शुक्रबार, चैत १६, २०८०

जंगली जनावरहरुको दुर्घटनाले स्विजरल्याण्डलाई प्रत्येक वर्ष साँढे पाँच करोड डलर क्षती

नेपालप्लस संवाददाता२०७८ असोज २९ गते १७:२६

Photo Credit-idfg.idaho.gov

जंगली जनावरहरुसँग जोडिएका सडक दुर्घटनाहरुको कारण स्विट्जरल्याण्डलाई हरेक वर्ष पाँच करोड ४० लाख डलर (पाँच करोड स्विस फ्र्यांक) क्षति हुने गरेको छ । यसबाहेक हजारौं जनावर घाइते हुने गरेका छन् ।

आक्सा विन्थेरथुर विमा कम्पनीले प्रत्येक वर्ष वन्यजन्तुहरुसँग सम्बन्धित ३,००० भन्दा बढी दुर्घटनाहरुको सूचि राखेको छ । आक्साले बुधवार सार्वजनिक गरेको रिपोर्ट अनुसार त्यो संख्या अघिल्लो वर्ष थोरै घटेको थियो । बीमाकर्ताले कोरोना महामारीको कारण यातायातको यात्रा कम गरेकोले त्यसो हुन गएको बताएका छन् ।

कुलमा, पशु दुर्घटनाहरुको विमामा एक करोड १० लाख स्विस फ्र्यांक तिर्नुपरेको भनाई आक्सा विमा कम्पनीको छ । सबैकोलागि विमाले वार्षिक पाँच करोड विमा तिर्न गरेको ।

क्यान्टन जुरा, ग्राउबेन्डेन, फ्रिबुर्ग र थुर्गाउ भन्ने क्षेत्रहरुमा जंगली जनावरसँग गाडी ठोक्किने संभावना विशेष गरी उच्च देखिएको छ । यि प्रान्तमा जंगलीक्षेत्र, जंगल बढी पर्ने भएकाले हो । बीमाकर्ताका अनुसार अन्य प्रान्तका तुलनामा यि प्रान्तमा जनावरसित गाडी ठोक्किने क्रम सात गुणा सम्म बढी छ ।

प्रहरीले अक्टोबर, नोभेम्बर र डिसेम्बरमा विशेष सावधानी अपनाउन सल्लाह दिने गरेको छ । किनभने जाडोयाममा छिटो रात पर्ने हुनाले जनावर साँझ पर्नासाथ बाहिर निस्किन थाल्छन् । साँझ पर्नासाथ जनावरको चहलपहल शुरु हुन्छ । साँझ परेपछि मानिसहरुपनि घर फर्किन थाल्छन् । जनावर र मान्छेको चहलपहल एकै समयमा पर्नालेपनि धेरै दूर्घटना हुन्छ ।

आक्साको दूर्घटना अनुसन्धान प्रमुख माईकल पिफाफ्लीका अनुसार अर्को कारण के हो भने बिहान र साँझ ट्राफिकमा अँध्यारो हुन्छ । त्यसले गर्दा जनावरहरु गाडीको सामुन्ने नपरेसम्म प्राय देखिंदैन र गाडी रोक्ने बेलासम्म ढिला भैसकेको हुन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक