शुक्रबार, वैशाख ७, २०८१

चीन र पाकिस्तानसहित तालिवानलाई १० देशबिच वार्ता गराउन रुसद्वारा सहयोग

नेपालप्लस संवाददाता२०७८ कार्तिक ३ गते ११:४६

Image Credit-Russian Foreign Ministry

चीन र पाकिस्तानसहित १० देशको वार्ता गराउन रुसले तालिवानहरुलाइ सहयोग गरेको छ ।

अफगानिस्तानको अर्को लडाकु आईएस समूहको खतराको बीचमा मस्कोमै वार्ता गराइदिएर तालिबानलाई रुसले सहयोग गरेको हो ।

रसियाले आजै बुधवार मस्कोमा तालिबानसितको वार्ता आयोजना गरेर मध्य एसियामा आफ्नो प्रभाव बढाउने इस्लामिक स्टेट समूहका लडाकुहरु बिरुद्ध कारबाहीको माग गर्दै अफगानिस्तानमाथि दबाब बढाउने निति लिएको युरोपेली मेडियाहरुले उल्लेख गरेका छन् । तिनै ईस्लामिक स्टेट समुहहरुले अफगानिस्तानलाई बारम्बार अस्थिर बनाएकोपनि रुसले जोड दिँदै आएको छ ।

रुसद्वारा सहजिकरण गरिएको चीन, पाकिस्तान लगायत १० देशका अधिकारीहरुलाई बोलाउने यो वार्ता अगस्टको मध्यमा अफगानिस्तानले सत्ता कब्जा गरेपछि तालिबानको सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय बैठक हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आईएस समूहका लडाकुहरु अफगानिस्तानमा संगठित भएर भूतपूर्व सोभियत गणतन्त्रहरुमा रुसबिरोधी भावना फैलाउन भेला भएको गत हप्ता चेतावनी दिएका थिए ।

रुसका अनुभवी विदेशमन्त्री सर्गेई लाभ्रोभले सभालाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

तालिबान प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री अब्दुल सलाम हनाफीले गरेका छन् । उनी अफगानिस्तानको नयाँ नेतृत्वमा एक वरिष्ठ व्यक्ति हुन् । उनले गत हप्ता युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग वार्ताको नेतृत्व गरेका थिए ।

यस अघि तालिबान र टर्की अधिकारीहरु बीच अंकारामा वार्ता भएको थियो ।

तालिबानले सत्ता कब्जा गरेपछि ब्रसेल्सले एक अरब २० करोड डलर मानवीय संकटबाट बच्न अफगानिस्तानलाई सहयोग दिने प्रतिज्ञा गरेको छ ।

मस्कोमा बैठक राख्नुको उद्देश्य मानवीय संकट रोक्नको लागी अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई एकत्रित गर्नु रहेको रसियाको विदेश मन्त्रालयले मंगलबार बताएको थियो।

मस्कोले अफगानिस्तानमा समावेशी सरकार गठन गर्नुपर्छ भन्ने आफ्नो एजेन्डा हुने बताएको छ ।

रुसले तालिबानलाई सम्पर्क गर्दै आएको छ र हालैका वर्षहरुमा मास्कोमा धेरै पटक तालिबानका प्रतिनिधिहरुको भेटघाट र छलफल गराएको छ । तर चाखलाग्दो कुरा के छ भने तालिबानलाई रूसमा एक प्रख्यात आतंकवादी संगठन मानिन्छ ।

(ए एफपी, फ्रँस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक