शुक्रबार, वैशाख १४, २०८१

साफ च्यापियनको तेस्रो खेलमा भारतसँग नेपाल पराजित, फाइनल पुग्ने सपना जिवितै

नेपालप्लस संवाददाता काठमाडौं२०७८ असोज २४ गते २१:४२

फोटो-न्युज १८

माल्दिभ्समा जारी साफ च्यापियन लिग अन्तर्गतको तेस्रो खेलमा सदावहार प्रतिद्वन्दी भारतसँग नेपाल १-० ले पराजित भएको छ । तथापी नेपालको फाइनलमा पुग्ने सपना भने अझ जिवितै छ ।

खेल अवधिमा नेपालले गोल गर्न सक्ने केही अवशर पाएको भए पनि गोल गर्न सकेन । खेलको ८१ औं मिनटमा भारतीय टोलिका कप्तान सुनिल छेत्रीको गोलसँगै भारतले अग्रता लिएको थियो । इन्जरी समयमा नेपालले खेल बराबरी गर्ने मौका पाए पनि गोल गर्न सकेन ।

तीन खेल मध्ये दुई बराबरी र एक खेलको जित सँगै ५ अंक सहित भारत तेस्रो स्थानमा उक्लिएको छ भने माल्दिभ्स र नेपाल ६-६ अंकका साथ पहिलो र दोस्रो स्थानमा छन् ।

बंगलादेश ४ अंक सहित चौथो स्थानमा छ भने श्रीलंका प्रतियोगिताबाट बाहिरिइसकेको छ । बाँकी चारै टिमको फाइनलमा पुग्ने सम्भावना उत्तिकै छ । लिग चरणका अब एक एक खेल बाँकी छन् । लिगको अन्तिम खेलमा नेपालले बंगलादेश सँग खेल्नेछ भने भारतले आयोजक माल्दिभ्स सँग खेल्दैछ ।

नेपाललाई फाइनलमा पुग्न बंगलादेश सँग बराबरी नतिजा निकाले पनि पुग्छ तर भारत र माल्दिभ्सको खेल पनि बराबरीमा रोकियो भने नेपालले बंगलादेशसँग जित्नुपर्ने हुन्छ । लिग चराणको अन्तिम दुबै खेल १३ अक्टुवरमा हुँदै छन् ।

तपाइँको प्रतिक्रिया