बिहीबार, वैशाख ६, २०८१

नयाँ सरकार गठन गर्न तीन जर्मन पार्टीको प्रारम्भिक सम्झौता

नेपालप्लस संवाददाता / जर्मनी२०७८ असोज ३० गते २२:५९

आगामी सरकार मिलेर गठन गर्न जर्मनीका तिन पार्टीहरुले प्रारम्भिक संझौता गरेका छन् ।

जर्मनीका चान्सलर एन्जेला मर्केलको स्थान लिन जर्मन अर्थमन्त्री ओलाफ स्कोल्ज एक कदम निकटसमेत पुगेका छन् ।

किनकि उनको सोसल डेमोक्र्याट पार्टी, ग्रीन पार्टी र उदार एफडीपीले नयाँ सरकार गठनका लागि प्रारम्भिक सम्झौता घोषणा गरेका छन् ।

स्कोल्जको सेन्टर-लेफ्ट सोशियल डेमोक्रेटिक पार्टी (एसपीडी) ले सेप्टेम्बर २६ को आम चुनाव जितेपछि मर्केलको कन्जर्भेटिभ्स पार्टी दोस्रो स्थानमा छ । मर्केल राजनीति छोड्ने तयारीमा रहेकाले तीन दलहरु चान्सलर को बन्ने भनेर वार्ता गर्दै आएका छन् ।

“समग्रमा सरकार बनाउन एक नयाँ शुरुआत सम्भव छ । तीन पार्टीहरु जो यहाँ सँगै आएका छन्” स्कोल्जले पत्रकारहरुलाई भने ।

“हामी प्रारम्भिक वार्ताबाट निस्चित बिन्दूमा सहमत भएका छौं” उनले थपे “यो एक धेरै राम्रो नतिजा हो जसले स्पष्ट रूपमा देखाउँछ कि जर्मनीमा प्रगति हासिल गर्नुपर्छ भन्ने लक्ष्य राख्ने सरकार गठन गर्न सकिन्छ ।”

ग्रीन पार्टीकि दोस्रो तहकी नेता अन्नालेना बेर्बकले नयाँ सरकार गठनकालागि प्रारम्भिक सम्झौता भएको र त्यसले गठबन्धनमा प्रगति भएको बताएकि छन् । उनले आगामी दशक नविकरण उर्जालाई एक दशकको रुपमै मनाउने सहमति भएकोपनि बताइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक