शुक्रबार, वैशाख १४, २०८१

तालिबानहरुले युरोपेली युनियनसित वार्ता गर्ने

नेपालप्लस संवाददाता२०७८ असोज २६ गते १२:५९

अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकी

इस्लामवादीहरुले अन्तर्राष्ट्रिय सहायता र समर्थन खोजिरहेका बेला तालिबान अधिकारीहरुले मंगलवार युरोपेली युनियनका अधिकारीहरुसित वार्ता गर्ने भएका छन् ।

संयुक्त राष्ट्र प्रमुखले इस्लामवादी समूहले अफगान महिला र महिलाहरुहरुसँग गरेको वाचा भंग गरेको आरोप लगाएपछि तालिबानका कार्यवाहक बिदेशमन्त्रीले ईयु अधिकारीहरुसित वार्ता प्रक्रियालाई अगाडि बढाएका हुन् ।

“तालिबानले युरोपेली संघका अधिकारीहरुसँग आमनेसामने वार्ता गर्नेछन्” कार्यवाहक विदेश मन्त्रीले सोमबार भने । हाल कट्टरपन्थी इस्लामीहरुले अन्तर्राष्ट्रिय समर्थनको लागी कूटनीतिक दबाव दिइरहेका छन् ।

२० वर्षको युद्धपछि अमेरिकी सेना फिर्ता भएलगत्तै तालिबान अगस्ट महिनामा सत्तामा फर्कियो । तालिबानले मानवीय विपतबाट बच्न र आर्थिक लगानीकालागि मान्यता र सहयोग खोजिरहेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार अफगानिस्तानको आर्थिक पतनबाट बच्न थप रकम दान गर्न विश्वलाई आग्रह गरेका थिए । तालिबानले अफगानिस्तानका महिलाहरुसँग गरेको वाचालाई आदर नगरेको भन्दै आलोचनापनि उनले गरेका थिए ।

तालिबानका कार्यवाहक परराष्ट्र मन्त्री अमीर खान मुत्ताकीले युरोपेली युनियन (ईयू) सँगको बैठक मंगलबार हुने अमेरिकी अधिकारीहरुसँग पहिलो पटक उनले व्यक्तिगत वार्ताको नेतृत्व गरिरहेकै बेला बताएका थिए ।

“भोलि हामी ईयू प्रतिनिधिहरुलाई भेट्दैछौं । हामी अन्य देशहरुका प्रतिनिधिहरुसँग सकारात्मक बैठकहरु गरिरहेका छौं” कतारस्थित द्वन्ता न्युनिकरण र मानवीय अध्ययन केन्द्र द्वारा आयोजित एक कार्यक्रममा मुत्ताकीले भने ।

“हामी सारा विश्वसँग सकारात्मक सम्बन्ध चाहन्छौं । हामी सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धमा विश्वास गर्दछौं । हामीलाई विश्वास छ कि यस्तो सन्तुलित सम्बन्धले अफगानिस्तानलाई अस्थिरताबाट बचाउन सक्छ” उनले थपे।

ईयू वार्ताको पहिलो सार्वजनिक घोषणा भन्दा पहिले मुत्ताकीले पहिले नै जर्मन अधिकारीहरु र दोहामा एक ब्रिटिश सांसदलाई भेटिसकेको बताए ।

तालिबानलाई हाल आर्थिक सहयोगी र समर्थकहरुको ज्यादै खाँचो छ । किनकि अफगानिस्तानको अर्थतन्त्र अन्तर्राष्ट्रिय सहायता कटौती भएसँगै खस्किएको छ । खाद्यान्नको मूल्य आकाशिनु र बेरोजगारी बढ्नु एकैसाथ भएकाले स्थिति झन खराब भएको छ ।

“तालिबानले अफगानिस्तानका महिला र केटीहरुलाई दिएको वाचा भंग गरेको देख्दा म विशेष गरी चिन्तित छु” गुटेरेसले पत्रकारहरुलाई भने।

“म तालिबानलाई दृढतापूर्वक अपील गर्दछु कि महिला र कोशोरीहरुसँग गरेको आफ्नो प्रतिज्ञाहरु पूरा गर्नुहोस् र अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानून अन्तर्गत आफ्नो दायित्व पूरा गर्नुहोस् ” गुटेरेसले भने “महिलाहरुको सहभागिता बिना अफगानिस्तानको अर्थतन्त्र र समाज सुध्रिने कुनै बाटो छैन । ”

अफगानिस्तानका किशोरीहरुलाई तीन हप्ता पहिले माध्यमिक विद्यालयहरुमा पढ्न जान दिने अनुमति दिइएको थियो । तर किशोरीहरुलाई प्राय महिला शिक्षिकाहरुसंगै घरमा बस्न भनिएको छ । तर प्राथमिक विद्यालयमा पढ्ने हरुलाई भने अनुमति दिईएको छ ।

केटीहरुलाई बहिष्कारको बारेमा सोध्दा मुत्ताकीले कोविड १९ को कारण स्कूलहरु बन्द गरिएकाले त्यहि जोखिमका कारण जान नपाएको जवाफ दिएका थिए ।

देशका कतिपय भागमा भएको व्यापक मुठभेडको क्रममा मुताकीले शिया समुदायको विरूद्ध कुनै भेदभाव नगर्ने दाबी गर्दै आईएस-के लाई नियन्त्रणमा लिइरहेको दाबी गरे ।

(फ्रंस २४ न्युज, ए एफ पी)

तपाइँको प्रतिक्रिया