शनिबार, वैशाख १५, २०८१

एनसीसी विश्व भेलामा सहभागि बनेर केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई मुछेको आरोप

नेपाल प्लस२०७८ कार्तिक ८ गते २०:०२

एनआरएनए स्पेन क्षेत्रिय समिति कोष्टाब्याङ्काले आयोजना गरेको कार्यक्रममा कुटाकुट विवादकाबीच एनआरएन स्पेनले आयोजना गर्न लागेको दशैं तिहार कार्यक्रममा स्पेनका दुई राजनीतिक संगठनहरुले बहिष्कारको घोषणा गरेका छन् ।

नेकपा एमाले निकट प्रबासी नेपाली मञ्च स्पेन र नेकपा माओबादी निकट नेपाली जनप्रगतिशील मञ्च स्पेनले कार्यक्रम बहिष्कारको घोषणा गरेका हुन् ।

कांग्रेस निकटका एनआरएनए स्पेनका अध्यक्ष शालिकराम डुम्रे नेतृत्वले आइतवार आयोजित एनसीसीहरुको भेलामा सहभागि बनेपछि दुवै संगठनहरु आक्रोशित बनेका छन् । उनीहरुले उक्त एन सिसी भेला केन्द्रिय अध्यक्षका प्रत्यासी कुल आचार्य पक्षले आयोजना गरेको भन्दै आएका छन् । एन सिसीहरुको केन्द्रिय विवादमा एनआरएनए स्पेनलाई पनि मुछ्ने काम गरेको उनीहरुको आरोप छ ।

‘एनआरएनएको विधान र मर्म विपरित एनसीसीहरुको भेलामा स्पेनले प्रतिनिधित्व गर्नु गम्भिर आपत्ति र स्पेनबासी नेपालीहरुको भावाना विपरित भएको भएको हामीले ठहर गर्दछौ।’ सयुक्त्त विज्ञप्तिमा उल्लेख गरिएको छ।

कडा शब्दहरुको प्रयोग गर्दै एनआरएन स्पेनले आयोजना गर्ने कार्यक्रमहरु पूर्ण रुपमा अस्विकार गर्ने निर्णय संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

कोष्टाब्याङ्काको दशैंतिहार कार्यक्रममा नेपालीहरुबीच कुटाकुट भएपछि क्षेत्रीय समिति कोष्टाब्याङ्का र नेपाल समाज एसोसियशनले तीन जना ब्यक्तिहरुको नाम नै किटान गर्दै सामाजिक बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यसपछि एनआरएन स्पेन विवादमा मुचिएको हो । बहिष्कार गरिएका ब्यक्तिहरु कम्युनिष्ट पार्टीनिकट रहेको बताइ एको छ तर कुन पार्टीका भनेर खुलाई एको छैन ।

ति व्यक्तिहरुलाई अपशब्द बोलेको,महिलामाथि सम्मान नगरेको र हातपातमा उत्रेको आरोप सहित सामाजिक बहिष्कारको निर्णय गर्दै क्षेत्रीय समिति कोष्टाब्याङ्काले बिज्ञप्ति प्रकाशित गरेको थियो ।

तपाइँको प्रतिक्रिया