शुक्रबार, वैशाख १४, २०८१

शनिवार- साहित्य / सृजना / नियात्रा

असम साहित्य सम्मेलनः एक ऐतिहासिक महोत्सवको सम्झना– ख

डा. गोबिन्द राज भट्टराई२०७८ असोज ३० गते १५:५२

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २८ औं भागकालागि यहाँ क्लिक गर्नुहोला )

सन्मिलीनको वार्षिक अधिवेशनको उपलक्ष्यमा यो सभा थलो चारैतिर बसोबास गर्ने साहित्यानुरागी र साहित्यका सेवकहरूले भरिभराउ भएको छ । यो साहित्यको एक सकारात्मक पक्ष हो । यसैमा निहीत छ जातीय जीवनको प्राणशक्ति । यसलाई जातीय विकासको सकारात्मक पक्षको रूपमा स्वीकार्दै सुपरिकल्पित र सुनिश्चित रूपमा सुनिर्दिष्ट पथबाट अग्रसर हुनुपर्छ । अराजनैतिक चरित्रका रूपमा जन्मैबाट साहित्यको विकास र उन्नतिको लक्ष्य अघि राखी काम गरी यतिन्जेल यो संस्थाले एक विशिष्ट संस्थानका रूपमा जनताको हृदयमा स्थान बनाइसकेको छ । सन्मिलनीको यो रूपलाई कायम गर्दै यसलाई एक शक्तिशाली संगठनको रूपमा विकसित गर्न सबै अञ्चलका सबै जाति, धर्म, वर्ण सम्प्रदायका जनताको सहायता, समर्थन र सेवाको खाँचो हुनेछ ।

साहित्य एकेकवटा जातिको दर्पण छायाँ हो । साहित्यले जाति–जनगोष्ठी र भाषाभाषीहरू बीच विचार, कला–संस्कृति, शिल्प, वाणिज्य, भास्कर्य, कर्मदर्शन आदिको हस्ताक्षर बहन गर्नका साथमा मानसिक विकासको स्तर पनि निर्धारण गर्दछ । जीवन नै साहित्यको मुहान हो । साहित्यमा प्रतिफलित हुने जीवन अत्यन्त जीवन्त, गम्भीर र वैचिल्यपूर्ण हुँदछ । साहित्यको शब्दकोशीय अर्थ कुनै जातिको उत्कर्षित विचारको लिखित रूप हो ।

यहाँ के कुरा गर्ने आवश्यक छैन भन्ठान्छु भने अनन्त रसको महासागर साहित्यको आधार समाज र मानिस हुन् । सबै जातिका उत्कृष्ट विचारहरूले लिखित रूप लिँदा साहित्य बन्दछ । साहित्यको छातीमा निरन्तर प्रवाहमान समय र समाजको सर्वपक्ष प्रतिफलित हुँदछ । असल साहित्य सधैँ जीवनधर्मी र कल्याणकारी हुँदछ ।

साहित्यकारहरू सत्यका पुजारी मात्र नभएर सबै विकृत, असुन्दर, असत्य र दुष्कृतिका विरोधमा युद्ध गर्ने योद्धा पनि हुन् । असल जीवनधर्मी साहित्यले नै एक गतिपूर्ण र शोषणमुक्त समाज निर्माण गर्न मुख्य भूमिका खेल्ने गर्छ । महान् साहित्यमा महान जीवनको प्रतिबिम्ब हुँदछ । असल साहित्यिकहरू जातिको असल प्रेरणा र विचारका जन्मदाता पनि हुन् । उनीहरू समाजमा परिवर्तन ल्याउने अनि समाजको संस्कार गर्ने मूल चालिका शक्ति हुन् ।

बालबालिकाका निमित्त पत्र–पत्रिका प्रकाशित गर्दा लेखकहरू बालकको मानसिक जगतसित एकाकार हुनु आवश्यक छ । किनभने बाल जगतको रङ्ग पलपलमा परिवर्तित भइरहन्छ ।

यी कुरा भन्दा पनि माथि एक कुरो विचारणीय छ । त्यो के भने साहित्यिक कर्म एक अन्तहीन खोजी हो— एक अनुपम आनन्दमय यात्रा हो । सृजनाको आनन्द साहित्यको परम सम्पद हो । कालजयी सृजनाद्वारा यो परमानन्द प्राप्त गर्नका निमित्त जीवनभरिको साधना अतिरिक्त अन्य कुनै विकल्प छैन । मौलिक प्रतिभा, विचित्र अनुभव, अनुकूल परिवेशका साथै लेखकको व्यक्तिगत साधना यसको मूल कुरा हो । कुनै निर्दिष्ट भाषा र देशमा सृजना भए पनि साहित्यको गति असीम साहित्यको केन्द्रबिन्दु मानिसको जीवन हो, जो देश र काल (समय) को बन्धबाट मुक्त हुन्छ ।

असमीया साहित्यको एक मुख्य विशेषता के हो भने यो प्रारम्भिक कालदेखि नै जनजीवनसित ओतप्रोत रूपमा जडित छ । साहित्यलाई जनमुखी (लोकमुखी) बनाउन एक निरवच्छिन्न प्रयासको आवश्यकताबारे भन्न प्रयोजनै छैन । हाम्रो समाजमा युगौँबाट बसोबास गरिआएका भव्य जाति गोष्ठीको जीवन साहित्यमा अभिव्यक्त भए मात्र राम्रो साहित्य जनगणको मर्म स्पर्श गर्न सक्षम हुन्छ । भव्य जाति गोष्ठीका जीवन विभिन्न पुस्तकमा अभिव्यक्त भएका पाइन्छन्, यसर्थ यस प्रसङ्गमा पुस्तकको महत्वबारे केही कुराको उठान गर्नु अप्रासङ्गिक नहोला भन्ठान्छु ।

एक जीवन्त जातिको साहित्य संस्कृतिको दर्पणछायाँ पुस्तक हुँदछ । निवर्तमान अत्याधुनिक विश्वमा इलेक्ट्रोनिक माध्यमले ज्ञानविज्ञानको सम्प्रसारणको क्षेत्रमा एक अभूतपूर्व योगदान दिए पनि पुस्तकको महात्म्य (महत्व) अझै पनि ह्रास भएको छैन । कुनै पनि युगमा रचित पुस्तकले एक पिँढीद्वारा आर्जित ज्ञान र कृतित्व अनागत पिँढीका हातमा हस्तान्तरित गर्न सहायता गरी जातीय जीवनलाई गतिशील र शक्तिशाली बनाउने काम गर्दछ । पुस्तक अध्ययनद्वारा मनले प्राप्त गर्ने आनन्द, ज्ञान र सन्तोष अन्य कुनै माध्यमले दिन सक्तैन ।

प्रकाशकवर्गले लेखकहरूलाई देय राशी नदिने गुनासो पटकपटक उत्थापित हुन्छ, त्यसको समाधान गर्ने खाँचो देखिन्छ । विभिन्न विषयका पुस्तक भिन्न रुचि र उमेरका पाठकलाई दिनका साथै स्तरीय केही मननशील पुस्तक प्रकाशित गर्नेबारे प्रकाशक वर्गले विचार गर्नु आवश्यक छ ।

असममा सन् १९७३–१९७४ मा असम प्रकाशन परिषद् र नेशनल बुक ट्रष्टको संयुक्त तत्वावधानमा पहिलो पटक कटन कलेज (गुवाहाटीस्थित) मा आयोजित पुस्तकमेला र त्यसपछि आयोजित हुँदै आएका पुस्तक मेलाहरूले जनगणका मनमा पुस्तकप्रेम बढाउनका निम्ति एक परिवेश तयार पार्न धेरै मात्रामा सफल भए पनि सामग्रिक रूपमा विचार गर्दा यस क्षेत्रमा गर्नुपर्ने धेरै कामहरू छन् । यस क्षेत्रमा के देखिन्छ भने लेखक, प्रकाशक र पाठक समाजको मत भिन्नाभिन्नै भएको रहेको पाइन्छ । पाठकहरूको के गुनासो छ भने बजारमा पुस्तक क्रेताहरूलाई मनपर्ने खाले नयाँ पुस्तक भेटिँदैन, मननशील पुस्तकको धेरै अभाव छ । दुईचारवटा त्यस्ता पुस्तक भेटिए पनि तिनको मूल्य बढी भएकाले साधारण पाठक तिनका छेउ पर्दै पर्दैनन् ।

अर्काेतिर प्रकाशकहरूको गुनासो के छ भने भिन्नाभिन्नै उमेर र रुचिका पाठकहरूको हातमा पारिदिन राम्रा पुस्तकका लेखक छैनन् । विचारोद्दीपक केही मूल्यवान पुस्तक प्रकाशित गरे पनि गर्नेको कमीले प्रकाशक नराम्रो चालले क्षतिग्रस्त हुने गर्छन् । यस्ता वितर्कहरूले गर्दा पुस्तकको भविष्यबारे पुस्तकप्रेमी बीच एक अनिश्चयता र शङ्का उठ्न गएको देखिन्छ, पाइन्छ ।

यस प्रसङ्गमा कति कुरा भन्न सकिन्छ भने पुस्तकप्रति जनसाधारणको आग्रह बढाउँदै लैजानका निम्ति पुस्तकमेलाको आयोजना गर्ने खाँचो देखिन्छ । के पनि आवश्यक छ भने आयोजकहरूमा यस क्षेत्रमा सुनिश्चित परिकल्पना, दूरदर्शीता र प्रासङ्गिक विचार चर्चाको प्रयोजन छ । सबै खाले पाठकका मनमा पुस्तकप्रेम बढाउँदै लैजान एक अनुकूल परिवेश र आग्रह श्रीवृद्धिलाई महत्व दिने प्रयोजन छ । लेखक, प्रकाशक र पाठकबीच एक योगसूत्र स्थापन गर्नका साथै प्रकाशक समूह र आयोजक वर्गले मुनाफा मात्रै सङ्ग्रह नगरेर पेशेवर निष्ठा तयार गर्ने आवश्यकता देखिन्छ । पुस्तक मेलाहरूको बाहिरी ग्लेमरमा बढी महत्व दिनु र राजनैतिक दबाउबाट मुक्त राख्नुपनि एक आवश्यक व्यवस्थामध्ये पर्न जान्छ । सर्वाेपरि पुस्तकको माग बढाउनका निम्ति जन्मदिन, विवाह, वार्षिकी, परीक्षामा कृतित्व प्राप्त गर्नेहरूलाई पुस्तक उपहार दिने हाम्रो समाजमा जुन परम्परा थियो, त्यसलाई पुनर्जीवित गर्ने प्रचेष्टा गरे असल हुने थियो । बढ्दा बालबालिकाका मनमा पुस्तक पढ्ने आग्रह बढाउन अभिभावक र शिक्षकवर्गले विद्यार्थीहरूलाई पुस्तक खरिद गर्नका निम्ति केही पैसा सञ्चय गर्न र विद्यालयहरूमा हप्ता–पन्ध्रदिनमा एक दिन पुस्तक पठन र पुस्तक समालोचनाका निमित्त छुट्टै कक्षा लिने प्रयास गर्नुपर्दछ ।

प्रकाशकवर्गले लेखकहरूलाई देय राशी नदिने गुनासो पटकपटक उत्थापित हुन्छ, त्यसको समाधान गर्ने खाँचो देखिन्छ । विभिन्न विषयका पुस्तक भिन्न रुचि र उमेरका पाठकलाई दिनका साथै स्तरीय केही मननशील पुस्तक प्रकाशित गर्नेबारे प्रकाशक वर्गले विचार गर्नु आवश्यक छ । एक सुपरियोजित परिकल्पनाले समाजका धेरै व्यक्तिहरूको हातमा धेरै पुस्तक दिनका साथै असमीया भाषामा रचित चयनित पुस्तकहरू अन्य भाषामा अनुवाद गराउन आवश्यक योजना तयार पारी अघि बढ्न आवश्यक देखिन्छ । पाठकको आवश्यकता पूरा गर्न असमीया भाषामा रचित पुस्तक भण्डार शिशुहरूका निमित्त पर्याप्त नभएको कुरा अघि नै उल्लेख गरिसकिएको छ । एक सुरुचिसम्पन्न पाठकको जमात तयार पार्न रुचि तथा उमेर अनुसार पुस्तक प्रकाशित गर्ने चाँजो मिलाउनु पर्दछ । लेखकहरू पनि पाठकको रुचि, ज्ञान र सचेतनाप्रति सचेत हुनुपर्दछ ।

विकासमुखी बालकको मन र विवेक आलोडित गरी उनीहरूलाई आनन्द प्रदान गर्नका साथै ज्ञान विज्ञानको विचित्र कथाले खुराकी दिनसक्ने पुस्तक भण्डार हाम्रो साहित्यमा पर्याप्त छैनन् ।

लेखक, प्रकाशक र पाठकबीच रहेको भूल बुझाई पन्छाई वाञ्छनीय योगसूत्र स्थापना गर्न गुरुत्व दिनु पर्दछ । यसै प्रसङ्गमा उल्लेखनीय कुरा के हो भने एक पूर्णाङ्ग पुस्तक सन्दर्भ प्रकाशित गराउनु पर्ने खाँचो देखिन्छ । त्यसमा असमीया भाषाका साथै बडो, मिछिङ, देउरी, राभा र अन्यान्य भाषामा रचित र प्रकाशित पुस्तक पनि गाभ्नु पर्दछ । अञ्चलहरूमा पुस्तक पठन केन्द्र बनाउन सके पनि राम्रो फल प्राप्त गर्न सकिन्छ ।

यस प्रसङ्गमा खास गरी बालसाहित्यको कुराबारे भन्न चाहन्छु । विकासमुखी बालकको मन र विवेक आलोडित गरी उनीहरूलाई आनन्द प्रदान गर्नका साथै ज्ञान विज्ञानको विचित्र कथाले खुराकी दिनसक्ने पुस्तक भण्डार हाम्रो साहित्यमा पर्याप्त छैनन् । निवर्तमानमा विज्ञान र प्राविधिक विकासको युगमा बालकका बर्धित मानसिक जगतको खाँचो टार्नसक्ने गरी हाम्रो भाषामा लेखिएका बालक–उपयोगी ज्ञान–विज्ञान र अनुसन्धानको खुराक दिने सामग्रीका साथै चारैतिरको परिवेशलगायत विभिन्न ज्ञान दानका साथै मनोरञ्जनका माग पूरा गर्ने पुस्तक र पत्रिकाको अभाव पाइन्छ । हाम्रो साहित्यले मौखिक परम्पराको स्तर पार गरी मिशनरीहरूले अरुणोदय युगमा प्रकाशित गरेका कथाहरू र जोनाकी युगमा लक्ष्मीनाथ बेजबरुवाको बुढी आइर साधु (हजुरआमाका कथा), ककादेउता आरु नातिलरा (हजुरबा र नातिकेटो), परवर्ती कालमा जातकर साधु (जातक कथा) आदिले हाम्रो बाल साहित्यको परम्परा समृद्ध पारेको छ । हाम्रो काव्य, महाकाव्य, पुराण आदिमा पनि बाल उपयोगी सामग्री भरपुर रहेको छ ।

विज्ञानको विकास यात्राबारे लेखिएका पुस्तक, महापुरुषहरूको जीवनी, इतिहास कथा, पशुपक्षी, नदी, पर्वत, आदि सम्बन्धी लेखिएका कथा, हाम्रो लोक कथा, नीतिज्ञान र नाना उपदेशमूलक कथा, प्राचीन अलौकिक कथा, लोकगीत, रामायण, महाभारतका मनोरम उपाख्यान, देशविदेशका नियात्रा, विज्ञानका जादुमय कथा आदिले भरिएका पुस्तकले हाम्रा भविष्यका नागरिकहरूको मानसिक, आवेगिक र बौद्धिक विकासमा सहयोग पुर्‍याउन सक्षम हुनेछन् । हृदयमा समाविष्ट दया, ममता, स्नेह, करुणा आदिको स्वस्थ विकासका निम्ति उमेर उपयोगी छन्दोबद्ध कविता, गीतिमय कविता, कल्प कथा आदिको अति नै खाँचो छ ।

युक्तितर्क, व्याकरण, यथार्थ र अवाञ्छित भन्दा माथि एक कल्पनाको जगतमा उन्मुक्त भई विचरण गर्न सुअवसर दिनका साथै निर्मल आनन्द र अनन्त कौतुहल शान्त गर्नका निमित्त बाल साहित्य लेखन अत्यन्त कठीन छ । यस क्षेत्रमा कलम चलाउँदा लेखकहरू बाल मनको तहमा ओर्लिनु पर्दछ ।

विविध पुस्तकका साथै बालबालिकाका निम्ति पत्र–पत्रिका प्रकाशित गर्ने प्रयोजन छ । के कुरो उल्लेख गर्ने प्रयोजन छैन भने बालबालिकाका निमित्त पत्र–पत्रिका प्रकाशित गर्दा लेखकहरू बालकको मानसिक जगतसित एकाकार हुनु आवश्यक छ । किनभने बाल जगतको रङ्ग पलपलमा परिवर्तित भइरहन्छ । बाल मनको यस्तो स्वाभाविक प्रवृत्तिलाई हृदयङ्गम गरी लक्ष्मीनाथ बेजबरुवाले उहिल्यै पूर्णरूपमा बालकथा र बलदेव महन्त, धनाई बरा, मित्रदेव महन्त, दुर्गाप्रसाद मजुन्दार बरुवाले चिउँचिउँ (लोरी) गीतको छन्दमा बाल कविता रचेका थिए । ती असमीया साहित्यका अमूल्य सम्पदा हुन् ।

अचेल बजारमा सजिलै प्राप्त हुने सबै तहका बालबालिकालाई आकर्षित गर्ने चन्दा मामा, स्पाइडरम्यान, फेन्टम, टिङ्कल, कुइज, कमिक्स, पहेली आदिको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । ज्ञान र मनोरञ्जन प्रदान गर्न सक्ने यस्ता रङ्गीन चित्र र आवरणले सजिएका पुस्तक आकर्षक असमीया भाषामा प्रकाशित भए भने हाम्रा बालबालिका निश्चित रूपमा लाभान्वित हुनेछन् ।

शब्द, छन्द र लयले निर्मित हुने वाङ्मय शिल्प कविता साहित्यको एक अन्यतम विधा हो । मानव संस्कृतिले के विश्वास दिलाउँदै छ भने सबै भाषाको गद्यको बाटो बनाउने विधा हो कविता । असमीया साहित्यमा पनि कविताको महत्व सर्वाधिक रहेको पाइन्छ ।

क्रमश : ३० औं भाग आगामी शनिवार

तपाइँको प्रतिक्रिया