बिहीबार, चैत १५, २०८०

एनआरएन फाउण्डेशन विधिवत रुपमा दर्ता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ कार्तिक १० गते १३:२१

गैरआवासीय नेपाली संघले सामाजिक सेवा र परोपकारि काम गर्न खडा गरेको एनआरएन फाउण्डेशन विधिवतरुपमा दर्ता भएको छ ।

आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसँगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था स्थापना घोषणा गरेको थियो । उक्त फाउण्डेशन नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ ।

यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको गैर नाफामूलक, गैर-राजनीतिक तथा गैर–सरकारी संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने एक व्यावसायिक फाउण्डेशन हुनेछ ।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने छन् । त्यस्तै, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला रहेका छन् ।

फाउण्डेशनको पहिलो आधिकारीक बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक