शुक्रबार, वैशाख १४, २०८१

पेरिसकि महिला मेयर अब राष्ट्रपतिको उम्मेदवार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ कार्तिक ९ गते १४:३६

फ्रान्सको राजधानी पेरिस महानगरपालिकाकि मेयर आन हिदाल्गोले आगामी वर्ष हुन गैरहेको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारि घोषणा गरेकि छन् ।

उनले आफ्नो समाजवादी पार्टीको लिल शहरस्थित कार्यालयबाट राष्ट्रपती निर्वाचनको अभियान शुरु गरेकि हुन् ।

समाजवादी पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बनेकि उनले चुनावि अभियान घोषणा गर्दै पहिलो र्‍याली आयोजना गरेकि छन् ।

यो निर्वाचनकालागि उनको उमेदवारी घोषणा भएपनि यसमा उनले लोकप्रियता हासिल गर्न अझै धेरै मेहनत गर्नुपर्ने सर्बेक्षणहरुले देखाएका छन् ।

समाजवादी पार्टीका नेता र समर्थकहरू उत्तरी फ्रान्सेली शहर लिलमा हिडाल्गोको समर्थनमा आयोजित र्‍यालीमान भेला भएका थिए । हाल राष्ट्रपतिय निर्वाचनबारे गरिएका सर्वेक्षणले उनको पक्षमा १० अंकमा मा पाँच देखि ६ प्रतिशतले मतदान गरेको देखिएको छ ।

लिलमा शनिबारको कार्यक्रममा समर्थकहरूले हिडाल्गोको नामले अन्तर्राष्ट्रिय मान्यता पाएको उल्लेख गरेका थिए । उनीहरुले राष्ट्रपतीको कार्यालय एलिजे दरबारमा महिलालाई स्थापित गर्नुपर्ने भन्दै समर्थन गरेका थिए । महिला उम्मेदवारले उत्साह थपेको बताएका छन् ।

आफ्नो संबोधनमा हिडाल्गोले भनिन् “फ्रान्सेलीहरू राष्ट्रपति एमानुएल माख्रोंको दयालु तरिकाले वर्णन गर्ने तर काम नगर्ने चिप्ला कुराबाट थकित छन् ।”

“म फ्रान्सका जनताको लागि आएकि छु ताकि यति धेरै उदासीनता र संवेदना पछि हामीले उनीहरूलाई न्याय र उचित विचार दिन सकौं” उनले करिब १,७०० कार्यकर्ता र पार्टीका समर्थकहरूको भीडलाई संबोधन गर्दै भनिन् ” जनता सामाजिक परिवर्तन, पारिस्थितिकीय प्रणालीको संरक्षण र प्रजातान्त्रिक परिवर्तन हेर्न चाहन्छन् । र फ्रान्समा लोकतान्त्रिक पुनर्जन्म भएको देख्न चाहन्छन् ।”

“यहाँ थुप्रै फ्रान्सेलीहरूको संख्या छ जसको वर्तामन र भविष्यका बारेमा सोच्न आवस्यक छ” उनले थपिन् ।

हिडाल्गोले ओलम्पिक गेम फ्रान्समा ल्याउन सफल भएको, वातावरणिय क्षेत्रमा राम्रो काम गरेको, सामाजिक घरहरुको राम्रो ब्यवस्थापन गरेर न्युन आय भएकाहरुलाई सहयोग गरेको, ट्राफिक ब्यवस्थापन गरेको लगायतका विषयमा मेयरका रुपमा लोकप्रिय बनेकि हुन् ।

तपाइँको प्रतिक्रिया