शुक्रबार, वैशाख १४, २०८१

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन रक्त संक्रमणले अस्पताल भर्ना

नेपालप्लस संवाददाता२०७८ असोज २९ गते १३:२२

अमेरिकाका पूर्व राष्ट्रपती बिल क्लिन्टन रक्त संक्रमणले गर्दा अस्पताल भर्ना भएका छन् ।

७५ वर्षिय पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई मंगलवार इर्विन क्यालिफोर्निया अस्पतालमा भर्ना गरिएको रोयटर्स समाचार एजेन्सीले उल्लेख गरेको छ । त्यहाँ उनी एक गैर कोभिड संक्रमणको उपचार गरिरहेका छन् ।

क्लिन्टन साँझ इर्विन अस्पतालको युसि आई युकि मेडिकल सेन्टरमा भर्ना हुनुभएको छन् र उहाँको गैर कोभिड १९ संक्रमणको उपचार भैरहेको छ” क्लिन्टन प्रवक्ता एन्जेल युरेनाले भनेका छन् “उहाँ ठीक हुनुहुन्छ । आत्मबल बलियो छ । डाक्टरहरु, नर्सहरु र हाँलाई उत्कृष्ट हेरचाह प्रदान गर्ने स्टाफप्रति हामी आभारि छौं ।”

स्वास्थ जटिल भएर नभई स्वास्थ्य संवेदनशीलताका कारण मात्र आईसीयूमा राखिएको प्रवक्ताले उल्लेख गरेका छन् ।

पूर्व राष्ट्रपति क्लिन्टनलाई ज्यादा थकाइ लागेपछि अस्पताल लगिएको थिए । उनलाई रगतमा सेप्सिस भएको पत्ता लाग्यो जुन् रगतको संक्रमण हो । डाक्टरहरुको विश्वासमा त्यसले मूत्र थैलीको मार्गमा संक्रमण शुरू गराएको रोयटर्सले उल्लेख गरेको छ ।
क्लिन्टनका चिकित्सकहरु अल्पेश अमीन र लिसा बार्डकले उनलाई निरन्तर अनुगमनको लागी अस्पतालमा राखिएको, दुई दिनको उपचार पछि सेतो रक्तकोषको संख्या घट्दै गइरहेको र उनलाई दिईएको एन्टिबायोटिकले राम्रोसँग प्रतिक्रिया दिइरहेको उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया