शुक्रबार, वैशाख १४, २०८१

फ्रान्सेलीले मकै भित्र्याउँदा परेवालाई पर्व

नेपालप्लस संवाददाता२०७८ कार्तिक ७ गते ११:१२

निकै टाढाबाट बादलमा किरिमिरि किरिमिरि देखियो । करोडौं चराको बथान हो भन्ने पक्का भएपछि ति उडेको आकाश नजिक जाने निधो भयो । अलि पर जाँदा मकै भाँचेको बारे आइपुग्यो । मकै भित्र्याउँने फ्रान्सेली तरिका गज्जबको रहेछ । मेशिनले मकै भाँच्ने, तत्कालै खोल्स्याउने र छोडाएर भुत्ला, खोइला सबै खेतैमा छोडिदिने । छोडाएका मकै लिएर जाने ।

मकै भाँचेर बारीमै छोडाउँदा थुप्रै मकैका घोगा र छोडाउँदा मकै खेतमै झर्ने रहेछन् । यो थाह पाएर सयौं किमी टाढा देखि परेवा आउने रहेछन् । यो परेवाको हुल मकै थन्क्याएपछिको बारेमा लाखौं लाख थिए । स्याउँस्याउँति देखिने किरा जस्तै । यि परेवाहरुको सन्चार सम्पर्कपनि अत्यन्त छिटो हुने रहेछ । यिनले आफ्ना आफ्ना समुह बनाएका थिए । लाखौं लाख परेवाको छुट्टाछुट्टै समुह । आकाशमा जता हेर्दापनि यो मकै बारीमाथि आकाशको चारै दिशाबाट परेवाहरु यतै आइरहेको मात्रै देखिएको थियो । केहिबेर चरेपछि ति समूहमै उड्थे र पटटटटट वस्तिनै थर्किने जस्तो आवाज आइरहेको थियो ।

फ्रान्सेली मकै भित्र्याउँदा परेवालाई पर्व जस्तै हुने रहेछ । ति टाढा टाढाबाट आएर यो पर्वमा सामेल हुने रहेछन् । छुट्टिएकाहरुलाई यो मकै भित्र्याउने पर्वले जुटाइदिने रहेछ । असाध्यै रमाउने रहेछन् लाखैं लाख एकै ठाउँमा भेला भएर ।

तपाइँको प्रतिक्रिया