शुक्रबार, चैत १६, २०८०

एनआरएनए एनसिसीहरुको विश्व भेला आव्हान: केन्द्रिय अध्यक्ष र महासचिवद्वारा भेला नगर्न पत्राचार

भेलामा सहभागि नहुनुहोला- अध्यक्ष पन्त, यो भेलाको वैधानिकता छैन-महासचिव शर्मा

नेपालप्लस संवाददाता२०७८ कार्तिक ४ गते ०:०८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्न भन्दै कुल आचार्य पक्षका तर्फबाट संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अन्तर्राष्ट्रिय भेला आउँदो आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको छ ।

भेला आयोजकहरुले ‘आयोजक-सबै एनसिसीहरु’ भन्दै पोस्टरमा उल्लेख गरेतापनि यस भेलामा सहभागि नहुन भन्दै केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा. हेमराज शर्माले एनसिसी पदाधिकारीहरुलाई पत्र पठाएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई परराष्ट्र मन्त्रालयले पठाएका पत्रहरु, त्यसपछि उत्पन्न परिस्थिति र संघको महाधिवेशन स्थगन लगायतका विषयमा भेलामा छलफल गरिने आयोजकहरुले उल्लेख गरेका छन् ।

एनसिसीहरुका तर्फबाट छुट्टै भेला बोलाएर छालफल गर्न लागेपछि त्यसमा केन्द्रको कुनै संलग्नता नभएको भन्दै एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले एनआरएनए एनसिसी, केन्द्रका अभियन्ताहरुलाई जनकारि गराएका छन् ।

अध्यक्ष कुमार पन्तको पत्र

अध्यक्ष कुमार पन्तले एनसिसी पदाधिकारीहरुलाई पठाएको ईमेलमा भनिएको छ “सामाजिक सन्जाल मार्फत मेरो जानकारिमा आए अनुसार २४ अक्टोबरकालागि प्रतावित एनसिसीहरुले गर्ने भनिएको भेलामा मेरो नामपनि जोडिएको छ । म यस्तो भेलाको जमघटको हिस्सा होइन । र त्यस्तो कुनैपनि भेला र जमघटमा सहभागि नहुनपनि म सबैलाई अनुरोध गर्दछु ।”

यस भेलाको बिरोध गर्दै एनआरएनएका केन्द्रिय महासचिव डा. हेमराज शर्मालेपनि आफ्ना तर्फबाट भेलामा नजान भन्दै खबर पठाएका छन् । उनले अहिलेको समस्या समाधान गर्न अध्यक्षनै स्वयं रातदिन खटेको र यस्ता खालका समानान्तर गतिविधिले समस्यामा थप जटिलता थप्ने उल्लेख गर्दै भनेका छन् “कोरोना महामारीमा हामीले हप्तै जस्तो एनसिसिहरुसँग बैठक आयोजना गरेका थियौं । आवश्यक पर्यो भने अहिलेको समस्याका सम्बन्धमा पनि एनसिसिको बैठक आइसिसिले आयोजना गर्नेछ ।”

डा हेमराज शर्माको पत्र

डा. शर्माले अध्यक्षको लचकतालाई कमजोरीको रुपमा लिंदै एनआरएनएलाई असोभनीय हुने खालका गतिविधि हुँदै आएको र थुप्रै गलत नजिर स्थापित भएको उल्लेख गरेका छन् । यस्ता खालका गतिविधिलाई समयमा नै रोक्न जरुरी भएकाले अध्यक्षले निर्देशन गरेअनुसार २४ तारिखको भेला आयोजना नगर्न र यस्ता गतिविधिमा भाग नलिन अनुरोध गर्दै भनेका छन् “यस्तो खालको भेलाको वैधानिक व्यवस्था नभएको पनि जानकारी गराउँदछु ।”

यो भेला सम्पन्न गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदहरुले एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा तयारी समिति गठन गरेका छन् । तत्काल समन्वय तथा संयोजन गर्न ९ सदस्यीय तयारी समिति बनाइएको छ । सुबेदीले कुल आचार्यका तर्फबाट भूमिका खेल्दै आएका छन् ।

तयारि समितिका सदस्यहरुमा एनसीसी अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगर, एनसीसी अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनसीसी क्यानाडाका अध्यक्ष दीपक गौतम, एनसीसी स्पेनका अध्यक्ष शालिकराम डुम्रे, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगर तथा एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष डा पुष्पराज भट्टराइ रहेका छन् ।

यो भेला आयोजक समितिका संयोजक सुबेदीलगायत सदस्यहरु सबै कुल आचार्य पक्षका हुन् । एनसीसी दक्षिण अफ्रिकाका अध्यक्ष डा पुष्पराज भट्टराईले भने यस अघिसम्म कुनै पक्षमापनि आफ्नो संलग्नता देखाएका थिएनन् ।

एन सिसीहरुको भेलाका नाममा गूटगत भेला गर्न लागेको र यसले समग्रमा एनआरएनएको संस्थागत भविष्य र प्रतिष्ठालाई झन खतरातर्फ लैजाने भन्दै केहि भियन्ताहरुले चिन्ता ब्यक्त थालेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक