शुक्रबार, वैशाख १४, २०८१

भ्रष्टाचार काण्डपछि अस्ट्रियामा नयाँ चान्सलरले खाए सपथ

नेपालप्लस संवाददाता२०७८ असोज २५ गते १९:४५

अस्ट्रियाका शीर्ष कूटनीतिज्ञ अलेक्जेन्डर स्केलेनबर्गले सोमबार चान्सलरको पदभार ग्रहण गरेका छन् । सत्तारुढ पार्टीले भ्रस्टाचारको आरोप लागेर युरोपकै सबैभन्दा कान्छो नेताको पद गुमाएपछि नयाँ चान्सलर नियुक्त गरिएको हो ।

अष्ट्रियाका चान्सलर ३५ वर्षीय सेबास्टियन कुर्जले शनिबार बेलुका भ्रष्टाचार काण्डमा फसेको भन्दै चान्सलरबाट राजिनामा दिने बताएका थिए ।

५२ वर्षीय शलेनबर्गलाई राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले दिउँसो १ बजे पछि शपथ ग्रहण गराएका थिए ।

अष्ट्रियामा राष्ट्रपती (प्रेसिडेन्ट) राज्य तथा सेना प्रमुख रहने र चान्सलर सरकार प्रमुख रहने चलन छ ।

भान डेर बेलेनले सरकारलाई अब विश्वास पुनर्स्थापना गर्ने ठूलो जिम्मेवारी भएको बताए ।

कुर्जको सेन्टर राइट पिपुल्स पार्टी (ओईभिपी) र उनीहरुका कनिष्ठ ग्रीन पार्टीसहितको गठबन्धन साझेदारहरु घोटालाबाट बाहिर निस्किने र २०२४ सम्म आफ्नो बाँकी कार्यकाल पूरा गर्ने योजनामा छन् ।

तपाइँको प्रतिक्रिया