आइतबार, असोज ३१, २०७८

कांग्रेसले हिम्मत गरोस, देउवालाई दण्डित गर्ने बेला भएको छ

थानेश्वर२०७८ असोज २४ गते १३:१७

तीन दिन अघि नियुक्त भएका उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री गजेन्द्र बहादुर हमालले दिएको रजिनाम स्वीकृत भईसकेको छ । गैर सांसदलाई मन्त्री नियुक्त गरेपछी भएको तिब्र विरोध पछी हमालले रजिनामा दिएका हुन् । उनी चोलेन्द्र शम्शेर राणाका जेठान भए पनि अथवा नेपाली कांग्रेसका पुराना नेता भएपनि आम आवाजलाई सुन्न सक्ने हैशियत राख्नु लोकतन्त्र भित्रको गतिलो पक्ष हो । हमालले त्यो आम आवाजलाई समयमै सुनेका छन । रजिनामा दिए, स्वीकृत पनि भएको छ । यससँगै आम आवाजले शेरबहादुर देउवा र चोलेन्द्र शम्शेर राणाको अपराध पनि स्वीकृत गरेको छ । यो अपराधको सजायँ यिनिहरुले कुनै न कुनै बेला पाउनु पर्दछ । यदी यिनिहरुलाई सजायँ दिइएन भने बालुवाटारले पटक पटक यस्ता अपराधी उमार्ने छ ।

नेपालले अहिलेसम्म पाँच शासनको अनुभव गरेको छ । राजा, राणा, पंचायत, बहुदल र लोकतन्त्र । यि सबै ब्यवस्था विश्वका प्राय: देशमा प्रयोग भैसकेका हुन । धेरै ब्यवस्था सबै ठाउँमा असफल भएका छन भने लोकतान्त्रिक ब्यवस्था असफल हुन्छ भन्ने कल्पना कुनै पनि विश्लेषकले गरेका छैनन् । युरोपियन लगायत केही पश्चिमा राष्ट्रहरुले बरु यो ब्यवस्थालाई पारीमार्जित गर्दै समाजवाद तर्फ हिंडाएका छन । लोकतान्त्रिक ब्यवस्था असफल भएको उदाहरण कतै देखिएको छैन । यो ब्यवस्था असफल हुनेमा नेपाल पहिलो राष्ट्रको रुपमा उभिंदै छ ।

हुन त ब्यवस्थाहरु आफैंमा खराव हुँदैनन, मान्छेहरु खराव हुन्छन । तानाशाही भन्ने ब्यवस्था पनि गतिलो मान्छेको हातमा पर्‍यो भने जनताका आकंक्षाहरुमा त्यसले तात्विक फरक पार्दैन । उदाहरणको रुपमा भुटानलाई हेर्न सकिन्छ । लामो समय देखी राजाहरुले चलाइरहेको यो देशका जनता विश्वमै खुशी मध्येमा पर्दछन । जनताले हेर्ने भनेको आफ्नो आवश्यकता र सहज रुपमा बाँच्न पाउने बाटो हो । राजतन्त्र नै भए पनि भुटानको सरकार जनताका आवश्यकतामा पूर्ण रुपमा सचेत छ । भुटान अब एशियाका मजवुत अर्थतन्त्र भएका देशहरुलाई भेट्टाउने कसरतमा छ ।

यता नेपालमा भने शेरबहादुर देउवा जस्ता ब्यक्तिको हातमा शासन परेपछी सुनौला पानामा लेखिएका लोकतान्त्रिक कानुन र संविधानहरु पनि जनताको आवाज र आवश्यकतासम्म पुग्न सक्दैन । नेपालमा अब ब्यवस्था फेर्ने विकल्प सकिएको छ । अब जस्तोसुकै आन्दोलन या ब्यवस्था फेर्ने अभियान चलाए पनि र जुनसुकै परिवर्तन भए पनि देउवा, ओली, माधव नेपाल र प्रचन्ड जस्ता नेता र चोलेन्द्र जस्ता न्यायधिस रहिरहने हो भने जनताले उन्नत बन्ने कल्पना गर्नु बेकार छ । अब देउवा, ओली र प्रचन्डका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई दण्डित गर्ने शसक्त आन्दोलन चलाऊन जरुरी छ ।

अझै केही वर्ष यस्तै अपराधीक मनोवाद आत्ममा हुर्काएर हास्ने नेताहरुले नै देशको बागडोर समातिरहने हो भने देश पक्कै पनि रहने छैन । खास गरेर आफुलाई लोकतान्त्रिक भन्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुले अब सोच्ने बेला भएको छ । हरेक पटक प्रजातन्त्र र लोकतन्त्रलाई समाप्त पार्ने अपराधीक खेलमा लागिरहेका देउवालाई किन राखिरहनु पर्‍यो ? के राजा र राणाहरुलाई फाल्न आन्दोलन गर्ने कांग्रेस कार्यकर्ताहरुको शक्ति क्षय भएको हो ? कांग्रेसका कार्यकर्ताहरुले देउवा र राजाहरुको कार्यशैलीलाई तराजुमा राखेर हेरे भने देख्ने छन्, देश र लोकतन्त्रका लागि कसले बढी अपराध गरेका छन भन्ने ।

आइतवार पोखरामा भएको एउटा कार्यक्रममा देउवाले भनेछन्- ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन’ । प्रजातन्त्रको यती ठुलो दुहाइ दिने नेताले आफ्ना कार्यकर्ता र सम्पूर्ण नेपालीलाई कसरी छक्काइरहेको छ भन्ने कुरा बुझ्न अझै पनि प्रतिक्षा गर्नुपर्ने हो र ? २०४८ देखी २०७८ को यो ३० वर्षे अवधीमा देउवाले के गरे भन्ने कुरा जगलाई थाहा छ । सांसद किनबेच, भ्रष्टाचार र प्रजातन्त्रलाई दरबारमा बुझाउने सम्मका अलौकिक अपराधमा उनी सामेल भएका हुन । उनको त्यो ईतिहासलाई थोरै सम्म अवलोकन नगरि अझै उनैलाई पुरस्कृत गरिनु नेपाली कांग्रेसले आफ्नै पतनको बाटो रोजेको हो । देउवाका हरेक अपराधहरुलाई नेपाली कांग्रेसले विगतमा जस्तै अनुमोदन गर्दै जाने हो भने अबको केही समयमा देशमा नेपाली कांग्रेस भन्ने पार्टीको नामो निशान रहने छैन । शेरबहादुरले गरेको अहिलेको अपराध कुनै पनि लोकतान्त्रिक देशमा क्षम्य हुन सक्दैन । अध्यारा कोठाहरुमा बसेर कांग्रेसको नेता हुँदा होस या प्रधानमन्त्रीको रुपमा उनले गरेका हरेक अपराधहरुमा दण्डित गर्ने कामको शुरुवात नेपाली कांग्रेसले नै गर्नु पर्द्छ । अब अती भएको छ, नेपाली जनताले शान्ति सँग दशैं मनाउन कहिले पाउने ? किन नेपाली कांग्रेसले आफ्ना नेताहरुको अपराध लुकाइरहन्छ ?

कुनै पनि ब्यवस्था खराब छैन । खराब भनेका देउवा, ओली र ज्ञानेन्द्र हुन । देउवाले भनेजस्तै- “नेपालीलाई प्रजात्न्त्रको विकल्प चाहिएको छैन” । विकल्प नेताहरुको चाहिएको छ । चोलेन्द्र शम्शेरको चाहिएको छ ।

गजेन्द्र बहादुर हमालको मन्त्रिमा नियुक्ती र रजिनामा प्रकारण सामान्य कुरा होइन । निकै ठूलो उथलपुथल र संघर्षबाट बनेको संविधानमा चलेका फोहोरी नंग्राहरुको विकल्प चाहिएको हो । नेपाली कांग्रेसले कम से कम एक पटक सोचोस, पटक पटक सोचोस्, फेरिएर दोहोरीइरहने यस्ता अपराधहरु कुनै हालतमा क्षम्य हुनुहुँदैन । देउवालाई वालुवाटारबाट निकालेर जेल हाल्ने बेला भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक