खराब मनशायले मानिसहरु एनआरएनएमा भित्रिए भन्ने लाग्यो, राजनितिक स्वार्थ प्रेरितहरुको भिड जम्मा हुनलाग्यो भन्ने लाग्यो तब सुर्य सुबेदीले एनआरएनएमा फर्केरपनि हेरेनन् ।

‘एनआरएनए सोचेको, बनाउन खोजेको जस्तो भएन । जति कोसिस गर्दापनि भएन । झन राजनितिको फोहोरि खेल हुन थाल्यो । धेरै खराबी भयो । खराब नियतका मानिसहरु आए । त्यसपछि यसमा लागेर काम छैन भन्ने भयो र मैले चटक्कै छोडें । सन् २०१५ देखिनै म सदस्यपनि छैन । के भएको छ भन्ने मलाई जानकारिपनि नभएकाले एनआरएनएबारे म बोल्दिन’ सूर्य सुबेदीले भने ।

आफू प्राज्ञिक ब्यक्ति भएकाले संसारलाई ज्ञनगुनका कुरा बाँड्नुपर्नेमा फोहोरि राजनिति र खराब मानिसहरुको भिडमा बस्न नहुने ठानेर अलग्गिएको सुबेदीले बताए ।

तपाइँको प्रतिक्रिया