बिहीबार, चैत १५, २०८०

उपन्यासकार कटुवालको ‘फेरि अर्को बिहानी’ विमोचित

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक ९ गते १३:२६

उपन्यासकार हरि कटुवालको तेस्रो उपन्यास ‘फेरि अर्को बिहानी’ आख्यानकार कृष्ण धरावासी र निबन्धकार युवराज नयाँघरेले संयुक्त रुपमा विमोचन गरेका छन् ।

कार्यक्रममा मन्तव्य दिँदै साहित्यकार धरावासीले कुनै पनि लेखकले इमानदार र निरपेक्ष भई सिर्जना गर्न सके लेखन प्रभावशाली हुने उल्लेख गर्दै साहित्यमा लाग्ने लेखकले लोभ गर्न नहुनेमा जोड दिए ।

निबन्धकार युवराज नयाँघरेले कटुवाललाई शुभकामना दिँदै कटुवालको कृति लोभलाग्दो भएको बताए । उनले भने, “द्वन्द्वलाई अत्यन्तै कलात्मक रुपमा लेखिएको यो उपन्यास नेपाली समाजको पीडालाई उतार्न सक्षम छ ।”

पल्लव प्रकाशनको आयोजनामा सम्पन्न कृति विमोचन कार्यक्रममा जीवनाथ खनाल, हरि कटुवाल र ऋषिराम पाण्डेले आफ्नो विचार राखेका थिए ।

उपन्यासकार कटुवालको यस अघि दुई उपन्यास ‘अधुरो सपना’ र ‘रेडलाइट’ प्रकाशित भइसकेका छन् । नेपाली औपन्यासिक संसारमा कटुवालको लेखकीय उपस्थिति महत्वपूर्ण हुने विश्वास देखा परेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक