शुक्रबार, वैशाख १४, २०८१

रक्सी पिउनेको संख्या बढ्नु कोरोना कारण

नेपालप्लस संवाददाता२०७८ असोज २९ गते १९:१२

कोरोना भाईरसको महामारीले गर्दा मानिसहरुलाई रक्सी पिउने बानी बढेको छ । कोरोना भाईरसको मूल रुपभन्दा स्वरुप बदलिएको डेल्टा भेरियन्ट १३३ प्रतिशत बढी घातक देखिएको छ ।

अनुसन्धानकर्मीहरुका अनुसार कोरोनाको डेल्टा भेरियन्ट लागेपछि मृत्यु, अस्पताल भर्ना र आईसीयू भर्नाको उच्च जोखिम हुन्छ ।

क्यानडाको ओन्टारियो प्रान्तमा राखिएको दुई लाख १२ हजार तिन सय २६ वटा कोरोना लागेका बिरामीको घटनाहरुको तथ्यांक उपयोग गरिएको अध्ययनले डेल्टा संक्रमण मूल कोरोनाको संक्रमण भन्दा १३३ प्रतिशत घातक भएको पत्ता लगायो ।

डेल्टा लागेपछि बिरामीहरु अस्पताल भर्ना हुने संभवना १०८ प्रतिशत रहन्छ । त्यस्तै, डेल्टा संक्रमण भएपछि २३५ प्रतिशत भन्दा बढी सघन हेरचाह कक्ष (आइसियु) मा भर्ना हुने सम्भावना छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसका अल्फा, बीटा र गामा भेरियन्टलाईपनि चिन्ताको रूपमा राखेको छ । यि भाईरस अस्पताल भर्ना, आईसीयू भर्ना र मृत्युको उच्च जोखिमसँग जोडिएका छन् । तर सबैभन्दा नाटकीय जोखिम बृद्धि डेल्टा संक्रमणसँग सम्बन्धित भएको बताएका छन् ।

अनुसन्धान टोलीले कोभिड १९ को बिरुद्ध खोपले डेल्टा र अन्य भेरियन्टको संक्रमणमा समेत गम्भीर रोग र मृत्युको जोखिमलाई धेरै हदसम्म कम गरेको पनि पत्ता लगायो ।
कोरोना बिरुद्दका खोपले संक्रमण रोक्न नसकेपनि मृत्युलाई रोक्न ८० देखि ९० प्रतिशत सफल भएको अनुसन्धानकर्मीहरुको भनाई छ ।

फाइजर कम्पनीका दुई मात्राले अस्पताल भर्ना हुनबाट ६ महिनासम्म ९० प्रतिशत रोक्ने देखिएको छ ।

अनुसन्धानले लाखौं अमेरिकी मेडिकल रेकर्डको जाँच गर्दा पूर्ण खोप सार्स कोभिड-२ संक्रमण रोक्न ७३ प्रतिशत प्रभावकारी देखिएको, कोभिड-१९ भएपछि अस्पताल भर्ना हुने जोखिमलाई ९० प्रतिशत घटाइदिएको पत्ता लगायो ।

संक्रमण भैहालेपनि खोपको प्रभावकारिताले गर्दा केहि हदसम्म घटेको देखियो । खोप लगाएको ६ महिनासम्म अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई घटाइदियो । युवाहरुमा खोपले अझ राम्रो काम गरेको देखियो ।

कोरोना प्रतिबन्धले रक्सी खपत बढी

अस्ट्रेलियालीहरुको पिउने बानी कोभिड-१९ महामारीको सुरुवात पछि परिवर्तन भएको नयाँ अनुसन्धानले देखाएको छ ।

५९ जना रक्सी पिउने अस्ट्रेलियालहरुसँग गरिएको वार्ताबाट थाहा पाए कि लकडाउनमा घरबाट काम गर्ने, पारिवारिक संरचना र क्रियाकलाप, जिउने र काम गर्ने तालिकामा फेरबदलका कारण रक्सी पिउने बानी र तरिकापनि बदलिएको छ ।

केहि सहभागीहरुले घर बसेको बेला दिनको समयमै धेरै पटक रक्सी पिएको रिपोर्ट गरे । जूम कल जस्ता अनलाइन सामाजिक साईटहरुले गर्दापनि पिउनको लागी नयाँ सन्दर्भहरु सिर्जना गरिदियो । उदाहरणको लागि, धेरै फरक समय, क्षेत्र, देशहरुमा सहभागीहरुसँग अनलाइन कुराकानी हुनाले सामाजिक घटनाहरु बदलिदिए, अनलाईनमा मानिसहरुले पिएको देख्दा अन्यलाईपनि पिउन प्रेरित गर्‍यो । यसले गर्दा कतिपय ठाउँका मानिसले विहानै समेत पिउन थालेको देखियो ।

केहि मानिसहरुले लामो अवधिको लागी रक्सी पिएको रिपोर्ट गरेका छन् । कोभिड प्रतिबन्धले गर्दा अन्य क्रियाकलाप गर्न बाधा पारेको, बाहिर जान असंभव र त्रास भएको लगायतका अन्य कारणले गर्दा लामो समयसम्म पिउने गरेको रिपोर्टमा उल्लेख छ । लामो समय घरमै बस्नुपर्ने बाध्यता स्रिजना हुँदा मानिसहरुले रमाईलोसित समय बिताउन नपाएरपनि पिउने गरेका छन्

अनुसन्धानका अनुसार कोरोना महामारीका प्रतिबन्धहरु परिवर्तन हुँदा पिउने तरिका र बानीपनि बदलिनसक्ने छ । प्रतिबन्धहरुको प्रतिक्रियाले रक्सी सेवनमा परिवर्तन ल्याउने छ ।

त्यसो त, कोभिड १९ महामारीले प्लास्टिकको उपभोगमासमेत वृद्धि ल्याएको छ । पछिल्लो रिपोरंट अनुसार सन् २०१९ को तुलनामा २०२० मा प्लास्टिकको फोहोरको प्रयोग अनुमानित दोब्बर मात्रामा भएको छ ।

प्लास्टिकको फोहोरले वायु र माटो प्रदूषण, जैव विविधता हानि र मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न योगदान गर्दछ ।

तपाइँको प्रतिक्रिया