शनिबार, वैशाख ८, २०८१

आँधी र तुफानले फ्रान्सका साँढे दुई लाख घर अन्धकार, युरोपका अन्य देशमापनि क्षती

नेपालप्लस संवाददाता२०७८ कार्तिक ४ गते १८:४१

फोटो-जिम कोल एसोसिएट प्रेस

ओरोर नामक एक शक्तिशाली तुफानले गर्दा फ्रान्सका कम्तिमा साँधे दुई लाख घर अन्धकार भएका छन् । शरद तुफान आजै बिहिवार अपरान्ह जोडले आउँदा फ्रान्सका धेरै घरको बिजुली काट्नु परेको छ ।

फ्रान्स, जर्मनी र नेदरल्याण्ड्समा रुखहरु ढलेर बस र रेलका मार्गहरु बन्द भएका छन् । बेल्जियमको बन्दरगाह शहर एन्टरपेनको एक स्टेडियमको एक भाग र अन्य धेरै घरका छतहरु भत्किएका छन् ।

जर्मन बाल्टिक सागर बन्दरगाह शहर कीयल नजिकैको शहर श्वेन्टीनेन्टलमा बिहीवार विहान आएको आँधीले क्षति पुर्‍याएको छ । अग्नी नियन्त्रण सेवाका अधिकारी काई लेसिगले जर्मन समाचार एजेन्सी डीपीएलाई आँधीले ग्रीनहाउस नष्ट गरेको र रुखहरु ढलेको बताएका छन् । रुख ढल्दा कारहरुलाई ठक्कर दिएको छ । मानविय क्षती त भएको छैन तर कैयौं घरहरु क्षतिग्रस्त भएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार रोट्रडामको दक्षिणी किनारमा रहेको डच शहर बर्रेन्ड्रेक्टमा चार जना घाइते भएका छन् । तीब्र आँधीका कारण छतबाट टाइल खसेर छानो भत्किएको छ । बिहानै आवाशिय क्षेत्रका रूखहरु उखेलिएका छन् ।

आँधीले दक्षिणी बेलायतको धेरै भागहरुमा भारी वर्षा र ब्यापक हावाहुरी ल्याएको छ ।

अनलाइनमा पोस्ट गरिएका तस्बिरहरुका अनुसार बुधवार दिउँसो ब्रिटनीको एटलान्टिक कोस्टको फ्रान्सेली क्षेत्रमा बत्तिँदै सुरु भएको आँधी राती पूर्वतिर सरेको थियो । रूखहरु ढल्ने र छतहरु खस्ने भएको छ । फ्रान्सको राष्ट्रिय मौसम सेवाले जर्मनी, बेल्जियम र लक्जमबर्गको सिमानामा रहेको देशको उत्तरपूर्वी कुनामा बिहीवार आँधी आउने चेतावनी दिएको छ ।

मौसम सेवाका अनुसार नोर्मदी शहर फेकम्पमा हावाको गति १७५ किलोमिटर प्रतिघण्टा पुगेको छ ।

धुन्मुनिँदै खसेका रुखहरुले बिजुलीका लाइनहरु ढलाईदिएका छन् । बिजुली कार्यालयले बिहीवार बिहानसम्म साँढे दुई लाख घरहरु बिजुलीविहीन भएको बताएको छ ।

एसएनसिएफ राष्ट्रिय रेल प्राधिकरणका अनुसार रेल यात्रा नर्मँदी र सम्पानियँ – आर्देन क्षेत्रका साथै पेरिस क्षेत्रका केही यात्रु मार्गहरुमा बाधा पुगेको छ ।

डच रेल नेटवर्क पनि बिहीवार बिहान रुखहरु ढलेकाले बिग्रिएको छ । ठूला रुख रेलका पटरीहरुमा खस्दा ति भत्किएका छन् ।

जर्मनीको राष्ट्रिय रेलवे अपरेटर डोइच बाहन नेदरल्याण्ड्स र बेल्जियमको सिमानामा रहेको र देशको सबैभन्दा धेरै जनसंख्या भएको नर्थ राइन-वेस्टफेलिया राज्यमा सबै लामो दूरीका रेलहरु रद्द गरियो । कम्पनीले जर्मनीको अन्य भागहरुमा पनि कतै रद्द रकतै ढिलाइ भएको बताएको छ ।

आँधीले उत्तरी बेल्जियमको एन्टरपेन वरिपरि कडा क्षती पुर्‍याएको छ । अनगिन्ती रुख ढलाएको छ । सडकमा मचान फ्याँकिएका छन् । सडकबाट केही ट्रक उछिट्ट्याएर अन्तै फालिदिएको छ । एनतरपेनको स्टेडियमको छतको भाग पनि फालेको छ ।

जर्मनीको राष्ट्रिय मौसम सेवाले बिहीवार देशको उत्तर र पूर्वी भागमा १०५ किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा १२० किलोमिटर प्रतिघण्टासम्मको वेगले तुफान आउने चेतावनी दिएको छ । तर त्यहाँ हालसम्म कुनै ठूलो क्षति भएको रिपोर्ट छैन ।

उत्तरपश्चिमी जर्मनीको डेल्मेनहोर्स्टमा बुधवार साँझ एक जना मानिसमाथि रुखको हाँगा खसेर घाईते बनाएको छ । राती एक मालबाहक ट्रेन बोन शहरको एक उपनगर बादगोड्सबर्गमा रुखको हाँगामा ठोक्किएको थियो ।

बर्लिन शहरका दुबै चिडियाखाना दिउँसो सावधानी अपनाउन भन्दै बन्द गरिएको छ । जनावरलाई असर गर्न सक्ने भन्दै भित्रि घेरा बनाएर सुरक्षाकासाथ रखिएको छ ।

(एपी, एफपी, फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया

फेसबुक