बुधबार, वैशाख १२, २०८१

एनआरएनए एनसिसीहरुको विश्व भेलालाई टक्कर दिन एनआरएनए अमेरिकाका शाखा अध्यक्षहरुको भेला

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते १८:०४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को पछिल्लो परिस्थितिबारे छलफल गरी एउटा साझा धारणा निर्माण गर्न भन्दै कुल आचार्य पक्षका तर्फबाट एनआरएनए एनसीसीहरुको अन्तर्राष्ट्रिय भेला आव्हान गरेपछि त्यसलाई टक्कार दिन एनआरएनए अमेरिकाका शाखाका अध्यक्षहरुले उहि समयमा भेला आयोजना गरेका छन् ।

आउँदो आइतबार अक्टोबर २४ मा कुल आचार्य पक्षका एनसिसीहरुले भेलाको आयोजना घोषणा गरेलगत्तै यहि भेलालाइ टक्कर दिन अक्टोबर २४ कै दिन एनआरएनए अमेरिकाका शाखाहरुले भेला आयोजना गरेका हुन् । अमेरिकाका शाखाहरुले भेला घोषणा गरेको पोस्टरमापनि एनआरएनए एनसिसी अमेरिकाका च्याप्टर अध्यक्षहरुको भेला भन्ने उल्लेख छ ।

एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको संयोजकत्वमा एनआरएनए एनसिसीहरुको अन्तर्राष्ट्रिय भेला तयारी समिति गठन गरेपछि संघलाई एक पक्षिय, पार्टीगतरुपमा भ्रम छर्न खोजेको भन्दै अमेरिकाका च्याप्टर अध्यक्षहरुले त्यसलाई टक्कर दिन उहि दिन भेला डाकिएको बताइएको छ । च्याप्टरका अध्यक्षहरुको भेलाले कसरि अर्को पक्षलाई टक्कर दिने भनेर छलफल गर्ने बताइएको छ ।

तर यस अघिनै एनआरएनए एनसिसीको भेला अबैधानिक भएकाले यस्तो भेला आयोजना नगर्न र यो भेलामा सहभागि नहुनसमेत एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त र महासचिव डा हेमराज शर्माले पत्र पठाउँदै अनुरोध गरिसकेका छन् । तर एनसिसी भेला आयोजकहरुले भने भेला नरोकिने स्पष्ठ पारेका छन् ।

यसैसित संवन्धित समाचार हेर्नुस्

एनआरएनए एनसिसीहरुको विश्व भेला आव्हान: केन्द्रिय अध्यक्ष र महासचिवद्वारा भेला नगर्न पत्राचार

तपाइँको प्रतिक्रिया