बिहीबार, वैशाख १३, २०८१

ताईवान मामिलामा दियो चीनले अमेरिकालाई चेतावनी

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते २३:१४

अमेरिकी राष्ट्रपती जो बिडेनले ताईवानको रक्षा गर्ने प्रतिबद्धता जनाए लगत्तै चीनले ताइवानमाथि कुनै संझौता नगर्ने भन्दै अमेरिकालाई चेतावनी दिएको छ ।

चीनले शुक्रबार ताइवानको मुद्दामा सम्झौता वा सहुलियतका लागि कुनै ठाउँ नरहेको भन्दै अमेरिकी राष्ट्रपति जो बिडेनले टिप्पणी गरे अनुसार अमेरिकाले ताईवान टापुमा आक्रमण गरेमा त्यसको रक्षा गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

अमेरिकी टिभी सीएनएनद्वारा आयोजित फोरममा बिडेनले एक दिन अघि ताईवानलाई रक्षा गर्ने टिप्पणी गरेपछि चीनिया विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दैनिक ब्रीफिंगमा यो टापू आफ्नो क्षेत्र भएकोले त्यसको रक्षा गर्ने भन्दै आफ्नो दाबी दोहोर्‍याएका हुन् ।

चीनले भर्खरै ताईवानको सिमा नजिक युद्धपोत उडाएर र समुद्रतट अवतरणको अभ्यास गरेर ताइवानलाई निगरानी गरिरहेको छ । चीनले आफ्नो बलमा भएपनि आफ्नो नियन्त्रणमा ल्याउने बताइरहेको छ ।

“जब चीनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र अन्य मुख्य हितहरुसँग सम्बन्धित मुद्दाहरु आउँछन् त्यहाँ चीनसित सम्झौता गर्न वा सहुलियत दिनको लागी कुनै ठाउँ हुँदैन । कसैले पनि चीनको दृढ संकल्प, दृढ इच्छाशक्ति र चिनियाँ जनताको रक्षाको बलियो क्षमतालाई कम आँकलन गर्नु हुँदैन । राष्ट्रिय संप्रभुता र क्षेत्रीय अखण्डतालाई कम नआँकोस” वाङले भनेका छन् ।

“ताइवान चीनिया क्षेत्रकै एक अविभाज्य हिस्सा हो । ताइवान मुद्दा विशुद्ध रूपमा चीनको एक आन्तरिक मामला हो । यसमा कुनै विदेशी हस्तक्षेपको अनुमति छैन” उनले थपे ।

अमेरिका “ताइवान मुद्दामा आफ्नो बोली र कार्यहरुमा सतर्क रहनु पर्छ । ताइवान स्वतन्त्रताको प्रिथकतावादी शक्तिहरुलाई कुनै गलत संकेत पठाउनु हुँदैन ताकि चीन-अमेरिका सम्बन्ध र ताइवान मामिलामा शान्ति र स्थिरतालाई गम्भीर रूपबाट क्षति नहोस्” वाङको भनाई छ ।

“म केवल चीनलाई बुझाउन चाहन्छु कि हामी पछाडि हट्ने छैनौं । हामी हाम्रो कुनै पनि विचार परिवर्तन गर्ने छैनौं” बिडेनले भने । अमेरिकाले ताइवानको रक्षा गर्न आउँछ कि आउँदैन भनेर सोध्दा उनले जवाफ दिए “हो, हामी त्यो गर्न प्रतिबद्ध छौं ।”

ताइपेमा स्वतन्त्र विचारधाराका भनेर चिनिने राष्ट्रपति साई इंग वेनका प्रवक्ताले अमेरिकाले ठोस कारबाहीको माध्यमबाट ताइवानलाई आफ्नो समर्थन देखाएको बताएका छन् । उनले टापूका दुई करोड ३० लाख नागरिकहरु दबाब वा हतारमा काम नगर्ने उल्लेख गरेका छन् ।

“ताइवानले हाम्रो रक्षाको दृढ संकल्प गर्छ । ताइवान स्ट्रेट र इन्डो-प्यासिफिक क्षेत्रको शान्ति र स्थिरताको लागी सकारात्मक योगदान दिन समान मूल्यहरु भएका देशहरुसँग काम गर्न जारी राख्नेछ” प्रवक्ता चांग टुन हानले भनेका छन् ।

सन् १९४९ मा गृहयुद्धको क्रममा चीन र ताइवान विभाजित भए । बेइजिङलाई मान्यता दिन अमेरिकाले सन् १९७९ मा ताइपेईसँग औपचारिक कूटनीतिक सम्बन्ध काट्यो । संयुक्त राज्य अमेरिका ताइवानमा चीनको दावीको खुलेर बिरोध गर्दैन । तर यो टापुको रक्षाको सुनिश्चित गर्न कानून द्वारा प्रतिबद्धताको खुलेर समर्थन गर्छ । स्वतन्त्र रहनुपर्ने भन्छ । ताईवानमा हुनसक्ने सबै खतराहरुलाई व्यवहार गर्न लाग्ने बताउँछ ।

कम्युनिस्ट पार्टीका नेता र सशस्त्र सेनाका प्रमुख पनि रहेका राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले ताइवानमाथि सैन्य, कूटनीतिक र आर्थिक दबाब बढाएको छ ।

महिनाको शुरुमा आफ्नो राष्ट्रिय दिवसको अन्त्यमा चीनले ताइवानको दक्षिणपश्चिममा १४९ सैन्य विमान पठाएको थियो । त्यसपछि ताइवानमा विमान हडताल भएको थियो । ताईवानले आफ्नो वायु रक्षा मिसाइल प्रणाली सक्रिय पारेको थियो ।

(नेपालप्लसको साथै एपी र फ्रंस २४ न्युज)

तपाइँको प्रतिक्रिया