बिहीबार, वैशाख १३, २०८१

दुई रूसी फिल्म निर्माता अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फिल्म सुटिङपछि अवतरण

नेपालप्लस संवाददाता२०७८ असोज ३१ गते ११:०१

Image Credit-nasa.gov/press-release

अन्तरिक्ष स्टेशनमा १२ दिनसम्म फिल्म सुटिङ गरेर रुसी फिल्म निर्माताहरु पृथ्वीमा ओर्लिएका छन् ।

एएफपीका अनुसार सोयुज एम एस-१८ नामाकरण गरिएको अन्तरिक्षयान एक अन्तरिक्ष यात्री र दुई रूसी फिल्म निर्माताहरु बोकेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट साँढे तिन घण्टाको यात्रापछि अवतरण भएको हो ।

अन्तरिक्षमा फिल्म निर्माताहरुले फिल्म सुटिङ गरेका थिए । अन्तरिक्षबाट बिभिन्न द्रिष्यहरु लिएका थिए ।

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि रातो र सेतो धर्के प्याराशूट बाट ओलेग नोभेट्स्की, युलिय पेरेसिल्ड र क्लिम शिपेन्को आइतवार काजखस्थानको जमिनमा उत्रिएका थिए ।

अभिनेत्री पेरेसिल्ड र फिल्म निर्देशक शिपेन्को अक्टोबर ५ मा अन्तरिक्ष स्टेशन पुगेर १२ दिनको फिल्म “च्यालेन्ज” को फिल्मी द्रिष्य लिएका थिए । यसमा पेरेसिल्डले एक सर्जन एक चालक दलको सदस्यलाई बचाउन अन्तरिक्ष स्टेशनमा गएको भूमिका छ ।

पृथ्वीको कक्षामा तत्काल सहयोगको आवस्यकता परेको वा तत्कालै सहयोगकालागि यान लैजान आवश्यकता परेको फिल्ममा छ । अन्तरिक्ष स्टेशनमा छ महिना भन्दा बढी बिताएका नोभिटस्की यस फिल्ममा बिरामी अन्तरिक्ष यात्रीको भूमिकामा रहने छन् ।

 

तपाइँको प्रतिक्रिया