शुक्रबार, वैशाख १४, २०८१

साफ खेलमा नेपाल फाइनलमा प्रवेश, बिजेता बन्ने सपना बलियो

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असोज २८ गते २:०८

Photo – ANFA

साफ च्याम्पिनसिपकै ईतिहासमा नेपाली राष्ट्रिय फुटवल टोली पहिलो पटक फाइनलमा पुगेको छ । माल्दिभ्समा जारी साफको १३ औं सस्करण खेलिरहेको नेपाल लिग चराणको अन्तिम खेलमा बंगलादेश सँग १-१ को बराबरी नतिजा निकाल्न सफल भए पछी फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

चार खेल खेलेको नेपालले दुई खेलमा जित, एक खेल बराबरी र एक खेलमा पराजित भएको थियो । नेपाल अघिल्लो खेलमा भारत सँग १-० ले पराजित भएको थियो भने शुरुवाती दुई खेलमा माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो ।

बुधवार भएको खेलमा नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् । बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ ।

उता भारत र माल्दिभ्स विच भएको खेलमा भारतले ३-१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । यो जितसँग दुई जित र दुई बराबरी खेल्दै भारतले ८ अंक जोड्न सफल भएको छ । अब फाइनलमा नेपालले भारत सँग प्रतिस्पर्धा गर्ने छ ।

लिग चराणको एक खेलमा नेपाल भारतसँग पराजित भएतापनि भारतकालागि त्यो जित निकै कठिन थियो । खेलको पुरा अवधी नेपाली टोली भारतीय टोली माथि हावी भएको थियो ।

फिफा वरियतामा भारत १०५ औँ स्थानमा छ भने नेपाल १६८ स्थानमा छ । तथापी भारतका लागि नेपाल बलियो प्रतिस्पर्धी हो । यसले पनि नेपाल भारतबिचको साफ फाइनल प्रतिस्पर्धा निकै रोमान्चक हुने छ ।

फाइन खेल आउँदो शनिवार मालेस्थित राष्ट्रिय रंगशालामा अपरान्ह ४ बजे हुने छ ।

तपाइँको प्रतिक्रिया