शनिबार, वैशाख ८, २०८१

जर्मनीका तिन पार्टीको सरकार बनाउने सहमती, चान्सलर स्कोल्ज बन्ने संभावना

नेपालप्लस संवाददाता२०७८ कार्तिक ४ गते १९:५३

जर्मनीको एसपीडी, ग्रीन पार्टी र एफडीपी मिलेर डिसेम्बरको शुरुमा स्कोल्ज नेतृत्वको मिलिजुली सरकार बनाउने प्रारम्भिक सहमती गरेका छन् ।

जर्मनीको अर्को गठबन्धन सरकार बनाउन काम गर्दै रहेको तीन दलले बिहीवार सार्वजनिक गरेका छन् । उनीहरुले डिसेम्बर ६ मा चान्सलरको रुपमा सोसल डेमोक्र्याटबाट अर्थमन्त्री बनेका ओलाफ स्कोल्जलाई बनाउने लक्ष्य राखेका छन् ।

“समयसिमा महत्वाकांक्षी छ” लिबरल फ्री डेमोक्र्याट (एफ डिपी) का महासचिव भोल्कर विसिङले एसपीडी र ग्रीनसँग औपचारिक गठबन्धन वार्ताको शुरुआतमा भनेको जर्मन मेडियामा उल्लेख छ ।

“जर्मनीलाई जतिसक्दो चाँडो एक स्थिर सरकारको आवश्यकता छ” उनले थपे ।

जर्मनीमा संघीय स्तरमा पहिले कहिल्यै मिलेर काम नगरेका तीन दलले गठबन्धनको वार्ता नोभेम्बरको अन्त्यसम्ममा टुंग्याउन चाहेको बताएका छन् ।

“हालको वार्ताले डिसेम्बरको शुरुमा सरकार बनाउनको लागी अनुमति दिनेछ । स्कोल्ज संसदको बुन्डेस्टाग तल्लो सदनमा डिसेम्बर ६ को हाराहारीमा चान्सलर चुनिने छन्” विसिंगले भने ।

यदि ति तिन पार्टीले सहमति अनुसार छिटो सरकार बनाउन सफल भएमा चान्सलर हेलमेट कोलको सबैभन्दा लामो समय जर्मनीको चान्सलर बनेको रेकर्ड तोडिने छैन । यदि समय लामो लगाएमा एन्जेल मर्केलले त्यो रेकर्ड तोडेर विश्वयुद्दपछि जर्मनीको सबैभन्दा लामो चन्सलर बन्ने ईतिहास बनाउने छिन् ।

तर बिगत १६ वर्ष सत्तामा रहेकि एन्जेला मर्केलले जतिसक्दो छिटो पद हस्तान्तरण गर्न चाहेको बताउँदै आएकि छन् । नयाँ सरकार नभएसम्म उनी एक कार्यवाहक क्षमतामा रहने छन् ।

मर्केलको रूढिवादी सीडीयू-सीएसयू गठबन्धन सेप्टेम्बर २६ को आम चुनावमा सबैभन्दा खराब नतिजामा पुग्यो जसले गर्द उनीहरुलाई प्रतिपक्षीका रुपमा बस्नुपर्ने बनायो ।

तपाइँको प्रतिक्रिया

फेसबुक