शुक्रबार, वैशाख १४, २०८१

भ्रष्टाचार र जासूसी मुद्दामा स्विस बैंकलाई ७० करोड डलर जरिवाना

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ कार्तिक ४ गते १४:१२

अफ्रिकी मुलुक मोजाम्बिकको एक भ्रष्टाचार काण्डमा चुकेको आरोप लगाउँदै क्रेडिट स्विस बैंकलाई जरिवाना लगाइएको छ । स्विस अधिकारीहरुद्वारा सन् २०१९ को कर्पोरेट हाउसको जासुसीको मामलामा संलग्न भएको भन्दै चेतावनी समेत दिईएको छ ।

अमेरिकी र बेलायती अधिकारीहरुले मोजाम्बिक भ्रष्टाचार काण्डसँग सम्बन्धित घूस र ठगीको आरोपको समाधान गर्न क्रेडिट स्विसले लगभग ४७ करोड ५० लाख डलर तिर्नुपर्ने मंगलबार एक फैसला सुनाएका छन् ।

बैंकले अमेरिकी न्याय विभागलाई १७ करोड ५० लाख डलर आपराधिक जरिवाना, अमेरिकी प्रतिभूति तथा विनिमय आयोग (एसईसी) लाई नौ करोड ९० लाख डलर र ब्रिटिश अधिकारीहरुलाई २० करोड डलर जरिवाना तिर्नेछ । बैंकले मोजाम्बिकको २० करोड डलर ऋणसमेत माफ गर्ने छ ।

लगभग एक अर्व डलरको बण्ड प्रस्ताव र एक सिन्डिकेटेड ऋण जुन क्रेडिट स्विसले सन् २०१३ र २०१६ को बीचमा टुना माछा मार्ने उद्योगलाई आर्थिक सहयोग गर्न र मोजाम्बिकमा समुद्री सुरक्षाको विकास गर्न मद्दत गरेको छ ।

तथाकथित टुना बन्डको धेरै कमाई किकब्याकको माध्यमबाट क्रेडिट स्विस बैंकरहरु र मोजाम्बिक अधिकारीहरुलाई पठाइयो । क्रेडिट स्विसले ठगी गरी लगानीकर्ताहरुलाई गलत तरिकाले प्रयोग गर्‍यो र अमेरिकी भ्रस्टाचार कानूनको उल्ल्घन गरेको अधिकारीहरुले मंगलबार बताएका छन् ।

फैसलामा प्रतिक्रिया जनाउँदै बैंकले कार्यवाही पूरा भएकोमा सन्तुष्ट रहेको बताएको छ । क्रेडिट स्विसको युरोपेली सहायकपनि स्विस वित्तीय नियामकसँग मिलेर एक स्वतन्त्र तेस्रो पक्ष नियुक्त गर्ने र त्यसलाईनै यसको लेनदेन र जोखिम नियन्त्रणको निगरानी गर्न दिन सहमत भएको छ ।

तपाइँको प्रतिक्रिया