शुक्रबार, चैत १६, २०८०

नेशनल फूटबल च्याम्पियन लिग फ्रान्सको पोल्टामा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ असोज २४ गते २३:३३

फोटो- द एस्पेन इन्स्टिच्युट

युनियन अफ युरोपियन फूटबल एसोसिएसन (युफा) च्याम्पियन लिग ( नेशनल फूटबल च्याम्पियन लिगपनि भन्छन्) फ्रान्सले जितेको छ । आइतवार फ्रान्स र स्पेनकाबिचमा भएको फाईनल खेलमा फ्रान्सले स्पेनलाई एकका बिरुद्द दुई गोलले पराजित गरेपछि फ्रान्स च्याम्पियन लिग हात पार्न सफल भएको हो ।

नाटकीय ढंगले आ-आफ्नो सेमिफाइनल जितेपछि फ्रान्स र स्पेनको टोली फाईनलमा पुगेको थियो । इटालीको मिलानस्थित सान सिरोमा रंगशालामा दुई टोली ट्रफीका लागि भिडेका थिए ।

यो दुई टोलीको बीचको खेल अत्यन्त प्रतिस्पर्धी र रोमान्चक बनेको थियो । लडाई किनपनि रोमाञ्चक थियो भने यि दुई टोली आठ बर्ष भन्दा लामो समय प्रतिस्पर्धात्मक रुपमा एक अर्कासित भेटिएका थिएनन् ।

सन् २०१८ मा विश्वकप जितेपछि फ्रान्सको फूटबल टिमका प्रशिक्षक डिडिए डेसँको फ्रान्सेली टोलीका करिम बेन्जेमा र एमबाप्पेको गोलले फ्रान्सलाई बिजयीतर्फ लगेको हो ।

पहिलो हाफमा खेल तुलनात्मकरुपमा सुस्त थियो र स्पेनका खेलाडीहरुले गोल गर्न सक्छन् भन्ने अनुमान गरिएको थियो । किनकि स्पेनको खेल फ्रान्सको तुलनामा बढि ब्यवस्थित र फ्रान्सेली गोलपोस्टतिर बढि नियन्त्रित थियो । तर दोस्रो हाफपछि खेलको प्रक्रितिपनि बदलिएको जस्तो देखियो । खेल बढि जिवन्त बन्यो । खेलका केहि सुटहरु बिवादास्पद पनि बने ।

तर दोस्रो हाफमा फ्रान्सले बढी आक्रमक निति लियो । बल नियन्त्रणपनि राम्रो गर्‍यो । स्पेनले पहिलो गोल गरेपनि त्यसको केहिबेरमै फ्रान्सका चर्चित खेलाडी किलियन एमबाप्पेले आफ्नो तर्फबाट गोल गरेर स्पेनलाई बराबरीमा पारिदिए । त्यसपछि फ्रान्सका अग्रिमपंक्तिका खेलाडी कारिम बेन्जामाले दोस्रो गोल गरे । यहि गोलले फ्रान्सलाई लिगको च्याम्पियनसिप जितायो ।

युफा च्याम्पियन लिग यस यस अघि सन् २०१९ मा पोर्चुगलले जितेको थियो । युनियन अफ युरोपियन फूटबल एसोसिएसन (युफा) सन् १९५५ मा स्थापना गरिएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक