शनिबार, वैशाख ८, २०८१

धनी देशमा बसाई सर्ने आप्रवाशीको संख्या नाटकिय रुपमा गिरावट

नेपालप्लस संवाददाता२०७८ कार्तिक १२ गते १२:२४

फोटो- संयुक्त राष्ट्र संघ, आप्रवाशी एजेन्सी

आर्थिकरुपले धनी देशमा बसाईसर्ने आप्रवाशीहरुको संख्या नाटकिय रुपमा घटेको अध्ययनले देखाएको छ ।

प्रमुख अर्थतन्त्र ओगट्ने विकसित देशहरुको क्लब अर्गनाईजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेण्ट (ओईसिडी) का अनुसार विकसित देशहरूमा आप्रवासीहरूको प्रवाह गत वर्ष कोविड १९ महामारीले अहिलेसम्मकै तीव्र गतिमा घटेको  छ ।

ओईसिडीको रिपोर्ट अनुसार सन् २०२० मा करिब ३७ लाख मानिसहरु ३८ प्रमुख विकसित र उदीयमान अर्थतन्त्र भएका देशमा बसाइँ सरेका थिए । यो सन् २००३ यताकै न्यून स्तर भएको ओईसीडीले आफ्नो आप्रवासन संवन्धि वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

“कोभिड १९ संकटले ओइसिडीमा बसाइँ सर्ने प्रवाहमा सबैभन्दा तीव्र गिरावट ल्याएको रेकर्डनै बनायो । ३० प्रतिशत भन्दा बढीले गिरावट आयो” रिपोर्टमा थपिएको छ ।

ओइसिडीमा आप्रवासनका लागि प्रमुख गन्तव्य अमेरिका हो । यहाँ नयाँ आप्रवासीको संख्या ४४ प्रतिशतले अर्थात् पाँच लाख ७६ हजार ले झरेको छ । त्यसको अकरण के हो भने अमेरिकाले भाइरसको फैलावट रोक्नको लागि आफ्नो सीमाना बन्द गरेको थियो ।

सन् २०१९ मा फ्रान्समापनि ब्यापक गिरावट आएको छ । फ्रान्समा २१ प्रतिशतले आप्रवाशी कम आएका थिए । अर्थात् कूल दुई लाख ३० हजार आप्रवाशी सन् २०१९ को तुलनामा कम आए ।

कोरोना भाईरसको महामारीले गर्दा आफ्नै देशमा जन्मिएका रैथाने नागरिकहरु भन्दा बढी आप्रवाशी मुलका नागरिक बेरोजगार हुने अन्तर्राष्ट्रिय माइग्रेसन संस्थाले उल्लेख गरेको छ ।

आप्रवाशी संख्या घट्नाले पुराना आप्रवाशीको रोजगारी दरमा सुधार हुने र त्यसले देशहरुको कुल आर्थिक योगदानमा बढावा दिने छ ।

शरणार्थी माग गर्नेको संख्यापनि धनी देशमा ३१ प्रतिशतले घटेको छ जुन सन् १९९० को दशकको बाल्कन युद्धपछिको सबैभन्दा ठूलो गिरावट हो।

गत वर्ष महामारीका कारण उत्पन्न भएको रोजगारी संकटबाट आप्रवासीहरू पनि असमान रूपमा प्रभावित भएका थिए । रोजगारी सन् २०१९ को अनुपातमा सन् २०२० मा २ दशमलव १ प्रतिशत बिन्दुले घटेर करिब दुई तिहाइमा पुगेको प्रतिवेदनले देखाएको छ ।

“कोभिड-१९ महामारीले सुरु गरेको आर्थिक संकटले आप्रवासीहरूको श्रम बजारको नतिजामा १० वर्षको निरन्तर प्रगतिलाई अन्त्य गरेको छ” पेरिसस्थित ओईसिडी क्लबले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक