शनिबार, मंसिर १८, २०७८

शनिवार- साहित्य / सृजना / नियात्रा

असम साहित्य सम्मेलनः एक ऐतिहासिक महोत्सवको सम्झना– ग

डा. गोबिन्द राज भट्टराई२०७८ कार्तिक ६ गते २२:३३

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस,  चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १८ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १९ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २१ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २५ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २६ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २७ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, २८ औं भागकालागि यहाँ क्लिक गर्नुहोला, २९ औं भागकालागि यहाँ क्लिक गर्नुहोला )

असमीया साहित्यले लिखित रूपमा प्रकाशित हुनुअघि अनेक थरीका लोक कविताका छातीमा निरक्षर तर सहज सरल मानसिका जीवनको रूप प्रतिफलित भएको पाइन्छ । पण्डितधर्मिताले दुषित नभएका र सतेज रूपमा चिन्हित यी मौखिक गीत र लोक कविताहरूले जनसाधारणको काव्यिक प्रतिभाको कुरा नै प्रमाणित गर्दछन् । असमीया साहित्यले लेख्य रूप लिएपछि एक सनातन धार्मिक चेतना र भक्ति प्रेम, ज्ञान धर्मको चिरन्तन वाणीले मुखरित वैष्णव आन्दोलन प्रारम्भ भयो । यस्तो काव्यधाराको प्रवाहिनी श्रोतमा डुब्दै पौडिँदै हाम्रो जातिले १९ औं शताब्दीको शेष समयमा उभिएर के देख्यो भने टाढाको क्षितिजमा नयाँ सूर्याेदय भइरहेको छ । यसले अंग्रेजी साहित्य मार्फत नयाँ युगको वार्ता लिएर आयो । जोनाकी पत्रिकाको प्रवाहमा स्रोतले चारैतिर रोमान्टिक भाव प्रसारित गरिदियो तर बिस्तारो गरी परिवर्तित समाज र समयको आह्वानमा जीवनको छन्द हराई रोमान्टिक कविताको प्रभाव क्रमशः क्षीण बन्दै गयो ।

कविता— विगत शताब्दीको तीसको दशकदेखि असमीया कविता सन्तोषजनक रूपमा अघिबढ्न सक्षम बनेको देखिन्छ । सारा विश्वलाई नै प्रचण्ड रूपमा घाइते बनाउने द्वितीय विश्वयुद्धको जगतलाई थर्कमान पार्ने भयावहतापछि असमका तरुण कविहरूले जयन्ती पत्रिकाका पृष्ठहरूमा यथार्थबोधलाई संवेदनशील अनुभूतिमा रूपान्तरित गर्दै नयाँ कविताको दैलो उघारेका थिए । परिवर्ती रामधेनु (पत्रिका) युगमा पाश्चात्य चेतनाले मानसिक दिगन्त विस्तारित गर्ने कविहरूको एक समूहले नयाँ परीक्षण र पर्यवेक्षणको शुरुआत गरे । त्यतिखेरदेखि चलिआएको काव्यिक प्रचलनले अहिले एक सुस्थिर स्तर प्राप्त गरेझैँ लागेको देखिन्छ ।

समयले कविताको रूप परिवर्तन गराउनु एक स्वाभाविक कुरो हो । कारण समय गतिशील हुन्छ । तसर्थ चयनित कविताहरूको पाठ र गीतका रूपमा गाई स्थायी र सकारात्मक रूप दिन सकिन्छ । उत्कृष्ट र मर्मस्पर्शी कविताको सृजना हुनु भनेको एक जीवित जातिको लक्ष्यण हो ।

त्यसभन्दा पनि माथि जून तारा (गीतको) रहस्यमय पृथिवी त्यागी निवर्तमानका कविहरू यथार्थ जीवनको कटु वास्तवलाई नयाँ रूप र व्यञ्जनाले प्रस्तुत गर्न सक्षम बनेको पाइन्छ । समाजका अवहेलित जनसाधारणको निरन्तर उत्तरणका निम्ति आजका कविले कवितालाई चेतनाको बाहकको रूपमा ग्रहण गरेको पाइन्छ । समाजको विचित्र र सर्वाधुनिक समस्याबारे विस्तृत ज्ञान र संवेदनशील दृष्टिभंगी ग्रहण गर्नु निवर्तमान कविहरूको एक मुख्य लक्ष्यणको रूपमा परिगणित भएको पाइन्छ । आधुनिक जीवनको परस्पर विरोधी अनुभव मननशील दृष्टिले सूक्ष्म रूपमा विचार गरी अनेक रूपमा अभिव्यक्त गरेको पाइन्छ ।

निवर्तमान असमीया कवितामा पाश्चात्य देश अतिरिक्त जापान, चीन, चिली, स्पेन, इजरायल आदि देशका कविताको प्रभाव परेको देखिन्छ । आधुनिक जीवनको परस्पर विरोधी अनुभव सार्वजनिक अनुभूतिले आजको कविता प्राणस्पर्शी बनेको पाइन्छ । माटाको संस्कृति अँगाली आजका कविले जीवनको जटिलता र संघातको छवि कथित भाषामा अभिव्यक्त गर्ने काव्य सङ्कलनका साथै अनेक पत्रपत्रिका र अखबारहरूमा अघिका कविहरूका साथमा नयाँ कविहरूले पनि कविता प्रकाशित गराएको पाइन्छ । यी कविताहरूमा केही कविता स्तरीय भए तापनि कतिपय चाहिँ स्तरीय पाइँदैनन् । समयले कविताको रूप परिवर्तन गराउनु एक स्वाभाविक कुरो हो । कारण समय गतिशील हुन्छ । तसर्थ चयनित कविताहरूको पाठ र गीतका रूपमा गाई स्थायी र सकारात्मक रूप दिन सकिन्छ । उत्कृष्ट र मर्मस्पर्शी कविताको सृजना हुनु भनेको एक जीवित जातिको लक्ष्यण हो । यस्तो परिस्थितिमा असमका कविता प्रेमीहरूले शायद अरू केही दिन प्रतीक्षा गर्नु पर्ला ।

कथा— उन्नाइसौँ शताब्दीको सृजना कथा आधुनिक साहित्यको एक महत्वपूर्ण विधाका रूपमा संसारका सबै भाषामा एक विशेष स्थान प्राप्त गर्न सफल बनेको देखिन्छ । बीसौँ शताब्दीको प्रारम्भमै समाजको भव्य जीवनको संघात र समस्याको प्रतिच्छवि प्रस्तुत गर्ने कथा साहित्यमा एक नयाँ धार प्रवर्तन गरिएको पाइन्छ ।

जोनाकी पत्रिकामार्फत असमीया साहित्यका पितृ पुरुष रसराज लक्ष्मीनाथ बेजबरुवाले थालनी गरेका साहित्यको यो धार धेरै अघि बढेको छ । कथाको क्षेत्रमा असमीया कथाकारहरूले भारतका अन्यान्य राज्यका कथासित प्रतिस्पर्धा गर्न सकेको र सर्वभारतीय स्तरमा स्वीकृति प्राप्त गर्न सकेको निसन्देह खुसीको कुरो हो । आवाहन पत्रिका र रामधेनु पत्रिकाले असमिया कथा साहित्यको क्षेत्रमा प्राण सञ्चार गरेका छन् अनि त्यतिबेलै परिपक्व र उत्कृष्ट भए तापनि परवर्ती कालमा पूर्वको मानदण्डमा अवतरित भएझैँ लाग्छ । कथा लेखनको धारा बन्द नभए तापनि गत शताब्दीको ३० देखि ७० को दशकको कालखण्डमा विचित्र विषयवस्तुलाई केन्द्रमा राखी पाठकको मन जित्ने कथाहरू लेखिएको पाइन्छ ।

समाज जीवनको विभिन्न चरित्रको रूप, इमानदारी, निष्ठाका साथै अध्ययन र अनुभवले पुष्ट छवि कलात्मक रूपमा प्रस्तुत गर्न सकियो भने पो हाम्रो उपन्यास साहित्य अन्य भाषाका उपन्यास साहित्यसित दाँजिन सक्छ । किनभने उपन्यास वास्तवमा यथार्थलाई केन्द्र गरी रचिएको एक सानो पृथिवी हो ।

निवर्तमानमा साङ्ख्यिक र गुणगत रूपमा त्यो स्तरको कथा पाइँदैन । अहिलेघरी ग्राम्य र नागरिक जीवनका समस्या प्रतिफलित भएका रसले समृद्ध कथाको संख्यामा कम्दै गएको पाइन्छ । त्यो स्थान बौद्धिक गुणले भरिएका कथाहरूले ओगटेका छन् । मर्मस्पर्शी जीवनधर्मी कथाको संख्या औँलामा गन्न सकिन्छ । यस प्रसङ्गमा के कुरो उल्लेख योग्य छ भने नयाँ कथाकारका कथाहरू प्रकाशित गर्न प्रकाशकहरू इच्छुक नभएकाले गर्दा असमीया कथासाहित्यको विकासमा बाधा आइलागेको देखिन्छ ।

उपन्यास— आफ्नै रचनाशैलीले चमत्कार सृजना गरी कथाको मादकताले पाठकलाई आकर्षित गर्ने साहित्यको मुख्य विधा उपन्यास हो । विगतका दशकहरूमा असमीया साहित्य जगत्मा उपन्यासको सङ्ख्या बढ्दै गएको पाइन्छ अनि नयाँ लेखकहरू यस विधाको लेखनमा प्रतिवद्ध भएका छन् । यिनमा कतिपय पुरस्कृत पनि भएका छन् । निःसन्देह यो शुभ लक्ष्यण हो । तर गुणगत रूपमा स्तरीय उपन्यासहरूको संख्या बढेको छ चाहिँ भन्न सकिँदैन । गम्भीर जीवनबोधले अनुप्राणित र कथन शैलीको विचित्रताले भरिएको मानवीय सम्बन्धको स्वरूप र भाव चित्रित, सफल र सम्पूर्ण छवि अङ्कित उपन्यासहरूको संख्यामा थोरै छ । निसन्देह असमीया साहित्यमा धेरै उपन्यास नलेखिएका होइनन् तर महत् उपन्यास अझै पनि लेखिएको पाइँदैन । समाज जीवनको विभिन्न चरित्रको रूप, इमानदारी, निष्ठाका साथै अध्ययन र अनुभवले पुष्ट छवि कलात्मक रूपमा प्रस्तुत गर्न सकियो भने पो हाम्रो उपन्यास साहित्य अन्य भाषाका उपन्यास साहित्यसित दाँजिन सक्छ । किनभने उपन्यास वास्तवमा यथार्थलाई केन्द्र गरी रचिएको एक सानो पृथिवी हो । अनागत दिनहरूमा आशावादी पाठकको यो आशा निश्चित रूपमा पूर्ण हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।

नाटक— सबै रसले रमणीय हुने विधा नाटक हो । किनभने साहित्य कलालाई उपेक्षा गरियो भने नाट्य कला मूल्यहीन हुँदछ । वास्तवमा नाट्यशिल्प साहित्य मात्रै नभएर चारुकला र कारुकलाझैँ बहुकलाको समाहार हुने विधा हो । योभन्दा पनि माथि साहित्यका अन्यान्य विधाभन्दा नाटकसित समाजको सम्बन्ध बढी घनिष्ठ हुँदछ । कविता, कथा, उपन्यास आदिलाई पाठकले एक्लै उपभोग गर्दछ तर नाटक सामूहिक रूपमा उपभोग गर्ने कला हो ।

गुरु श्रीमंत शंकरदेवले लेखेका अङ्कीया नाटक, भाओनोले यात्रा प्रारम्भ गरिएको नाट्य आन्दोलनको आधुनिककाल बीसौँ शताब्दीको पचासको दशकबाट शुरु हुन्छ । त्यो समयका उल्लेखनीय विशिष्ट नाटककारहरूमा ज्योतिप्रसाद आगरवाला, अतुलचन्द्र हाजरिका, नकुलचन्द्र भुइयाँ, कमलाकान्त भट्टाचार्य, प्रसन्नलाल चौधुरी, लक्ष्यधर चौधुरी, प्रवीण फुकनको नाम लिन सकिन्छ । उनीहरूको बाटो अनुशरण गरी केही नयाँ नाटकारहरू आए र २१ औँ शताब्दीमा असमको नाट्यसाहित्य धेरै अघि बढेर गएको पाइन्छ । निवर्तमानका नाटककारहरूले विभिन्न प्रकारका सामाजिक, पौराणिक, मनोवैज्ञानिक आदि कथावस्तुलाई विभिन्न रचनाकौशलले प्रस्तुत गरेको देखिन्छ । विदेशी भाषाका कयौँ नाटक असमीया भाषामा अनुवाद गरी मञ्चमा खेलिएको पाइन्छ ।

साहित्यको एक विशिष्ट विधा हो अनुवाद । संसारका विभिन्न जाति उपजातिको साहित्य, कला, संस्कृतिको आदान–प्रदानको एक महत्वपूर्ण माध्यमका रूपमा प्राचीन कालबाटै अनुवादले स्वीकृति प्राप्त गर्दै आएको छ ।

असमीया भाषामा नाटकप्रेमी, नाटककार, अभिनेता अभिनेत्रीको कमी छैन । यतिन्जेल धेरै नाटक लेखिसकिएको पाइन्छ । तर प्रकाशकहरूको नाटक प्रकाशनप्रति रहेको उदासीनताले गर्दा प्रकाशित नाटकको सङ्ख्या थोरै छ । यसैगरी नाटकका पाठकको पनि तुलनामूलक रूपमा कमी रहेको पाइन्छ । प्रत्येक वर्ष मात्र मञ्चमा सफल भएका केही नाटक प्रकाशित हुन्छन् । पाठ्य पुस्तकमा गाभिएका नाटकबाहेक नाटक किन्ने र पढ्ने मानिसको संख्या नगण्य रहेको पाइन्छ । असमीया नाटककारले स्वीकृति भेटे पनि मर्यादा नभेट्नु दुर्भाग्यजनक कुरो भएको छ । निवर्तमानमा भ्राम्यमान नाट्य गोष्ठीहरूले मञ्चन गर्ने नयाँपुराना नाटककारका नाटकले उत्कृष्ट कथा, सुन्दर अभिनय र आशाव्यञ्जक वाणीले अपार दर्शकलाई आकर्षित गर्न सक्नु एक हर्षको कुरो बनेको छ । यस क्षेत्रमा नाटक अभिनय र निर्देशनलाई पेशामूलक कलाका रूपमा स्थापित गर्न सफल हुनु एक उल्लेखनीय कुरो बनेको छ ।

विषयवस्तु र कलाकौशलबीच सुसमन्वय राखी नयाँ शैलीमा नाटक सिर्जना गर्नेबारे गम्भीररूपमा विचार गर्ने समय आएको छ । त्यसभन्दा बढी के कुरा भन्दा पुरानो नाट्यादर्शका साथै लोक नाटक आदिसित संंहति कायम गर्न सके नाट्य कलाको शुभ भविष्यको बाटो प्रशस्त हुनेछ । यस क्षेत्रमा नाट्यसम्मिलन र नाट्यगोष्ठीको बढी दायित्व रहन गएको छ ।

निबन्ध— कथा, कविता, उपन्यास, बालसाहित्य आदिबाहेक एक जीवन्त जातिको गतिशीलता, विशालता र ज्ञानको गहिराइको परिचय उच्चस्तरीय तत्वमूलक निबन्धमार्फत प्राप्त हुन्छ । हाम्रो साहित्यमा पाण्डित्यपूर्ण निबन्धहरूको अभाव रहेको महसुस हुन्छ । अभिव्यक्तिको स्वकीयता र बुद्धिदीप्त मौलिक चिन्तनले जीवन र समाजको विचार विश्लेषण गरी तिनको समाधानसूत्रको दिशा दिने निबन्धको अभाव धेरै दिन अघिदेखि खट्किरहेको छ । विगतका कतिपय दशकमा निबन्ध संग्रह कतिपय प्रकाशित भए पनि यसको संख्या धेरै रहेको पाइँदैन ।

अनुवादका निम्ति पुस्तक चयन गर्दा खास तवरमा सतर्क रहन आवश्यक हुन्छ । अनुवाद गर्दा पुस्तकको गुण अवगुणको उठान र त्यस अनूदित पुस्तकको साहित्यिक र सामाजिक तात्पर्यको उल्लेख हुनुपर्छ ।

प्रकाशकहरूको उदासीनताले गर्दा नयाँ पुराना लेखकका धेरै मूल्यवान निबन्धहरू पत्रपत्रिकामै सीमित छन् । के कारणले यस्तो हुनगएको छ भने यस्ता पुस्तकका पाठक र क्रेताको संख्या अघिभन्दा धेरै घटेको पाइन्छ । असम प्रकाशन परिषदको सरकारी सहायतामा यस्ता पुस्तक प्रकाशित भए पनि तिनको संख्या पर्याप्त पाइँदैन । पुराना लेखकहरूका साथै उच्च शिक्षित नयाँ पिँढीका लेखकहरू यस क्षेत्रमा अघि बढेर आएनन् भने यस विधामा असमीया साहित्यमा सुदिन आउने आशा कमै देखिन्छ ।

अनुवाद— साहित्यको एक विशिष्ट विधा हो अनुवाद । संसारका विभिन्न जाति उपजातिको साहित्य, कला, संस्कृतिको आदान–प्रदानको एक महत्वपूर्ण माध्यमका रूपमा प्राचीन कालबाटै अनुवादले स्वीकृति प्राप्त गर्दै आएको छ । एकजना मानीषीले के मन्तव्य दिएका थिए भने अनुवादको सकारात्मक प्रभावले नै अंग्रेजी साहित्यको खेत मलिलो पारेको थियो । असमीया साहित्यमा श्रीमन्त शंकरदेव, श्रीश्री माधवदेव आदि मुख्य वैष्णव गुरुहरूले भारतीय साहित्यबाट अनुवाद मार्फत आध्यात्मिक भावआदर्श ग्रहण गरी जनगणबीच वैष्णव धर्मको प्रचार गरेका थिए । अनुवादमार्फत देशविदेशका विभिन्न विधाका साहित्यसित परिचित हुने सुयोग प्राप्त हुन्छ ।

अन्य भाषादेखि असमीया भाषामा अनुवाद गर्नका साथै असमीया भाषामा सृजित चयनित केही पुस्तक अन्य भारतीय भाषा र अंग्रेजी भाषामा अनुवाद गर्ने कामलाई महœव दिनुपर्छ । साहित्य अकादमी, नेशनल बुक ट्रष्ट आदि विभिन्न प्रकाशक संस्थानले अनुवादका क्षेत्रमा खास भूमिका खेलेको पाइन्छ ।

वास्तवमा अनुवाद कार्य एक कठिन विषय हो । यसो र महाकवि भर्जिलले ग्रीसेली महावीर हक्र्युलिसबाट अस्त्र खोसी ल्याउनुभन्दा होमरको महाकाव्य अनुवाद बढी कठिन छ भनेका थिए । अनुवादका निम्ति पुस्तक चयन गर्दा खास तवरमा सतर्क रहन आवश्यक हुन्छ । अनुवाद गर्दा पुस्तकको गुण अवगुणको उठान र त्यस अनूदित पुस्तकको साहित्यिक र सामाजिक तात्पर्यको उल्लेख हुनुपर्छ । यो भन्दा पनि अप्राप्य पुराना पुस्तकहरू विभिन्न अञ्चलका साहित्यिक शाखाहरूले सङ्ग्रह गरी प्रकाशित गर्ने प्रयास गर्नुपर्छ ।

क्रमश : आगामी शनिवार

तपाइँको प्रतिक्रिया

फेसबुक