शुक्रबार, चैत १६, २०८०

‘प्रहरीद्वारानै महिला हिंसा र दूर्ब्यवहार’ फ्रान्सेली महिला

नेपालप्लस संवाददाता२०७८ कार्तिक २ गते २३:२२

फ्रान्सका प्रहरीहरुनै महिला हिंसा र दूर्ब्यवहारमा संलग्न भएको र आफूहरुले न्याय नपाएको आरोप महिला अभियन्ताहरुले लगाएका छन् ।

महिला अधिकारका लागि ‘मि टु’ आन्दोलन चलाईरहेका महिलाहरुले यो आन्दोलन चलाएको चार वर्षपछि हाल त्यस्तो आरोप लगाएका हुन् ।

उनीहरुले लैंगिक विभेद र हिंसा पीडित फ्रान्सेली महिलाहरुले अझै न्याय पाउन संघर्ष गरिरहेको बताएका छन् । प्रहरीलाई उजुरी गर्दापनि तिनले महिलाका यि समस्या गम्भीरतापूर्वक नलिएको आरोप लगाएका हुन् ।

पछिल्ला हप्ताहरुमा फ्रान्समा यौन दुर्व्यवहार र उत्पीडनको नयाँ घटनाहरु दर्ता गर्ने, न्यायकालागि उजुरि हाल्ने लहरनै चलेको छ । यस पटक आएका उजुरीहरु महिलाहरुलाई व्यवहार गर्ने तरिकामा केन्द्रित छन् जो आक्रमण वा दुर्व्यवहारमा परेर तिनलाई रिपोर्ट गर्नको लागि प्रहरीकोमा पुगेका हुन्छन् ।

फ्रान्सको दक्षिणी शहर मोँपलिएको मुख्य प्रहरी स्टेशनमा हमलाहरुको रिपोटिङ गर्न जाँदाको अनुभव नारीवादी अन्ना तुमाजोफले सार्वजनिक गरेकि छन् । एक महिलाको अनुभवहरु उनले सामाजिक सन्जाल इन्स्टाग्राममा पोष्ट गरिएपछि भाइरल बनेको थियो ।

तुमाजोफले पीडितलाई कलंकित, अपमानित र पुलिसले दोषी महसुस गराएको वर्णन गरेकि छन् । यस्ता अन्य घटनापनि भएका थिए । दुई वर्षपछि सरकारले लैंगिक हिंसाका मुद्दाहरु सम्बोधन गर्न अफिसरहरुलाई तालिम दिने एउटा प्रमुख अभियान चलाएको छ ।

रक्सी पिएर जबर्जस्ती यौन गर्ने यौन पिडकका बारेमा प्रहरीलेनै आएर उजुरि नगर्न, त्यस्तो उजुरि गरेर आफ्नै जिवन नष्ट नगर्न पिडितहरुलाई भन्ने गरेको टुमाजोफले बताएकि छन् ।

दुई पटकसम्म दूर्व्यवहारका पिडित, यौनपिडितहरुले सामाजिक सन्जालमा कोड प्रयोग गरेर दर्ता गरेको र त्यसमा प्रहरेलेनै ति घटना खारेज गरेको वा अपमानजनक ब्यवहार गरेको उल्लेख गरेका थिए ।

महिलाकर्मी तुमाजोफलाई पिडितका पक्षमा काम गरेको, उजुरि हाल्न लगाएको आदि आरोपमा फ्रान्सको हेरो क्षेत्रमा पिडकहरुका तर्फबाट धम्कि दिएको बताएकि छन् ।

राष्ट्रपती एमानुएल माख्रोंको सरकारले महिलाहरु विरुद्धको हिंसालाई आफ्नो राष्ट्रपति कार्यकालको प्रमुख विषय बनाएको त बताएको छ । तर ति घटनामा सहानुभूति जनाएपनि उचित न्याय दिन नसकेको अभियन्ताहरुले बताएका छन् ।

गत हप्ता गृह मन्त्री जेरार्ड डार्मानिनले करीव ९० हजार प्रहरी अधिकारीहरुलाई दुर्व्यवहारको मामलाहरुलाई ब्यबस्थापन गर्न, पिडितहरुसित सहानुभूति र संवेदनशीलताले ब्यवहार गर्न विगत दुई वर्षमा प्रशिक्षण दिईएको बताएका छन् ।

तर गृह मन्त्रीले सुधार गर्नुपर्ने क्षेत्रहरु रहेको र मोंपलिए क्षेत्रमा प्रहरीमाथि गरिएको उजुरिमाथि अनुसन्धान गरिने बताएका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक