शनिबार, वैशाख ८, २०८१

ईटालीको राष्ट्रिय विमान कम्पनी टाट पल्टेको घोषणा

नेपालप्लस संवाददाता२०७८ असोज ३० गते २१:४८

 

झण्डै ७५ वर्षदेखि सेवा गरेको ईटालीको राष्ट्रिय ध्वजावाहक विमान कंपनी अलइटालिया टाट पल्टिएको छ । अलईटालियाले हिजो अक्टोबर १५ मा अन्तिम उडान गरेपछि रोकिएको हो ।

इटालीको राष्ट्रियध्वजा वाहक २० वर्ष देखि नाफा गर्न असफल भएको थियो । यसलाई राज्यले भरथेग गर्दै आएको थियो । कम लागत (लो कस्ट) को प्रतिस्पर्धामा आफूलाई टिकाउन यो कम्पनीले संघर्ष गरिरहेको थियो ।

अलइटालियाले अक्टोबर १५ पछिका सबै टिकटहरु फिर्ता दिने वा अन्य कम्पनीलाई बिक्रि गरिसकेको थियो । अक्टोबर १६ देखिका सबै उडान कम्पनीले रद्द गरेको छ ।

अलईटालियाको सट्टा राज्यद्वारा समर्थित (सहयोग प्राप्त) ईटालिया त्रान्सपोर्तो आएरो (आईटीए) लाई समर्थन् गरिने जनाइएको छ । यो आईटीए सन् २०१७ देखि नै टाट पल्टिएको थियो । तर यसलाई पूनर्स्थापित गरिने जनाईेएको छ ।

आइटिएले अल इटालिया विमानका स्टाफ, सम्पत्ती, लाउन्ज आदि सहुलियत र सहयोगस्वरुप पाउने छ । तर उसका सबै फ्लाईटहरु भने सन्चालन गर्ने छैन ।

ईटालीको अर्थमन्त्रालयको स्वामित्वमा रहेको यस कम्पनीलाई आइटिएबाट शुरु गर्दा फेरि ७० करोड युरोको कोष खडा गरिने छ ।

अब यसले अल ईटालियाका जस्ता ठूला बोइङ होइन कि साना क्षमताका ५२ वटा विमानबाट शुरु गर्ने छ । ति मध्ये सात वटा विमान मात्रै लामो दूरीका हुने छन् । सन् २०२२ को अन्त्यसम्ममा ७८ वटा विमान पुर्‍याइने र सन् २०२५ सम्ममा १०५ वटा बनाइने कम्पनीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक