बिहीबार, वैशाख १३, २०८१

पोल्याण्डका दशौं हजार नागरिकद्वारा युरोपेली समर्थनमा प्रदर्शन

नेपालप्लस संवाददाता२०७८ असोज २५ गते २२:००

फोटो-तास्मिन न्युज एजेन्सी

युरोपेली युनियनका कानुनी प्रावधानहरु उल्लंघन गर्दै पोल्याण्डको संवैधानिक अदालतले गरेको एक ऐतिहासिक फैसला बिरुद्द पोल्याण्डका दशैं हजारले युरोपेली युनियनको पक्षमा प्रदर्शन गरेका छन् ।

बिहीवार त्यहाँको अदालतले इयु कानुनलाई चुनौति दिँदै फैसला सुनाएपछि इयुबाट बाहिरिन सक्ने त्रासले प्रदर्शनकारीहरुले इयुको पक्षमा आ इतवार प्रदर्शन गरेका हुन् ।

तास्निम न्युज एजेन्सीका अनुसार आईतवार साँझसम्म एक लाख भन्दा बढीले राजधानी वार्सामै ईयुका पक्षमा नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

पोल्याण्डको संवैधानिक अदालतले बिहीबार गरेको फैसलामा युरोपभरका राजनीतिज्ञहरुले निराशा व्यक्त गरेका थिए । इयुका २७ देशहरु मिलेर बनेको सामुहिक र सशक्त खम्बालाई पोल्याण्डको अदालती आदेशले काट्ने प्रयास गरेको भन्दै चिन्ता गरिएको थियो ।

आयोजकहरुका अनुसार, पोल्याण्ड भरिका १०० भन्दा बढी शहर र विदेशकासमेत धेरै शहरहरुमा प्रदर्शन भएको थियो । आयोजकहरुले पोल्याण्डको राजधानी वार्सामा मात्रै कम्तिमा ८० हजारदेखि एक लाख ब्यक्ति यो प्रदर्शनमा भेला भएको बताएका छन् ।

प्रदर्शनकारीहरुले पोल्याण्ड र ईयुको झण्डा लहराउँदै ‘हामी बसिरहेका छौं, हामी ईयुमै छौं, ईयुमै रहने छौं’ लेखिएका प्लेकार्डहरु बोकेका थिए । अधिकांशले नारापनि त्यहि लगाएका थिए ।

युरोपेली परिषदको एक पूर्व प्रमुख र हाल मुख्य विपक्षी पार्टी सिभिक प्लेटफर्मका नेता डोनाल्ड टस्कले सत्तारुढ कानून, न्याय र पार्टीको नीतिले यूरोपेली युनियनमा पोल्याण्डको भविष्यलाई खतरामा पार्ने काम गरेको बताए ।

“हामी जान्दछौं कि उनीहरु (ईयू) छोड्न चाहन्छन् ताकि दण्डहीनतासँगै लोकतान्त्रिक नियमहरुको उल्ल्घन गर्न सकियोस्,” उनले भने ।

वार्साको रोयल क्यासलको अगाडि मन्च बनाएर बक्ताहरुले ईयुका पक्षमा आफ्ना भनाई राख्दा हजारौं प्रदर्शनकारीहरुबाट घेरिएका प्रहरी भ्यानहरु बत्ती बालेर निगरानी गरिरहेका थिए ।

संवन्धित समाचार

पोल्याण्डको संवैधानिक अदालतद्वारा ईयू कानून बिरूद्ध फैसला

तपाइँको प्रतिक्रिया