बिहीबार, वैशाख १३, २०८१

रुसमा प्यारासुटिस्ट बोकेको विमान दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु

नेपालप्लस संवाददाता२०७८ असोज २४ गते १९:१८

Ministry/Handout via via hindustantimes

रुसमा प्यारासुटिस्ट (प्यारासुटबाट हाम्फाल्ने ब्यक्तिहरु) बोकेको विमान आइतवार दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

फ्रंस २४ न्युजका अनुसार प्यारासुट जम्परको समूह बोकेको एउटा विमान आइतबार बिहान रुसी क्षेत्र टाटरस्तानमा उडेपछि दुर्घटनामा परेको थियो । दूर्घटनामा १६ जनाको मृत्यु र ६ जना घाइते भएको रुसको आपतकालिन मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय गभर्नरका अनुसार ७० मिटरको उचाईमा पुगेपछि पाईलटहरुले विमानको बायाँ इन्जिन फेल भएको र मेन्जेलिन्स्क शहर नजिकै आपतकालीन अवतरणको प्रयास गरीरहेको बताएका थिए । घना बस्ति भएको क्षेत्रबाट बच्नको लागी विमानलाई बायाँतिर मोडिएको क्षेत्रीय गभर्नरले उल्लेख गरेका छन् ।

तर विमान अवतरण हुँदा विमानको पखेटाले एउटा गजेल गाडीलाई ठक्कर दिएपछि पल्टिएको थियो ।

विमानमा २० प्यारासुटिस्ट र दुई चालक दलका सदस्य थिए । घाईते ६ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

लेट एल-४१० टर्बोलेट नामको यो विमानमा दुई हल्का ईन्जिन थिए । मेन्जेलिन्क्स शहरस्थित एरोक्लबको स्वामित्वमा रहेको यो छोटो दूरीकालागि उड्ने विमान कसरि दूर्घटना भयो भनेर एरोक्लबले टिप्पणी गर्न अस्विकार गरेको छ ।

गम्भीर अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियमको शंकास्पद उल्लंघन गरेको भन्दै आपराधिक छानबिन सुरु गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया