शनिबार, वैशाख १५, २०८१

फ्रान्स- बेलायत तनाव : फ्रान्सद्वारा बेलायती डुंगा रोकिदिने धम्की

नेपालप्लस संवाददाता२०७८ कार्तिक ११ गते १८:१०

photo credit-paudal.com

ब्रेक्जिटपछिको संझौता कार्यान्वयनमा विवाद बढ्दै गएका बेला फ्रान्सले अब बेलायती डुंगाहरुलाई आफ्नो क्षेत्रमा पर्ने एटलान्तिक महासागरको भागमा पस्न नदिने चेतावनी दिएको छ ।

मछुवारहरूलाई एटलान्तिक महासागरको बेलायती क्षेत्रमा माछा मार्ने इजाजतपत्र प्रदान नगरेसम्म बेलायतका सबै डुङ्गाहरूमा पहुँच रोक्ने युरोप मामिलाकालगि फ्रान्सका मन्त्रीले बिहीवार बताएका छन् । फ्रान्सले बेलायतप्रति शून्य-सहिष्णुताको दृष्टिकोण अपनाउनेपनि उनले आज बिहिवार बताए ।

“अहिलेसम्म हामीले वार्तालाई पछ्याएको हो र त्यसमा म अडिग छु । आज हाम्रा आधा मछुवारले मात्रै माछा मार्ने इजाजतपत्र पाएका छन् । तर त्यो पर्याप्त छैन र स्वीकार्य छैन” फ्रान्सका युरोप मन्त्री क्लेमेन्ट ब्यूनेले सिन्युज टिभीसित भनेका छन् ।

“त्यसको अर्थ अब हामीले बलको भाषा बोल्न आवश्यक छ । किनकि यो मात्रै बेलायती सरकारले बुझेको देखिन्छ” ब्यूनेले भने ।

फ्रान्सले गत महिना बेलायत र जर्सीको च्यानल आइल्याण्डले दर्जनौं फ्रान्सेली माछा मार्ने डुङ्गालाई आफ्नो क्षेत्रीय पानीमा सञ्चालन गर्न अनुमति दिन अस्वीकार गर्ने निर्णयको कडा विरोध गरेको थियो । फ्रान्सले यो प्रतिबन्ध ब्रेक्जिटपछिको सम्झौताको विपरीत भएको बताएको छ जसमा बेलायती सरकारले ईयू छोड्दा हस्ताक्षर गरेको थियो ।

“हप्तौंको वार्ता पछि बेलायती अधिकारीहरूले माछा मार्ने इजाजतपत्रहरू जारी गरे । तर यो संख्या अझै पनि फ्रान्सले अधिकार दाबी गरेअनुसारभन्दा ५० प्रतिशत मात्र हो” फ्रान्सेली सरकारका प्रवक्ता गेब्रियल एटलले बुधबार भनेका थिए ।

फ्रान्सले आफ्ना डुङ्गाहरुलाई बेलायती पानीमा थप पहुँच नदिए नोभेम्बर २ देखि बेलायतको व्यापार अवरोध गर्ने चेतावनी बुधवार दिएको थियो ।

बेलायती माछा निर्यातलाई अवरोध पार्ने उद्देश्य फ्रान्सको छ । त्यस अनुरुप बेलायतबाट जम्मा फ्रान्सेली भूमीमा जमम पार्न र प्रशोधन गर्न फ्रान्सको जमिनमा माछा ल्याइने क्रमलाईपनि फ्रान्सले रोकिदिने बताएको छ । त्यस्तै फ्रान्समा ल्याइएका उत्पादनहरूमा व्यवस्थित भन्सार, सेनेटरी जाँचहरू र समुद्री खाना ल्यान्डिङमा प्रतिबन्धसमेत लगाइदिने अटलले पत्रकारहरूलाई बताएका छन् ।

“फ्रान्सले आगामी हप्ताहरूमा बेलायतलाई गरेको ऊर्जा आपूर्तिलाई लक्षित गर्ने उपायहरूलाई पनि अस्वीकार गर्दैन” अटलले भने “च्यानल टापुहरू जुन बेलायत भन्दा फ्रान्सेली किनारहरू नजिक छन् र फ्रान्सेली तारहरुद्वारा आपूर्ति गरिएको बिजुलीमा धेरै निर्भर छन् ।”

माछा मार्ने क्षेत्रका लागि लक्षित बेलायती उपायहरूले फ्रान्सलाई हानि पुर्‍याउने भए पनि फराकिलो भन्सार जाँचहरूले बेलायतसँगको व्यापारलाई फ्रान्सले गम्भीर रूपमा सुस्त पार्न सक्ने सम्भावना छ ।

तपाइँको प्रतिक्रिया