शुक्रबार, वैशाख १४, २०८१

ग्याँस उत्सर्जनकर्तामाथि निगरानी तिब्र पार्दै अन्वेषकहरू

नेपालप्लस संवाददाता२०७८ कार्तिक १२ गते २०:२४

Image Credit-wikipedia.org

विश्वका नेताहरू आइतवार स्कटल्याण्डको ग्लासगोमा भेला हुँदै छन् । वार्षिक जलवायु शिखर सम्मेलनको सुरुवातको लागि । त्यहाँ हुने छलफलहरू मध्ये प्रमुख एजेण्डा, बहस विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा झार्न वा बढ्दो तापक्रम वृद्धिलाई कसरि ढिलो बनाउने भन्ने प्रयासहरूलाई बलियो बनाउनमा केन्द्रित हुनेछ । तापक्रम वृद्धिलाई एक दशमलव पाँच सेल्सियसमा कायम राख्ने लक्ष्य सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा नै हस्ताक्षर गरिएको थियो । तर त्यसको पालना भने सहमति अनुरुप हुन सकेको छैन ।

त्यो लक्ष्य पूरा गर्न विश्वले सन् २०३० सम्ममा ५५ प्रतिशतका दरले हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्छ । तर हाल गरिएका राष्ट्रिय वाचाहरूले उत्सर्जनमा सात दशमलव पाँच प्रतिशत मात्र कटौती गर्ने भन्दै संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रम (युनेप) ले यसै हप्ता चेतावनी दिएको छ । पेरिस लक्ष्य हासिल गर्नको लागि बैठकमा केही राष्ट्रहरूले औपचारिक रूपमा २६ औं सम्मेलन (कोप२६) भनेर चिनिने, विशेष गरी जीवाश्म ईन्धनहरू जलाउन प्रक्रियाबाट गहिरो उत्सर्जन कटौती गर्न प्रतिबद्ध हुने अपेक्षा गरिएको छ । तर सहज भने देखिँदैन ।

अप्ठेरो, अचम्मलाग्दो पक्ष के छ भने राष्ट्रहरूले आफ्नो तर्फबाट प्रतिज्ञाहरू गर्छन् । तर उत्सर्जन कटौतिमा काम गर्दैनन् । घटाउने उपायहरु अघि बढाउँदैनन् । वैज्ञानिक, अनुसन्धानकर्मी, वातावरणवादी र नीति निर्माताहरू ति मुद्दाहरुमा टाँस्सिइरहन्छन् । देशहरुले बचन गरेका मुद्दा लागू गराउने कुरा सुनिश्चित गर्नमा केन्द्रित भएझैं गर्छन् । ऊनीहरूले द्रुत रूपमा उदीयमान प्रविधिहरू – उपग्रहहरू, सेन्सरहरू, सफ्टवेयरहरू जो कार्बन डाइअक्साइड (सिओटु) र मिथेन जस्ता हरितगृह ग्याँस उत्सर्जनको द्रुत र सही मूल्याङ्कन गर्ने वाचा गर्छन् । “यो सम्भव छ र यो एक क्रान्ति मात्र हो” स्टीवन ह्याम्बर्ग भन्छन् । उनी एक जैविक रसायनशास्त्री र पर्यावरण रक्षा कोष (ईडिएफ) का प्रमुख वैज्ञानिकसमेत हुन् जसले अर्को वर्ष मिथेन-ट्र्याकिङ उपग्रह कक्षमा प्रक्षेपण गर्ने प्रयासको नेतृत्व गरिरहेका छन् ।

क्लाइमेट ट्रेस जस्ता प्रयासहरूले जलवायु नियन्त्रणका प्रतिज्ञाहरू पूरा नगर्ने राष्ट्रहरूका लागि अब ढाँट्न सहज छैन भन्ने सुझाव दिन्छ । सुधारिएको अनुगमनले छिट्टै जलवायु परिवर्तनलाई रोक्न विश्वव्यापी वार्तालापलाई सूचित गर्नेमा बैज्ञानिकहरु आशावादी छन् ।

त्यस्ता प्रणालीहरूले उत्सर्जन प्रवृतिहरूको स्पष्ट र समयसापेक्ष चित्र मात्र प्रदान गर्दैनन् बरु ग्लासगोमा गरिएका कुनै पनि वाचाहरूलाई स्वतन्त्र रूपमा प्रमाणित गरेर सरकारहरूलाई जवाफदेही बनाउन मद्दत गर्छन् । पहिलो यस्तो लेखाजोखा सन् २०२३ मा आउन सक्छ । किनकि प्रत्येक ५ वर्षमा विश्वव्यापी उत्सर्जनको स्थितिको समीक्षा गर्ने भन्दै पेरिस सम्झौतामा एउटा प्रावधान राखिएको छ ।

पेरिस सम्झौताले बनाएको ढाँचाले हाल आफ्नै उत्सर्जन रिपोर्ट गर्न देशहरूमा निर्भर गर्दछ । अर्थात् आफ्नो देशको उत्सर्जनको अवस्था के छ आफैंले रिपोर्ट गर्नुसकिन्छ, अनुगमन गर्न सकिन्छ । तर देशहरुले सहि मापन र तथ्यांक निकाल्दैनन् । किनकि उनीहरुले तयार पारेका अंकहरू सामान्यतया हरितगृह ग्याँसहरूको प्रत्यक्ष मापनमा आधारित हुँदैनन् । यसको सट्टा हिसावकिताब अन्य तथ्याङ्कहरूबाट लिईन्छ । जस्तै तेल वा प्राकृतिक ग्याँसको आविष्कारहरू र राष्ट्रले कति खपत गरेको छ (जलाएको छ) भन्ने अनुमानमा तयार गरिन्छ ।

केही सरकारहरू र परोपकारी संस्था-समर्थित गैर-नाफामुखी संस्थाहरू फरक तरिकाले काम गर्न खोजिरहेका छन् । तिनीहरूले आगामी ५ वर्षमा कम्तिमा एक दर्जन उपग्रहहरू प्रक्षेपण गर्ने तयारी गरिरहेका छन् जसले मिथेन र कार्बन डाइअक्साइड उत्सर्जनको निगरानी गर्ने छ । तिनीहरूले निगरानी गर्न स्टेशनहरू खडा गर्ने छन् । ति स्टेशन र मोबाइल एकाइहरूमा जडित सेन्सरहरूद्वारा प्रदूषण निगरानी गर्ने प्रणालीहरू परिष्कृत गर्दैछन् । त्यसबाहेकपनि त्यस्ता प्रणालीहरूले विश्वभरि उत्सर्जनको अवस्था पत्ता लगाउन सघाउँछ । फरक फरक देशनै पिच्छे वा शहरहरूको लागि त्यो अति उपयोगि हुने छ । एकल औद्योगिक सुविधामा पनि उत्सर्जन कति भयो भनेर साप्ताहिक रिपोर्टहरु प्राप्त गर्न जनतालाई सक्षम बनाउन सक्छ ।

तापक्रम वृद्धिलाई एक दशमलव पाँच सेल्सियसमा कायम राख्ने लक्ष्य सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा नै हस्ताक्षर गरिएको थियो । तर त्यसको पालना भने सहमति अनुरुप हुन सकेको छैन ।

मिथेन अनुगमन गरिँदै

मिथेन ग्याँस कार्बनडाईअक्साईड भन्दा तापक्रम फसाउन वा तताउन अर्थात् ताप अड्काएर राख्न धेरै शक्तिशाली हुन्छ । तर यसको अर्को पक्ष के छ बह्ने वायुमण्डलमा छोटो समय मात्रै टिक्न सक्छ । विगत एक दशकमा ईडिएफको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले अमेरिकी वातावरण संरक्षण एजेन्सी (ईपिए) द्वारा विकसित अमेरिकी उत्सर्जन अनुमानहरू जाँच गर्न ट्रक, ड्रोन र हवाइजहाजहरूमा मिथेन सेन्सरहरू प्रयोग गर्यो । ईडिएफले उत्पादन क्षेत्रहरू, पाइपलाइनहरू र ग्याँस स्टेशनहरूबाट मिथेन चुहावट ईपिएले अनुमान गरेको भन्दा धेरै खराब भएको फेला पार्यो ।

ईडिएफ तथ्यांकले अमेरिकी मिथेन उत्सर्जनले विश्व तापक्रम ब्रिद्दीमा पार्ने अनुमानित प्रभावलाई झण्डै दोब्बर बनाएको देखायो । यसले मिथेन उत्सर्जनको अनुमान कसरी गर्ने भनेर पूनर् ताजकिकरण (अपडेट) गर्न ईपिएलाई मद्दत गर्‍यो । उक्त प्रयासले गर्दा फ्रान्सेली सरकारले मिथेन चुहावट हुन्छ भन्ने चर्चा गरिएको टेक्सासको एक भागबाट प्राकृतिक ग्याँस किन्न फ्रान्सेली कम्पनीलाई रोक लगाउन मद्दत गर्‍यो ।

अहिले एडिएफ र यसका साझेदारहरूले विश्वभर आफ्नो ध्यान केन्द्रित गरेका छन् । अर्को वर्ष उनीहरूले मिथेन सेटिलाईटहरु ४०० वर्ग मिटरको रिजोलुसनमा मिथेन प्रवाहहरू पत्ता लगाउने सेन्सरहरूले सुसज्जित उपग्रह प्रक्षेपण गर्ने योजना बनाएका छन् । सन् २०२३ मा मिथेन सेटिलाईटलाई अर्को निजी अमेरिकी गठबन्धन द्वारा प्रक्षेपण गरिएको १० करोड अमेरिकी डलरका जोडी उपग्रहहरू द्वारा जडित गरिदिने छन् । त्यो ग्याँस प्रशोधनहरू वा भण्डारण ट्याङ्कहरूमा चुहावटलाई राम्रोसित पहिचान गर्न अझ नजिक ल्याएर हेर्न (जुम गर्न) डिजाइन गरिएको हो । “यो उपग्रह प्रणालीले दशकको बीचमा हामीसँग मिथेनको लागि विश्वव्यापी निगरानी प्रणाली हुनसक्छ जुन धेरै सक्षम हुने छ भन्नेमा म विश्वस्त छु” क्यालिफोर्नियास्थित गैरनाफामुखी परियोजनाको नेतृत्व गर्ने कार्बन म्यापरका कार्यकारि अधिक्रित रिले डुरेन भन्छन् ।

कार्बनडाइअक्साईडमा पकड

कार्बनडाईअक्साईड भन्दा कम मात्रामा भए पनि मिथेन अन्तरिक्षबाट निगरानी गर्न सजिलो हुन्छ । मानव-प्रेरित मिथेन उत्सर्जनहरू फरक छन् । किनभने तिनीहरू प्रायः पृष्ठभूमिमा रहेका प्राकृतिक स्तरहरू भन्दा धेरै केन्द्रित हुन्छन् । यसको विपरित, कोइला प्लान्ट वा टेलपाइपहरूबाट उठ्ने कार्बनडाईअक्साईड चाँडै सड्ने वनस्पति, महासागरहरू र अन्य प्राकृतिक स्रोतहरूबाट निस्कने विशाल र उतारचढावसँगै मिसिन्छ। भूउपग्रहको कक्षमा रहेका उपग्रहहरू सम्पूर्ण इकोसिस्टमहरूमार्फत कार्बनडाईअक्साईडको प्रवाह हेर्नको लागि निर्माण गरिएको थियो । धुवाँका लप्काहरु निस्किने छिद्रहरु हेर्नकोलागि होइन । उदाहरणका लागि, अर्बिटिंग कार्बन अब्जर्भेटरी-२ भनेर चिनिने दुई अमेरिकी कार्बन अनुगमन, निगरानी गर्ने उपग्रहहरूले लगभग २ वर्ग किलोमिटरको रिजोल्युसनमा कार्बन उत्सर्जन मात्र देख्न सक्छन् ।

कार्बनडाईअक्साईड भन्दा कम मात्रामा भए पनि मिथेन अन्तरिक्षबाट निगरानी गर्न सजिलो हुन्छ । मानव-प्रेरित मिथेन उत्सर्जनहरू फरक छन् । किनभने तिनीहरू प्रायः पृष्ठभूमिमा रहेका प्राकृतिक स्तरहरू भन्दा धेरै केन्द्रित हुन्छन् ।

त्यो तस्विर सन् २०२५ पछि तीव्र फोकसमा आउन सक्छ । किनभने युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले जीवाश्म ईन्धन उत्सर्जन निगरानी गर्न विशेष तरिकाले निर्मित तीन उपग्रहहरू मध्ये पहिलो प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । योजनाबद्ध कार्बनडाईअक्साईड निगरानी नेटवर्कले व्यक्तिगत पावर प्लान्ट वा ठूला शहरहरूको स्तरमा जीवाश्म ईन्धन उत्सर्जनको साप्ताहिक दृश्य दिन सक्छ । “द्रुत प्रणालीले वास्तवमै राम्रो पारदर्शिता प्रदान गरिरहेको छ” उपग्रह विकासको नेतृत्व गर्ने ईएसए मिशन वैज्ञानिक यास्ज्का मेइजर भन्छिन् ।

 प्रारम्भिक चरणका प्रदर्शन गरिने

यो २६ औं जलवायु विश्व सम्मेलन (कोप२६) मा केही अनुसन्धानकर्ताहरूले नीति निर्माताहरूलाई उपग्रहमा आधारित प्रणालीहरूले आज के गर्न सक्छन् भनेर देखाउने योजना बनाएका छन्। उदाहरणका लागि, कमिटी अन अर्थ अब्जर्भेसन स्याटेलाइट (सेओस) का सदस्यहरूले ३४ देशका अन्तरिक्ष एजेन्सीहरूको प्रतिनिधित्व गर्छन् । तिनले राष्ट्रिय स्तरमा विभाजन गरी प्राकृतिक प्रणालीबाट प्रत्येक वर्ष कति कार्बन उत्सर्जन हुन्छ भन्ने उदाहरण हालै पूरा भएको अनुमान देखाउने छन् । जलवायु ट्रेस, (अनुगमनकर्ता) अनुसन्धानकर्ताहरू र वातावरणीय बिचारकहरूको विश्वव्यापी गठबन्धनले देश र स्रोतहरूद्वारा विभाजित हरितगृह ग्याँसहरूको पहिलो स्वतन्त्र, अप-टु-डेट, विश्वव्यापी सूचीलाई उच्च महत्वकासाथ उठाउने (हाईलाईट गर्ने) छ ।

क्लाइमेट ट्रेसले हालको कार्बन ट्र्याकिङ स्याटेलाइटहरूको सीमितताहरू पार गर्ने लक्ष्य राखेको छ । अन्य प्रकारका स्याटेलाइट छबी (सेटिलाईट इमेजरी) लाई कम्प्यूटर प्रोग्रामहरूसँग जोडेर राजमार्ग ट्राफिक वा पावर प्लान्टबाट स्टीम प्लुम जस्ता चीजहरूको छविहरू बीचको सम्बन्ध पत्ता लगाउन प्रशिक्षित गरेको छ । वाटटाईम भन्ने एक समूह जसले यो परियोजना फेला पार्न मद्दत गर्यो त्यसका कार्यकारी निर्देशक गोभिम मयककोर्भिकले त्यो काम गरिरहेका छन् । त्यहि समुहले गत महिना जारी गरेको नतिजाले पत्ता लगायो-विश्वव्यापी तेल र ग्याँस उत्पादनबाट उत्सर्जनको अघिल्लो अनुमान प्रति वर्ष दुई अर्व टनले कम गर्न सकिन्छ । यो रूसले उत्पादन गरेको वार्षिक जलवायु प्रदूषण भन्दा बढी हो । रुस ग्याँस धेरै उत्सर्जन गर्ने मुलुकहरुमध्ये विश्वमै चौथो स्थानमा छ।

क्लाइमेट ट्रेस जस्ता प्रयासहरूले जलवायु नियन्त्रणका प्रतिज्ञाहरू पूरा नगर्ने राष्ट्रहरूका लागि अब ढाँट्न सहज छैन भन्ने सुझाव दिन्छ । सुधारिएको अनुगमनले छिट्टै जलवायु परिवर्तनलाई रोक्न विश्वव्यापी वार्तालापलाई सूचित गर्नेमा बैज्ञानिकहरु आशावादी छन् ।

तपाइँको प्रतिक्रिया