मंगलबार, वैशाख ११, २०८१

फ्रान्सेली राजदूत बेलारूसबाट निष्कासित

नेपालप्लस संवाददाता२०७८ कार्तिक १ गते १३:१२

बेलारुसका लागि फ्रान्सका राजदूत निष्काशित भएका छन् । फ्रान्सेली दूतावासका अनुसार बेलारुसका अधिकारीहरूले सोमबारसम्म देश छोड्न माग गरेपछि देश छोडेका हुन् ।

बेलारूसी मिडिया रिपोर्टहरुको अनुसार राजदूत निकोका द लाकोस्टले आफ्नो ओहदाको प्रमाण पत्र बेलारुशका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई प्रस्तुत गर्न कहिल्यै भेट नगरेपछि उनलाई देश छोड्न आग्रह गरिएको हो ।

फ्रान्स लगायत अन्य यूरोपीय संघका सदस्य देशहरुले गत अगस्ट महिनामा भएको निर्वाचनबाट छैटौं राष्ट्रपतीय कार्यकालको लागि चुनिएको भने दाबीलाई मान्यता दिएको छैन । त्यहि कारणले फ्रान्सका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका थिएनन् । गत वर्ष बेलारुसमा भएको निर्वाचन बिवादित बनेको थियो । त्यहि बिवादित निर्वाचनबाट अलेक्जेन्डर लुकासेन्को राष्ट्रपती बनेका थिए ।

दूतावासका एक प्रवक्ताले आइतबार एएफपीलाई भने, “बेलारुसको विदेश मन्त्रालयले राजदूतलाई अक्टोबर १८ भन्दा पहिले देश छोड्न माग गरेको छ ।”

“राजदूत निकोला द लाकोस्टले आज बेलारूस छोडे” प्रवक्ताले भनेका छन् । उनले दूतावासका कर्मचारीहरुलाई बिदाइ दिएर बेलारूसी जनतालाई एउटा भिडियो सन्देश रेकर्ड गरेको र उक्त भिडियो रेकर्ड भोलि बिहान (मंगलवार भन्न खोजिएको) दूतावासको वेबसाइटमा देखा पर्ने प्रवक्ताले बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक