बिहीबार, वैशाख १३, २०८१

परराष्ट्रमन्त्री खड्कासित एनआरएनए अभियन्ताहरुको छलफल, आइतवार पूर्व अध्यक्षहरुसहितको फेरि बैठक

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक ६ गते २१:५७

Image Credit-newstracklive.com

गैर आवासीय नेपाली संघका विद्यमान विवाद र परराष्ट्र मन्त्रालयले गरेको भनिएको हस्तक्षेपका बारेमा संघका अभियन्ताहरुले परराष्ट्रमन्त्री नारायण खड्कासँग शुक्रवार गरेको भेट पछी भोली आइतवार पूर्व अध्यक्षहरुको बैठक बस्ने भएको छ ।

प्रराष्ट्रमन्त्री खड्काले प्रतिनिधि लगायतका विवादहरु आपसी साहमतिमा मिलाएर आएमा परराष्ट्र मन्त्रालय बाधक नबन्ने र आफुले सहजिकरण गरिदिने बताएपछि पुर्व अध्यक्षहरुको बैठक बस्न लागेको हो ।

“पूर्व अध्यक्षहरु सकृया भैदिनुस, तपाईंहरुले चाहेमा मिलाउन सक्नुहुन्छ । संस्थाको आन्तरिक विषयमा मन्त्रालय मुछिन जरुरी छैन” मन्त्री खड्कालाई उल्लेख गर्दै बैठकमा सहभागी एक सदस्यले नेपालप्लसलाई बताए ।

मन्त्री खड्कासँगको भेटघाटमा संघका वर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्षहरु डा उपेन्द्र महतो, जिवा लामिछने र भवन भट्ट सहभागी थिए । मन्त्रीसँगको छलफल पछी आइतवार विहानका लागि अध्यक्ष कुमार पन्तले पूर्व अध्यक्षहरुको बैठक डाकेका छन । देवमान हिराचन बाहेकका अन्य पूर्व अध्यक्षहरु काठमाडौंमा छन् ।

परराष्ट्र मन्त्रालयले लगालग दुईवटा पत्र पठाए पछी संघको अधिवेशन अनिश्चितकालका लागि रोकिएको थियो । त्यसपछि वर्तमान कार्य समितिका पदाधिकारीहरु परराष्ट्रमन्त्री तथा मन्त्रालयका अधिकारइहरुसँग छलफलमा ब्यस्त छन् । तर गैर आवासीय संघले आगामी नोभेम्बर ३० भित्र अधिवेशन सम्पन्न गर्ने गरी तालिका सार्वजनिक गर्ने तयारी गर्दै छ । त्यसका लागि पनि देखिएका विवादहरु समयमै सल्ट्याउने गरी छलफलहरु तिब्र पारीएको हो ।

अध्यक्ष कुमार पन्त भन्छन “परराष्ट्र मन्त्री ज्युले तपाईंहरु आन्तरिक रुपले नै देखिएका विवादहरुमा सहमति गर्नुस, परराष्ट्र मन्त्रालयले कहाँनेर कसरी सहयोग गर्नुपर्ने हो हामी तयार छौं भन्नु भएको छ । आइतवार डाकिएको पुर्व अध्यक्षहरुको बैठक त्यही शिलसिलाको पहिलो चरण हो ।”

पूर्व अध्यक्ष मध्येका एक जीवा लामिछानेले अहिले देखिएका असहमतिहरुलाई कसरी मिलाउन सकिन्छ भन्ने विषयमा कुरा गर्न लागेको नेपालप्लसलाई बताए । उनले अध्यक्ष पन्तको आग्रहमा छलफल गर्न लागेको बताउँदै भने- मन्त्री ज्युको पनि यस्तै आग्रह रहेको छ । यस्ता विवादहरु बढ्दै जाँदा संस्थालाई हानी हुने भएकोले कसरी मिलेर अगाडि जान सकिन्छ भन्ने विषयमा छलफल हुने छ ।

तपाइँको प्रतिक्रिया