शुक्रबार, वैशाख १४, २०८१

चुनाव हारेपछि चेक रिपब्लिकका राष्ट्रपती सघन उपचार कक्षमा भर्ना

नेपालप्लस संवाददाता२०७८ असोज २४ गते २०:०७

Image Credit-new.in-24.com

चेक रिपब्लिकको संसदीय निर्वाचनमा आफ्नो पार्टीले हार खाएपछि अकस्मात बिरामी परेका चेक रिप्ब्लिकका राष्ट्रपती मिलोस जेमानलाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ ।

संसदिय चुनावमा उनको पार्टीले हार खाएपछि नयाँ सरकारको गठनबारे राजनितिक वार्ताको नेतृत्वबारे अनिश्चितता पैदा भएको छ । उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको हो ।

चेक रिपब्लिकको राजधानी प्रागको सेन्ट्रल मिलिटरी अस्पतालका निर्देशक मिरोस्लाभ जाभोरलले ७७ वर्षीय जेमानलाई पुरानै तर अज्ञात रोगका कारण भर्ना गरिएको बताएका छन् । तर बाहिर मेडियाहरुले भने निर्वाचनमा हार खाएपछि अकस्मात असोचनिय अवस्था ब्यहोर्नुपरेकाले उनी बिरामी परेको उल्लेख गरेका छन् ।

“हामीलाई के भएको हो भन्ने ठ्याक्कै थाहा छ जसले हामीलाई उपचार लक्षित गर्न अनुमति दिएको छ” जाभोरलले मेडियाहरुलाई भने । के रोग लागेर सघन उपचार कक्षमा भर्ना गरिएको हो भनेर खुलाउन राष्ट्रपतीको अनुमति नभएको अस्पतालका चिकित्शकहरुले बताएका छन् ।

सघन उपचार कक्षमा भर्ना गरिएका राष्ट्र्पतीको अवस्था कति गम्भिर छ भन्नेपनि चिकित्शकहरुले बताएका छैनन् ।

चेक रिपब्लिकमा राष्ट्रपतिले चुनावपछि पार्टीका नेताहरुसंग कुराकानीको नेत्रित्व गर्छन् । संविधानअनुसार प्रधानमन्त्री नियुक्त गर्ने उनको अधिकार हो । यदि राष्ट्रपति पद रिक्त भएमा तल्लो सदनको सभामुखलाई दिइन्छ ।

राष्ट्रपती जेमानले प्रधानमन्त्री एन्ड्रेज बाबिसलाई भेटेपछि राष्ट्रपती भवनको नजिकैबाट रिपोर्टरहरूले एम्बुलेन्स देखेपछि राष्ट्रपतीलाई अस्पताल लगिएको पत्तो पाएका थिए ।

राष्ट्रपति कार्यालयले जेमान बिरामी भएको पहिलेपनि उल्लेख गरेको थियो । उनले गत महिना आठ दिन अस्पतालमा बिताएका थिए । राष्ट्रपति कार्यालयले उनी गम्भिर नरहेको तर अलिकति थकित रहेको बताएको थियो।

बाबिसको केन्द्रीकृत एएनओ पार्टी शुक्रवार र शनिबार भएको संसदीय चुनावमा सेन्ट्रल राइट टुगेदर गठबन्धनसँग पराजित भएको थियो । बाबिसको पार्टीले बहुमतको सरकार बनाउने सम्भावना गुमाएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक