मंगलबार, वैशाख ४, २०८१

‘जलवायु परिवर्तनले विश्व स्थिरतामा व्यापक खतरा उत्पन्न’ अमेरिकी गुप्तचर सेवा

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते १५:४३

Image Credit-kias.org.np

अमेरिकी गुप्तचर सेवाले बिहीवार पहिलो पटक जलवायु परिवर्तनले संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र विश्वभरि स्थिरताको लागि व्यापक खतरा उत्पन्न गराएको बताएको छ ।

अमेरिकी ह्वाइट हाउसले गुप्तचर रिपोर्टको सारांशमा भनेको छ “चरमरुपमा बदलिएको मौसमले अमेरिकी राष्ट्रिय सुरक्षा हितहरुमा धेरै चुनौतीहरु बढाउनेछ । भौतिक चुनौतीहरु सुरक्षा चुनौतिहरुमा परिणत हुन सक्छ । कसरी जलवायुको चुनौतीलाई देशहरुले प्रतिक्रिया जनाउँछन् । त्यसले सुरक्षा चुनौतिहरु कसरि अगाडि बढ्छन् भन्ने देखाउने छ ।”

यो पूर्वानुमान राष्ट्रिय खुफिया निर्देशकको कार्यालय द्वारा पहिलो आधिकारिक मूल्यांकनमा गरिएको थियो । त्यसले फराकिलो अमेरिकी खुफिया उपकरणको निरीक्षण गर्दछ ।

ह्वाइट हाउसले यो दस्तावेजले खुफिया समुदायका सबै १८ एजेन्सीहरुको सहमतिलाई प्रस्तुत गर्ने उल्लेख गरेको छ ।

एजेन्सीहरुका अनुसार जलवायु परिवर्तनले भूराजनीतिक तनाव बढाएको छ किनकि देशहरु कसले बढी काम गर्नुपर्छ भन्ने विषयमा बहस गरिरहेका छन् । जलवायु परिवर्तनको प्रभावको प्रतिक्रिया अनुसार सीमापार गर्ने प्रमुख मार्ग, केन्द्रमा देशहरुले आफ्नो हित सुरक्षित गर्नको लागिपर्ने छन् । जलवायुबाट उत्पन्न परिस्थितिले केहि देशहरुमा राष्ट्रिय स्थिरताको समस्या ल्याउन सक्छ ।

व्यावहारिकरुपमै अमेरिकी राष्ट्रिय सुरक्षा निकायहरुले आफ्नो योजनामा जलवायु परिवर्तनको प्रभाव एकीकृत गर्ने ह्वाइट हाउसले उल्लेख गरेको छ ।

रक्षा मन्त्रालय पेन्टागनले जलवायु परिवर्तनबाट उत्पन्न हरेक समस्यामा लड्न, हरेक स्तरमा प्रशिक्षण गर्न र बढ्दो जटिल वातावरणसित बिजय गर्न आवश्यक हुने र त्यसकोलागि तयारि गर्ने उल्लेख गरेको छ ।

ए एफपीका अनुसार यो रिपोर्ट स्कटल्याण्डको ग्लासगोमा संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन भन्दा ठीक अगाडि जारी गरिएको छ जसमा राष्ट्रपति जो बिडेन सहभागी हुनेछन् ।

“७५ प्रतिशत भन्दा बढी ग्लोबल उत्सर्जन अमेरिकी सीमाहरु भन्दा बाहिरबाट आउँदैछ । हामी एक्लै यो चुनौती समाधान गर्न सक्दैनौं । उनीहरुको प्रगतिलाई गति दिनको लागि हामीलाई बाँकी विश्वको आवश्यकता छ” एक वरिष्ठ अमेरिकी अधिकारीले नाम नखुलाउन आग्रह गर्दै एएफपीलाई भने “यो पक्कै एक सुरक्षा मुद्दा र एक राष्ट्रीय सुरक्षा मुद्दापनि हो।”

बिहीवार पछि जारी गरिएको एक छुट्टै सरकारी रिपोर्टमा जलवायु सम्बन्धी जोखिम संयुक्त राज्य अमेरिकाको आर्थिक स्थिरताको लागी एक उदीयमान खतराको रूपमा रहेको वित्तीय स्थिरता पर्यवेक्षण परिषदले उल्लेख गरेको छ ।

“यो रिपोर्टले जलवायु परिवर्तनलाई एजेन्डाको अग्रभागमा राखेको छ” अर्थ सचिव जेनेट येलेनले २००८ को वित्तीय संकट पछि स्थापित एफएसओसीको बैठकमा भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक