शुक्रबार, वैशाख ७, २०८१

पोल्याण्डका प्रधानमन्त्रीद्वारा ईयूलाई ‘ब्ल्याकमेल’ गरेको आरोप

नेपालप्लस संवाददाता२०७८ कार्तिक २ गते १३:३८

पोल्याण्डका प्रधानमन्त्री मातेउज मोरावीकीले ईयूलाई आफ्नो देशसित ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

उनले युरोपेली आयोगकी प्रमुख भोन डेर लेयनसँग भएको सार्वजनिक विवादमा आजै मंगलवार ईयुलाई ‘ब्ल्याकमेल’ गरेको आरोप लगाएका हुन् ।

पोल्याण्डका प्रधानमन्त्री मातेउज मोरावीकीले युरोपियन युनियनका प्रमुख उर्सुला भोन डेर लेयनसँग आफ्नो देशले ईयू कानूनको अंश अस्वीकार गरेको बताएका थिए ।

मेडियाहरुका अनुसार त्यसपछि ईयु कानुन सबै युरोपेली युनियनका सदस्य राष्ट्रले मान्नुपर्ने तर्क आयोगकि प्रमुखको थियो । उनले युरोपेली कानुनको पक्ष लिएपछि ईयूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका थिए ।

पोल्याण्डको संवैधानिक अदालतले बिहीवार युरोपेली युनियन (ईयू) कानूनको सर्वोच्चताको बिरूद्ध एउटा ऐतिहासिक फैसला सुनाएको थियो । यो फैसलाले पोल्याण्डको ईयू कोष र इयुको सदस्यतामाथिनै चुनौति दिनसक्ने देखिएको भन्दै चिन्ता प्रकट गरिएको थियो ।

युरोपेली संसदमा देखिएको यो विवादले यस मुद्दाको गम्भीरतालाई रेखांकित गरेको छ जसले गर्दा युरोपेली युनियनका २७ देशबिचको सामुहिक एकतालाई धम्कि दिएको पोल्याण्ड र बेल्जियम दुबै देशले बताएका छन् ।

मोरावीकीले पोडियममा बोल्नु भन्दा ठीक अघि बोल्दै भोन डेर लेनले चेतावनी दिएकि थिईन् – आयोगले ईयू सन्धिहरूको संरक्षकको रूपमा काम गर्दछ । त्यसैले पोल्याण्डलाई लगाम लगाउने कार्य गर्नेछ ।

भोन डर लेनले भनेकि छन् “हामी गर्न सक्दैनौं र हामी हाम्रा साझा मूल्यहरुलाई जोखिममा पर्न दिंदैनौं” उनले भनिन् “आयोगले कानूनी, वित्तीय र राजनैतिक विकल्पहरुको गणना गरीरहेको छ ।”

संवन्धित समाचार

पोल्याण्डको संवैधानिक अदालतद्वारा ईयू कानून बिरूद्ध फैसला

तपाइँको प्रतिक्रिया

फेसबुक