शुक्रबार, वैशाख १४, २०८१

रोड्याइँ !

युवराज नयाँघरे२०७८ कार्तिक ७ गते ६:०१

‘हत्तेरिका कस्तो दिक्क ला’को !’
पटक–पटक सुनिरहेको छु यो बोली ।

एकान्त खोज्दै भाइको घर पुगेको छु । भाइका साना छोराछोरीले गलफती गरिरहेको कानले सुनेका छन् । आँखामा कानुनका ठेली टाँसिएका छन् । राजधर्म र कौटिल्यको अर्थशास्त्र छिचोल्न खोज्दैछु ।

कानमा बुहारीले केटाकेटीलाई भन्न छोडेकी छैनन्– ‘हत्तेरिका, कस्तो दिक्क ला’को भन्या !’

बीचको ठूलो कोठा पूर्वको सोते कुनामा पढ्न र लेख्न बसेको छु म । यो चेपमा हुने एकान्त र चुपचाप एकदमै प्यारो लाग्छ । जता र जहाँसुकै कम्पन भएकैले होला सुनसानको खोजी यत्रो विदि !

पर्दा नहटाइकनै काम चलाइरहेको छु । एकातिर बाहिरको छायाँ र चरित्रबाट बच्न सकेको छु । अर्कातिर आपूम्लाई बाँध्न सकेको लाग्दैछ भित्रैदेखि ।

खलबल चिरिएर मसम्म आइरहेको छ पटक–पटक । राजधर्मका पानाहरु पल्टिन सकेका छैनन् ठ्याम्मै । नानीहरुका ठुस्काठुस्की र घुर्कीले म तानिएको छु घरीघरी ।

नौ वर्षकी सुकृति र सात वर्षका सुशांक । अब मञ्चित हुने नाटकका प्रमुख पात्र–पात्रा । मुख्य तर गौण अभिनय गर्ने छिन् तिनकी आमा अर्थात् मेरी बुहारीले ।

यिनीहरु मिले हुन्थ्यो !’ म याचना गर्छु । तर त्यो बिन्ती मदेखि मसम्म मात्रै । पुग्दै सक्तैन पल्लो कोठाको ती कलिला शरीर सामु । हमेशा चकचक गरिरहने हत्केलामा यो अनुरोध जानै सक्तैन । निरन्तर छुकछुक गर्ने ती पैतालामा यी आग्रहका सुसेली ढिम्किनै सक्तैनन् ।

केटाकेटीको ङार्रङुर्र छ आफ्नै तालको । सावधानी र खबरदारीको ईशारा उत्तिकै चर्को लाग्दैछ पटक–पटक । म ती टुक्रिरहने चरित्र र सग्ला स्थितिहरुको अनेक भाव कल्पिरहेको छु पल्लो कोठाबाटै ।

‘यिनीहरु मिले हुन्थ्यो !’ म याचना गर्छु । तर त्यो बिन्ती मदेखि मसम्म मात्रै । पुग्दै सक्तैन पल्लो कोठाको ती कलिला शरीर सामु । हमेशा चकचक गरिरहने हत्केलामा यो अनुरोध जानै सक्तैन । निरन्तर छुकछुक गर्ने ती पैतालामा यी आग्रहका सुसेली ढिम्किनै सक्तैनन् ।

मेरो रहरको स्वर घुम्छ मेरै ओठ वरिपरि । पल्लो कोठाको खलबलले अर्कै रुप लिइरहेको छ यतिबेला । एकाएक आँधीले बस्तीमा बवण्डर मच्चाए जस्तो । शरीरमा सुलसुलेले रौद्र शैली देखाएजस्तो ।

सुनिरहेका कानले अरु बढ्ता नहोस्को हात जोडिरहेका छन् । ‘दिदी, मलाई पेन्सिल देऊ । तिम्रै जस्तै है !’ भाइको अनुनय छ एकदमै कोमल ।

‘मेरो जत्रै किन चाहियो ? तेरो सानो पेन्सिल छँदैछ नि ।’दिदीको ठालुपन सुनेँ एकनासको जर्खरिँदो ।

‘दिन्छेस् कि दिन्नस् ?’
‘दिन्न, के गर्छस् ?’

आदरभाव एक्कासी झरेर क्रोधमा आयो । कठोरताले आफूलाई अझ बलशाली बनायो । अहम् र आक्रोशका फँणा उठेर डस्न तयार भएको अनुभूति भयो मज्जैले ।

‘साँझसम्म राजधर्म छिचोल्न नसक्ने भएँ !’झगडामा थिग्रिन नसकेको मनलाई सोध्छु । भत्किरहेको एकान्तलाई समेट्न खोज्छु निरन्तर । चोइटिरहेको परिवेशको पत्रलाई गाँस्न खोज्छु बारम्बार । तर मज्जैले चर्केको एकान्तको पर्खालको जोड्ने खुस्केको लागिरहेछ । रसायन पग्लिएको ठान्दैछु म ।

अर्थशास्त्रका गुदी ज्ञानले उथलपुथल भएको छु । सामान्य हिसाबमा समेत विजयी हुन नसक्ने पेचिलो स्थितिले गाँजेको छ समाजलाई । घेराबन्दीका अनुहारमा आफूलाई बिउँताउँने साहस खोजिरहेको छु म राजधर्मको ठेलीसँगै ।

‘तिमेरु कुकुर र बिराला जस्ता !’आमाले दुवैलाई पेन्सिल दिएको सुनियो । बोलीले यही अर्थ दिन्थ्यो । म बसेको कोठासम्म यही राग घन्कियो टड्कारो । यही सुवास र परिकारले मै नि धन्य–धन्य भएँ ।

कलकली भोकाएका कानलाई जुरेको भोजन । मीठो–नमिठो वा खल्लो–चर्को । अथवा पिरो–अमिलो कुनै स्वादभन्दा भोक मेट्न पाएको आनन्दी । यी हर्षले मन ढुक्क भएको उल्लासले पग्लिरहेको छु, छु ।

कानमा आइजाई भइरहेको बोली । एकछिनको चुपचाप । सुस्तरीलाई जितेर फेरि आवाजले नर्सिङ्गा र झ्याली बजाउँछन् । मुर्चुङ्गा घन्किन पुग्छन् उत्तालसँग ।

आदरभाव एक्कासी झरेर क्रोधमा आयो । कठोरताले आफूलाई अझ बलशाली बनायो । अहम् र आक्रोशका फँणा उठेर डस्न तयार भएको अनुभूति भयो मज्जैले ।

‘दिदी, मेरो पेन्सिल तासिदेऊ न !’

‘सक्तिनँ, लुरे म !’

अनुरोधलाई इन्कार गर्ने दिदीको बोली सुन्छु । यिनको उमेरको दाँवलीपन हेर्छु । एउटै कोखबाट आएका यी दुवैमा लैङ्गिक भिन्नता छ । त्यही फरकपन गाँसिएको होला हठ, स्नेह, आग्रह र अभिलाषामा ।

पल्लो कुनामा बसेर के भो ! म फैलिन पुगेको छु नानीहरुकै कोठामा । तिनले छरपस्ट पारेका किताब छन् । ज्यामितीका बक्स वा कलम– रबर कोच्ने थैलो । पानीका बोतल वा टिफिनका बट्टा ।

डिकमुनि खसेका अक्षर अनि शब्द । अशुद्ध र भाव गर्भधारणा गर्नै नसक्ने वाक्यहरु । मसी, लत्पतिएको लेघ्रो वा केरमेट गरिएका कापी र किताब ।

चारैकुना दोब्रिएर अनि खुम्चिएका किताब । यस्तै मञ्चनमा अल्मलिएका अनुहार आउँछन् । अघिल्लो दिनको गृहकार्यमा थेच्चिएको मन । आज डायरी पल्टाएर त्यत्तिकै बामपुड्किँदै गएको उज्यालोमा मलिनता पसेको मुहार ।

मेरा अघिल्तिर रहेका राजधर्म र अर्थशास्त्रको गतिशील ग्रन्थभन्दा औधी जीवन्त । अघोरै शक्ति सम्पन्नलाग्दा छन् ।

‘हिजो मैले तिम्रो बेलुन फुक्देको थिएँ नि !’

‘दुइटा त फुटाइहालिस् नि तैँले !’ दिदीको प्रतिवाद छ–छ ।

झगडामा थिग्रिन नसकेको मनलाई सोध्छु । भत्किरहेको एकान्तलाई समेट्न खोज्छु निरन्तर । चोइटिरहेको परिवेशको पत्रलाई गाँस्न खोज्छु बारम्बार । तर मज्जैले चर्केको एकान्तको पर्खालको जोड्ने खुस्केको लागिरहेछ ।

उज्यालो खस्न मानेको छैन यो दिदीभाइको वरपर । एउटा कुनाबाट बादल खुल्दै आए पनि अर्को दिशाबाट बेपत्तैले थुप्रिरहेको छ चट्याङ । यै तस्वीर पालेर बसिरहेको छु म यो कुनाको कोठामा ।

थामिएको छ घुर्की र बिन्ती । दगुरादगुर पनि छैन । खुट्टा ढ्याबढ्याब पनि बजेका छैनन् । उफ्रिपाफ्री पनि थान्कोमान्को लाग्न पुगेका छन् । सोफाबाट फाल हाल्ने वा चिप्लेर गलैंचामा धस्सिएका ध्वनि आइरहेका छैनन् कत्ति पनि । म बाँडिएको छु दुईतिरै ।

‘भाइ ले–ले पेन्सिल । म ताछिदिन्छु । तैँले धेरै कचकच गरिस् ।’ उमेरले केही जेठीबाठी भएको अनुभव बोल्यो । दिदीले भनेका यत्ति भनाइले सहनशीलता वा परस्पर जिम्मेवारी बोध हुन्छ ।

‘कटर ले त । म ताछिदिन्छु नि मिलाएर ।’ दिदीको बोलीमा सामान हुत्तिएर सहमति हुन पुग्छ । आँखालाई छेकाबार आफैले गरेको छु मैले । चश्मा वा आफ्नै परेलीले बाधा हालेका छन् । इन्द्रियहरुका हजार जालोमा कोचिएका दृष्टिभित्रको अपार चेतना पानीका टिलपिलमा बस्न पुगेका छन् वरै । अति नै वर ।

अझ पर्खाल, पर्दा र शिशाका बारले खेलेको भूमिका कहाँ र कसरी बिर्सनु ।
खितित्त–खितित्त !

यो हाँसो आयो । हातको कटर खस्दो रै’छ कडा पेन्सिलका कारणले । अनि भाइ हाँस्तो रहेछ । उसको पेन्सिलको कठोरताले जितेको हाँसो । अथवा ऊभित्र बसेको लोग्नेमान्छेको दम्भ ।

खितित्त–खितित्तले दिदीलाई गलाउन सक्तैन ।
‘यी ताछिहालेँ नि !’ ख्वार्र–ख्वार्र आवाजमा पेन्सिल ताछियो । पटक–पटक चिप्लिने पेन्सिल यतिखेर कलिला हत्केलामा थुनिएको हुनुपर्छ । त्यस्तै कोमल औंलाको चेपुवामा परी सुइँसुइँ ताछियो होला पेन्सिल ।

पर्दालाई बाहिरको घामले निल्न खोज्छ एकनासले । मलाई यी हलचलपूर्ण दृश्यले चिमोटिरहेको लाग्छ । पल्लो कोठाको गति र यो कोठाको असर । अगाडि बसेका राजधर्म र अर्थशास्त्रका खाइलाग्दा पुस्तक ।

ग्रन्थको मोटोघाटो रुप पिउन सके पनि पचाउन सकिरहेको छैन मैले । आँखाको जित के भन्नु ! कम्पन बढ्छ उल्टै हारको । पल्लो कोठाको शान्तिले आफ्नो सिँगारपटार गरिरहेको हो कि !

‘तिमेरु पढ्दैछौ कि खेल्दैछौ ?’ बुहारीले खैखबर गरेको सुनेँ ।

‘भाइको पेन्सिल तास्दिदैछु !’दिदी बोली ।

अब फेरि चकमन्न । दुईतिरको चुपचापलाई एकै ठाउँमा घोलघाल पार्छु । पत्रमा सजिएको एकान्तले अँगालो हालेको मन पर्छ भित्रैदेखि । भलाद्मी वा प्रिय एकान्त !

दिदीको बोलीमा सामान हुत्तिएर सहमति हुन पुग्छ । आँखालाई छेकाबार आफैले गरेको छु मैले । चश्मा वा आफ्नै परेलीले बाधा हालेका छन् । इन्द्रियहरुका हजार जालोमा कोचिएका दृष्टिभित्रको अपार चेतना पानीका टिलपिलमा बस्न पुगेका छन् वरै । अति नै वर ।

एकाएक रुवाबासी भयो । किताबलाई थन्काएर आएँ दिदीभाइको गतिविधि जान्नलाई । दुवै आँखा तरातरमा छन् । आँसुका खहरेमा बगेका छन् दुवै जना ।

‘के भो फेरि ?’ मैले जान्न खोजेँ तिनको रोड्याइँ ।

‘यल्ले मेरो पेन्सिल ताछेर एकदमै सानो पारिदिई !’भाइ निकै झ्वाँक्कियो । उसले गुनासो भन्दा नि अधिकारमा धावा बोलिएको झैं ठान्यो । ऊभित्र पराजयभन्दा नि चुनौती तेर्सिएको देखापर्‍यो । उसले हेपाइभन्दा नि पेलाहा चरित्रले औंला उठाएको बोध गर्‍यो ।

‘मेरो पेन्सिल यसले जानी–जानी छोटो पारी !’ तिमी मानिएकी दिदीलाई उसले अनादर गर्‍यो तँ भनी ।

अब तरङ्ग आइसकेको थियो परिवेशमा । मैले यिनको रडाको नमिलाई धरै पाउँदिन । मिलाप नगरी भएकै छैन मैले ।

बिग्रिएको रहेछ कटर । भुत्ते कटरले तास्दातास्दै निकै छोटिएछ पेन्सिल । मैले नि परैबाट देखेँ, ठुट्टिएको पेन्सिल ।

‘म पनि त्यस्तै पार्दिन्छु !’ उसले तुजुग देखायो राम्रैसँग ।

भाइले ताछेको ताछेकै गर्‍यो पेन्सिल । छोटोबाट महा छोटो भयो दिदीको पेन्सिल । दिदीले पनि फेरि खोसेर भाइको पेन्सिल निकै छोटो पारी । रोकिएन यो क्रम ।

देशमा यस्तै–यस्तै काम छ दलहरुको !

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया