शुक्रबार, वैशाख १४, २०८१

फेसबूक र ट्विटरलाई टक्कर दिन डोनाल्ड ट्रम्पले ल्याए ट्रुथ

नेपालप्लस संवाददाता२०७८ कार्तिक ५ गते २३:५७

पूर्व अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले ट्विटर र फेसबूकलाई टक्कर दिन ट्रुथ (TRUTH) सामाजिक सन्जाल ल्याउने भएका छन् ।

द फाईनान्सियल टाईम्सका अनुसार ट्रम्पले ट्विटर र फेसबुकसँग प्रतिस्पर्धा गर्न एक मिडिया कम्पनी खोल्ने र २०२४ मा अर्को राष्ट्रपतीय चुनावको तयारि गर्न यो कदम आएको हो ।

आफ्नो पार्टी रिपब्लिकन र आफ्नो ब्यक्तिगत लोकप्रियताको लागि यो सामाजिक सन्जाल ल्याउन लागेको बताइएको छ ।

पूर्व राष्ट्रपतिले नयाँ अनुप्रयोग (एप्यास) ट्रम्प मिडिया र टेक्नोलोजी समूह द्वारा नियन्त्रित गरिने बताएका छन् ।

“मैले ठूला टेक्नोलोजीको अत्याचारको सामना गर्न को लागी सत्य सामाजिक र टिएमटिजी सिर्जना गरेको छु” उनले भने “हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ, तैपनि तपाइको मनपर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ । यो अस्वीकार्य छ। ”

ट्रम्पले ट्विटर र फेसबूकको आचार संहिता तोडेको भन्दै पटक पटक उनमाथि निस्चित समयकालागि ट्विटर र फेसबूकमा बन्देज लगाइएको थियो । त्यसपछि ट्रम्प आक्रोशित बनेका थिए । त्यहि बेलादेखि ट्रम्पले ट्विटर र फेसबूकलाई टक्कार दिन आफैंले सामाजिक सन्जाल स्थापन गर्ने भनाईहरु बाहिरिएका थिए ।

 

तपाइँको प्रतिक्रिया