शुक्रबार, वैशाख १४, २०८१

महाधिवेशनको मिति तय भएलगत्तै कांग्रेस नेताहरुसित एनआरएनए अध्यक्ष पन्तको भेटघाट

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक १ गते १५:२६

गैर आवाशिय नेपाली संघको अधिवेशनमा नेपाली कांग्रेस पार्टीले हस्तक्षेप गरेको भन्ने ब्यापक चर्चा चलिरहेका बेला संघका अध्यक्ष कुमार पन्तले उच्च तहका कांग्रेस नेताहरुसँग वार्ता गरेका छन् ।

गत शनिवार संघको कार्यकाल ६ महिना थप गरी नोभेम्बर ३० भित्रमा अधिवेशन गराउने निर्णय गरेलगत्तै पन्तले कांग्रेस नेताहरुसँग भेटघाट गरेका हुन ।

नेपाली कांग्रेसले संघको निर्वाचनमा लोकतन्त्रवादी समुहलाई विजयी गराउन र एनआरएनएका ६ वटै क्षेत्रमा त्यसको अनुगमन गर्न केन्द्रिय नेताहरुलाई जिम्मेवारी सुम्पिएको छ ।

भेटघाट पछी अध्यक्ष पन्तले नेताहरुलाई गलत ‘ब्रिफिङ’ गरिएको बताए । उनले भने- “उहाँहरुलाई गलत तरिकाले बुझाइएको रहेछ । हामी सँगको भेटपछी यो त सामान्य र एनआरएन आफैंले सुल्झाउनुपर्ने समस्या रहेछ भन्नुभयो । उहाँहरुले गैर आवाशिय नेपाली संघको स्वायत्तता अक्षुण राख्न सहयोग गर्नेपनि बताउनु भएको छ ।”

शनिवार् भएको आइसीसी बैठकमा विवाद समाधानका लागि पुर्व अध्यक्षहरुको समिती बनाउने निर्णय भएको भएपनि त्यस बारेमा भने अझै सोचिएको छैन । आइसीसीमा भएको उक्त निर्णय पछी केही अभियन्ताहरुले समस्या समाधानका लागि पुर्व अध्यक्षहरुलाई मिसाउने अवस्था आइनसकेको धारणा राखेका थिए । त्यसपछि अध्यक्ष पन्तले विवाद समाधानका लागी अध्यक्षका तिनै जना प्रत्यासीहरुसँग छलफल अगाडि बढाएका छन् ।

उनले भने नेपालप्लससित “समस्या सामान्य छन् । हामीहरु सँगै बसेर छफल गरेपछी समस्या समाधान हुन्छन् । यदी उम्मेद्वारहरु सहयोगी भैदिए भने नोभेम्बर ३० भित्रमै अधिवेशन तथा निर्वाचन हुन्छ ।”

गत शनिवार वर्तमान कार्य समितिको समय अवधी थप्ने निर्णयलाई संघका एक उपाध्यक्ष मन केसीले समय थप्ने निर्णय नै नभएको बताएका छन् । यसले फेरी अर्को पक्षका केही अभियन्ताहरुलाई तरंगित बनाएको छ । तर पन्तले बहुमत संख्याले अवधी थप्ने निर्णयलाई पारित गरेको बताए । उनले भने- विधानले दिएको ६ महिना समय थप्ने अधिकार प्रयोग गर्दै आइसीसीले त्यो निर्णय गरेको छ । त्यही अनुरुप नै माइन्युट हुन्छ ।

केन्द्रिय कार्य समितिको कार्यकाल ६ महिना थप्ने र नोभेम्वर ३० अगाडि निर्वाचन गराउने निर्णयलाई केन्द्रिय कार्य समितिको बैठकको ९० प्रतिशतले समर्थन गरेको एनआरएनए युरोप क्षेत्रिय संयोजक नारायण आचार्यलेसमेत उल्लेख गरेका छन् ।

आचार्यले संघको ८० औं केन्द्रिय बैठक (अक्टोवर १६ मा भएको) मा उठेका केहि महत्वपूर्ण सवाल र बैठकको समापन प्रकृयाको बारेमा अध्यक्ष कुमार पन्तलाई ध्यानाकर्षण गराउँदै बैठकले कार्यकाल ६ महिना थप्ने र निर्वाचन नोभेम्बर ३० अगाडिनै हुने प्रसंगसमेत उल्लेख गरेका हुन् ।

उनले अध्यक्ष कुमार पन्तलाई ध्यानाकर्षण गारौँदै पठाएको पत्र आचार्यकै निर्वाचन प्रचारप्रसार समितिबाट नेपालप्लसलाई प्राप्त भएको हो । उनले उक्त धानाकर्षणको पहिलो बुँदामै उल्लेख गरेका छन् “बैठक सुरु गर्दा अध्यक्षज्यूले राख्नु भएको ३० नोभेम्वर २०२१ मा महाधिवेशन गर्ने प्रस्तावलाई उपस्थित संख्याको करिब ९० प्रतिशतले समर्थन गरेको थियो । तर बैठकको अन्त्यमा अध्यक्षज्यूले निष्कर्ष सुनाउँदा ३० नोभेम्बरमा महाधिवेशन गर्ने निर्णय भयो भन्ने कुरा स्पष्ट आएन ।”

तपाइँको प्रतिक्रिया