शुक्रबार, चैत १६, २०८०

‘एनआरएनले ल्याउन लागेको १० अर्ब लगानी कांग्रेस सरकारले रोक्यो’ ओली

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक ३ गते १३:४४

Photo-thehimalayantimes.com

एनआरएनले देशमा ल्याउन लागेको १० अर्बको आर्थिक लगानी नेपाली कांग्रेस नेत्रित्वको सरकारले रोकेर एनआरएनएसित राजनिति गरेको आरोप नेकपा एमालेका अध्यक्ष केपी ओलीले लगाएका छन् ।

आजै बुधवार नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् । ओलीले बिदेशमा दुख गरेर बसेका नेपालीलाई सरकारले फुटाएको, एनआरएनलाई एनआरएन भएर बस्न नदिने काम गरिरहेको समेत बताए ।

परराष्ट्र मन्त्रालयले कूटनिति नगरेर पार्टी र नेताको आदेशलाई तामेली गर्ने अड्डामा रुपान्तरण गरेको आरोप समेत ओलीले लगाएका छन् ।

एनआरएनको हुनै लागेको निर्वाचन बिथोल्ने, एकता हुन नदिने, क्षतबिक्षत बनाउने र कांग्रेसले एनआरएनसित चुनाब लड्न खोजेको लगायतका आरोप लगाउँदै केपी ओलीले भने ‘बिदेशमा दुख गरेर बसेका नेपालीलाई किन बिगार्छौ, किन एनआरएनको चुनाव भाँड्छौ, एनआरएनसित होइन सक्छौ भने एमालेसित चुनाव लड्न आउ ।”

कांग्रेसको पछि पछि लागेका अन्य दुई पार्टी माओवादी केन्द्र र नेकपा समाजवादीलेपनि एनआरएनए भाँड्न लागेको ओलीले बताए ।

ओलीले अहिलेको कांग्रेस नेत्रित्वको सरकार आलोचना र टिप्पणी गर्न लायकपनि नरहेको भन्दै आलोचना गरेका छन् ।

उनले वर्तमान सरकार कसले चलाएको छ भन्ने जानकारिसम्म नहुनेसमेत बताए ।

तपाइँको प्रतिक्रिया

फेसबुक