शनिबार, वैशाख ८, २०८१

राजनितिमा पिएकै मालामाल : नेता हाँक्ने पिएहरु

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक ४ गते ११:३०

कुनै बेला गिरिजा प्रसाद कोइरालाका पीए थिए- गोकर्ण पौडेल । कोइरालाको अवशान पछी उनी कहाँँ छन् धेरैलाई पत्तो छैन । सभावत: उनी आफ्नो गृह जिल्ला गुल्मी फर्केर खेति किसानीमा ब्यस्त छन् । वा देशमा छैनन्। जहाँँ भएपनि गोकर्ण पौडेललाई उनको विगतले कहिल्यै छोड्ने छैन । उ बेला नेपाली कांग्रेसमा पौडेलको ठुलो चर्चा थियो । उनी सबै कुराका हर्ताकर्ता थिए । गिरिजा प्रसाद कहाँ जाने, कोसँग भेट्ने, कसलाई नभेट्ने वा के खाने जस्ता हरेक कुराहरुमा गोकर्ण पौडेलको खटन चल्ने गर्दथ्यो ।

कांग्रेसका माथिल्लो तहका नेताहरुले समेत गोकर्णको प्रभाव रुचाएका थिएनन् । गिरिजा प्रसादको खटन भन्दा अल्ली पर्तिर पनि उनको दुनियाँ थियो । उनको संपर्क बिछट्टको थियो । ब्यापारी, उद्योगपती, तस्कर, अपराधी सबैसँग उनले साईनो लगाएका थिए । यसबाट गिरिजाले पनि लाभ लिएका थिए । त्यसैले कांग्रेसका अन्य नेताहरुबाट आउने गुनासाहरुमा कोइरालाले सधैं नजरअन्दाज गरे । गोकर्णकै कारण नेपाली कांग्रेसका कती नेताहरुले कोइराला क्याम्प छोडेर अर्कोतिर लागे ।

तर कोइरालाले गोकर्णलाई छोडेनन् । गोकर्ण सायद गुल्मीको कुनै क्षेत्रबाट राजनीतिमा उत्रिन चाहन्थे र यो कुरा उनले गिरिजा प्रसाद कोइरालालाई समेत भनेका थिए । कोइरालाले नाई भनेनन् । लामो समय देखी कोइरालाको काखमा हुर्किएका चन्द्र भण्डारीले गिरिजाको काख छोडे । भन्नेहरुले चराको प्वाँख पलायो भने पनि आफूले आफ्नो आत्मसम्मान चरणमा राखेको नेताले आफ्नै प्रतिद्वन्दी हुर्काएको चन्द्र भण्डारीलाई मन परेन । आँगन छोडेर हिंडे ।

“गिरिजा प्रसाद कोइरालाका धेरै जसो लेनदेनका ‘डिल’ पौडेल आफैंले गर्दथे । गिरिजा प्रसाद कोइरालाको नाममा भन्दा बढी ‘डिल’ पौडेलले आफ्नै लागि गरे । तर पनि गिरिजा प्रसाद कोइरालाले गोकर्णलाई हटाएनन् ।”

गिरिजा प्रसाद कोइरालाका तिनै पिए गोकर्ण पौडेललाई अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियारले छोप्यो । जवाफ दिन सके सकेनन् त्यो छुट्टै कुरा भयो । मान्छेहरुले पछी बुझे, गिरिजा प्रसाद कोइरालाले कांग्रेस नेताहरुको त्यात्रो गुनासोका वावजुद गोकर्णलाई किन हटाएनन् भन्ने । कांग्रेसका एक जना नेता भन्छन्- “कोइरालाका धेरै जसो लेनदेनका ‘डिल’ पौडेल आफैंले गर्दथे । कोइरालाको नाममा भन्दा बढी ‘डिल’ पौडेलले आफ्नै लागि गरे । तर पनि कोइरालाले गोकर्णलाई हटाएनन् ।”

नेपाली कांग्रेस भित्र पीएको अर्को दवदवा सुशिल कोइरालाका पीए लक्षमण ढकालको थियो । उनले पनि कती समय आफ्ना पीएको चर्तीकला हेरिरहे तर जागिरबाट निकालेनन् । कोइरालाले उ बेला भनेका थिए- “म मान्छेहरुले मेरा पीएका बारेमा ल्याउने गुनासामा विश्वास गर्दिन । यदी मैले नै त्यस्तो केही थाहा पाएँ भने उ एक मिनेट पनि मेरो पीए हुँदैन ।”

सुशिल कोइरालाले यसो भनेको ४ महिनामा लक्ष्मण ढकाल पीएबाट हटाइए । ढकालले पनि सुशिल कोइरालाको लोकप्रियतालाई भजाएर राजनीति गर्ने तयारी गरिरहेका थिए ।

सुजाता कोइरालाका पीए भरत सापकोटाकोले पनि चितवनमा आफ्नो प्रभाव जमाउन खोजेका थिए । गिरिजा प्रसादको मृत्‍यु पछी सुजाता कै प्रभाव अगाडि बढ्न सकेन । भरत सापकोटाको प्रभाव बढ्ने कुरै भएन । सुजाताको पीए रहँदा सपकोटाको लेनदेनको चर्चाले धेरै कांग्रेस कार्यकर्ताको मथिंगल हल्लिएको थियो । नेपाली कांग्रेसको राजनीतिबाट सुजाता कोइराला हराउनुमा कतिपय कार्यकर्ता भरत सापकोटाको केही न केही भूमिका रहेको बताउँछन ।

छन त शेखर कोइरालाका पनि पीए छन दिनेश थपालिया । उनको सकृयता कोइरालाको कार्यक्रम तयार गर्नु, उनका कुराहरुलाई नेता कार्यकर्तासम्म पुर्‍याउनु सम्मको मात्र रहेको छ । कोइराला स्वयंले पनि दिनेशलाई एउटा दायरा बनाइदिएका छन् । उनी त्यहाँ भन्दा बाहिर जानै सक्दैनन् ।

सहयोगीको काम भनेको नेता र कार्यकर्ताका बिचमा सहज बाटो बनाइदिनका लागि हो । तर धेरै ठाउँमा त्यस्तो हुँदैन । सहयोगीले सहज बनाउने भन्दा पनि झन कार्यकर्ता र नेताको सम्बन्धमा दरार ल्याउँछन ।

शेखर कोइराला आफैं भन्छन्- सहयोगीको काम भनेको नेता र कार्यकर्ताका बिचमा सहज बाटो बनाइदिनका लागि हो । तर धेरै ठाउँमा त्यस्तो हुँदैन । सहयोगीले सहज बनाउने भन्दा पनि झन कार्यकर्ता र नेताको सम्बन्धमा दरार ल्याउँछन र बेला बेला नेता आफैं एक्सनमा आउनुपर्छ ।

गगन थापाका पीएहरु शैलेश सिटौला, प्रताप पौडेल लगायत छन । उनिहरुको काम भनेको ‘रिसर्च’ वेस छ । राजनितीक सुचना संकलन गर्ने र कार्यकर्ताहरुसँग सेतुको काम गरेका छन- गगनका पीएहरुले ।

हुन त यिनका पीएहरुका पनि राजनीति गर्ने चाहना होलान्, आफ्नै मैदान बनोस भन्ने होला । गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाका पीए जस्तै हैकम चलाऊने मन होला । तर नेताहरुले रोकिदिएका छन् । सहयोगीका लागि दायरा बनेका छन्- त्यहाँ भन्दा पर जान पाउँदैनन् ।

तर यस्तै नेताहरुको बिचमा सशांक कोइराला पनि छन् जो गिरिजा प्रसाद कोइरालाको पथमा छन् । सशांकका पीए भरत तिवारीले गत सालको दशैंमा पत्रकारलाई पैसा बाँड्दै गर्दा सार्वजनिक भए । हुन त सशांक कोइरालाको निर्देशन नै हुँदो हो । तैपनि भरत तिवारीका अन्य कृयाकलापले धेरै कुरा पुष्टि गर्‍यो ।

गगन थापाका पीएहरु शैलेश सिटौला, प्रताप पौडेल लगायत छन । उनिहरुको काम भनेको ‘रिसर्च’ वेस छ । राजनितीक सुचना संकलन गर्ने र कार्यकर्ताहरुसँग सेतुको काम गरेका छन- गगनका पीएहरुले ।

भरत तिवारी गोकर्ण पौडेलको पथमा छन् । धेरै नेता कार्यकर्ताहरुको यिनी प्रतिको गुनासोपनि पौडेल सँगको गुनासो जस्तो छ । जिल्ला अथवा क्षेत्रका स्थानिय नेताहरुले कोइरालालाई भेट्ने सहज बाटोसम्म पाउँदैनन् । नवलपुर प्रगतीनगरका तिवारी हुनत राजनीतिक परिवार कै ब्यक्ति हुन् । सशांक कोइराला पहिलो पटक नवलपुरबाट चुनावमा उत्रिए पछी तिवारी सशांकका पीएका रुपमा नियुक्त भएका थिए । तर पछी उनको महत्वकांक्षा बढ्दै गयो र अहिलेसम्म आइपुग्दा उनले नवलपुरमा छुट्टै समुह बनाइरहेको र कोइरालाकै विरुद्दमा उत्रिएको त्यहाँका स्थानिय नेताहरुले बताउँछन ।

कोइराला परिवारकै एक सदस्यका अनुसार शेखर कोइराला र सशांक कोइरालाको छलफल चलिरहेका बेला तिवारी पटक पटक कोठामा पसेको चर्चा बेला बेला चलिरहन्छ । गैंडाकोटका एक नेता भन्छन- “नेपाली कांग्रेसको स्थानिय अधिवेशनमा भरत तिवारीले गैंडाकोटमै बसेर अधिवेशनलाई प्रभावमा पारे । कतिपय प्रतिनिधिहरुलाई आर्थिक प्रलोभनमा पारेर मत खसाल्न लगाए । त्यसैले भरत तिवारीले आफ्नो बाटो त बनाउँदै होलान् । तर सशांक कोइरालाको आगामी चुनाव त्यती सहज हुँदैन” ।

त्यस्तै, गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले रन्जना शर्मालाई पीए बनाएका छन । उनी मुख्यमन्त्री नेपालीकी छोरी हुन् । मुख्यतया: पश्चिम परासी राजनीतिक क्षेत्र भएका नेपालीले ति क्षेत्रहरुबाट पटक पटक पराजित भए पछी नवलपुर १ नम्बर क्षेत्रबाट पछील्लो चुनाव जितेका थिए । अहिले नेपालीले आफ्नी छोरी रन्जनालाई सोही क्षेत्रबाट राजनीतिमा ल्याउने तयारी गरिरहेका छन् । तर गैंडाकोटका एक स्थानिय नेता भन्छन- “हामीले सधैंभरी कहिले यिनलाई त कहिले यिनका पीएका लागि मात्रै लडीदिनु पर्ने ? त्याग गरेका र योगदान दिएका नेता कार्यकर्ताको खासमा कुनै स्थान नै भएन ।”

तपाइँको प्रतिक्रिया

फेसबुक